Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कृषि होमस्टेबाट ३८ लाख आम्दानी

\"\"पाल्पा । सदरमुकाम तानसेनदेखि करिब १४ किलोमिटरको दूरीमा रहेको कृषि होमस्टेले एक वर्षमा रु ३८ लाख बराबरको आम्दानी गर्न सफल भएको छ । खस्यौलीको हिरापोखरामा सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेले गएको वर्ष सो आम्दानी गर्न सफल भएको हो । यहाँ पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटक भित्रन थालेपछि आम्दानी पनि बढ्दै गएको हो । सो होमस्टेमा एक वर्षमा आन्तरिक र बाह्य गरी एक हजार ५०० देखि एक हजार ७०० सम्म पर्यटक भित्रने गरेको व्यवस्थापक जनक चौधरी बताउछन् । गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको स्वादमा रमाउन यहाँ पर्यटक आउने गरेका छन् । उक्त होमस्टेमा अन्यत्र भन्दा गाउँघरमै उत्पादित कृषिजन्य वस्तुको उत्पादन मात्र पाइने हुँदा पर्यटकको आकर्षण र रोजाइ बनेको हो । एक दिन र एक रातका लागि यहाँ नेपाली नागरिकलाई रु दुई हजार २०० र विदेशी नागरिकलाई रु तीन हजार ३०० शुल्क कायम गरिएको छ । छत्तीस जना युवा मिलेर ३५० रोपनी जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका हुन् । विगत पाँच वर्षदेखि शुरु भएको सो व्यवसायमा रु सात करोड बराबरको लगानी गरिएको सञ्चालक चौधरीले बताए । हाल त्यहाँ ३०० कुखुरा, तीन बंगुर, दुई भैँसी, दश हाँस, आठ गाई र ६० वटा बाख्रा पालिएको छ । होमस्टे र कृषि फार्ममा १२ जनालाई रोजगारी मिलेको छ । अब केही समयभित्र नै बाह्य पर्यटकलाई लक्षित गरेर व्यवस्थित खालको होमस्टे सञ्चालन गर्ने तयारीमा रहेको व्यवस्थापक चौधरीले बताए । होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्छ । यहाँ सञ्चालित होमस्टेका कारण गाउँमा उत्पादित कृषिजन्य वस्तु खपत गर्न सजिलो भएको छ । ग्रामीण कृषि उत्थानका लागि यहाँ सञ्चालित कृषि होमस्टेबाट ठूलो टेवा पुगेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies