Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

[caption id=\"attachment_129126\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गरीन् । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहान ९ बजेर ४१ को शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशका पूजा गरेर राष्ट्रपति भण्डारीले जौ छरेको उनका सञ्चारविज्ञ माधव शर्माले राससलाई जानकारी दिए । आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा रहिआएको छ । यसै अवसरमा आज हनुमानढोकाको दशैँ घरमा राज्यका तर्फबाट वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापनासहित जमरा राखिएको छ । दशैँ घरमा विधिपूर्वक बिहान ९ बजेर ४१ को शुभसाइतमा जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले राससलाई जानकारी दिए। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा जुराएको थियो । प्रत्येक दिन बिहान दुर्गा सप्तशती चण्डी, देवीभागवत्लगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको प्रतीकका रुपमा घडा थापिएको स्थलमा विजयादशमीसम्म बिहान–बेलुका पूजा एवम् आरती गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि विधिवत् रुपमा नेपालीको महान् चाड दशैँ शुरु हुन्छ । घटस्थापनाका अवसरमा आज घर–घरमा जौ अथवा आफ्नो कुल परम्पराअनुसार गहुँ, मकैलगायत विभिन्न बीज छरेर जमरा राखिएको छ । यसैगरी विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित जमरा राखियो । दुर्गा पक्ष शुरु भएपछि उपत्यकालगायत देशभरका शक्तिपीठमा दर्शन गर्न भक्तजनको भीड लागेको छ । वर्षमा पर्ने चारवटा नवरात्रमध्ये शारदीय नवरात्रलाई नेपालमा महान् पर्वका रुपमा मनाउने गरिन्छ । हरेक तीन महिनामा नवरात्र पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies