Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक

\"\"काठमाडौं । २५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । लामा यति लामो समयपछि सांगीतिक क्षेत्रमा कम ब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि नै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो । आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनले गायन क्षेत्रबाट कहिलै न भाग्ने बताए । उनी भन्छन्,– “म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ । म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर अब म गायन क्षेत्रमै फर्किएको छु ।” ‛मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले संगीत दिएका थिए । यही गीतलाई पुन एरेन्ज गरेर लामाले नयाँ तरिकाले बजारमा ल्याउने तयारी गरेका छन् । यो गीतको म्युजिक भिडियो समेत बन्ने तयारीमा छ । निर्देशक सञ्जय पाण्डेले यो गीतको भिडियो तयार गर्दैछन् । लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए । त्यसपछि उनको विश्राम लाग्यो । गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको सुरुवात फिल्म क्षेत्रतर्फ गयो । उनले खेलेको पहिलो फिल्म सीमारेखा थियो । जुन फिल्म २०५३ सालमा निर्माण भएको थियो । गीत रेकर्डिङकै सिलसिलामा फिल्मको अफर आएको उनले बताए । ‛एउटी सुन्दरी म माथि मर्छे’ र ‛पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत उनका त्यतिबेलाका चर्चित गीत थियो । उनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन् । आधुनिक र लोक पप गीत गाउन रुचाउने लामा पछिल्लो समय युवा पुस्ताहरुका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा छन् । गएको वर्ष रेडियो नेपालबाट लामाले विशिष्ठ गायकको सम्मान पाएका थिए । उक्त सम्मान मिलेपछि गीत गाउन उर्जा थपिएकोले आफू अब गायन क्षेत्रलाई निरन्तरता दिन लागेको उनको भनाई छ । ट्राभल एजेन्सीमा जागिरे जीवन बिताईरहेका गायक लामाले ‛मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीतपछि लगत्तै अर्को गीत रेकर्डिङ गरेर बजारमा ल्याउने तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies