/  Thu, July 19, 2018

माओवादीले प्रदेश र प्रतिनिधिसभामा उम्मेद्वार टुंगो लगायो

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले २ नम्बर प्रतिनिधिसभा अन्तर्गत १ नम्बर प्रदेशसभाको उम्मेद्वार टुङ्गो लगाएको छ । माओवादीको बुधवार बसेको बैठकले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेद्वार टुङ्गो लगाएको हो ।

प्रदेशसभा १ मा प्रत्यक्ष उम्मेद्वार युवराज दुलाल ‘शरद’को नाम सिफारिस गरेको छ । त्यस्तै दावा तामाङलाई प्रतिनिधि सभा २ को लागि प्रत्यक्ष तर्फका उम्मेद्वार सिफारिस गरेको छ ।

नेत्रप्रसाद दंगाल ‘बादल, चन्द्रबहादु धिमालकोटी, उद्यन आलेमगर, श्यामसुन्दर श्रेष्ठ विवेक र श्यामकृष्ण श्रेष्ठलाई सोही प्रदेशको समानुपातिक उम्देवारको सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी माओवादी नेता झम्क पराजुली ‘हिमाल’लाई प्रतिनिधिसभाको समानुपातिक उम्मेद्वार बनाउन प्रस्ताव पठाउने निर्णय गरेको माओवादीले जनाएको छ ।

प्रदेशसभा १ का उम्मेद्वार दुलाल जिल्लाको त्यागि नेताका रुपमा चिनिन्छन् । दुलालले पहिलो चरणको स्थानीय तह निर्वाचनमा चौतारा–साँगाचोकगढी नगरपालिकाको मेयर पदको टिकट पाउँदा पनि उनले हाल निर्वाचित मेयर अमानसिंह तामाङलाई छाडेका थिए । दुलाल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका अंग रक्षकसमेत थिए । उनी माओवादीको १० बर्षे जनयुद्वमा होमिएका थिए ।

दावा तामाङ पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित पूर्व सांसद हुन् । माओवादीसँग मोहन वैद्य किरणले छाडेर गएपछि दावा तामाङ बैद्य समूहमा गएका थिए । पछि रामबहादुर थापा बादल एकतामा आएपछि फेरि माओवादीमा फर्किएका थिए । तामाङ हाल माओवादीको जिल्ला संयोजक छन् । तत्कालिन क्षेत्र ३ हाल प्रतिनिधि सभा २ का समुदायसँग तामाङको उठबस राम्रै छ ।

त्यसैगरि प्रतिनिधिसभामा १ अन्तर्गत प्रदेशसभा २ माधव सापकोटा ‘सुबोध’को पक्कापक्कि जस्तो भएको छ ।

 

अशोज ५ गते, २०७४ - ०९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले समयमै पैसा नदिएपछि अस्पतालको गुनासो-डायालिसिस सेवा दिनै गाह्रो भयो

सरकारले समयमै पैसा नदिएपछि अस्पतालको गुनासो-डायालिसिस सेवा दिनै गाह्रो भयो

काठमाडाैं । मृगौला रोगीलाई डायालिसिस सेवा दिने स्वास्थ्य संस्थाहरूलाई सरकारले बेलैमा रकम दिन नसक्दा...   
डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

डा. केसीका समर्थकमाथि लाठी चार्ज, विद्यार्थी र डाक्टर घाइते

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले...   

डा. केसीले सिंहदरबारलार्इ यस्तो सन्देश पठाए (पूर्णपाठसहित)

जुम्ला ।  अनसनरत डा. गोविन्द केसीले सन्देश दिएका छन् । केसीलार्इ काठमाडाैं लैजान हेलिकोप्टर अाएपछि...   

यस कारण काठमाडाैं जान तयार भए डा. केसी

जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । बिहिबार प्रहरीले आफ्ना समर्थकमाथि...   
डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीले बल प्रयोग गर्यो

जुम्ला । डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना...   
भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

भारतीले ल्याए सिन्धुपाल्चोक चिनाउने ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं ।  सिन्धुपाल्चोक कुञ्चोकका नवगायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीत सार्वजनिक...   
टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीमा दुई वर्षपछि ‘संकटकाल अन्त्य हुँदै’

टर्कीको सरकारी सञ्चारमाध्यमले दुई वर्षअघि भएको असफल ‘कू’ पश्चात लगाइएको संकटकाल सरकारले हटाउन...   
पहिरो खस्दा १२ बाख्रा पुरिए

पहिरो खस्दा १२ बाख्रा पुरिए

दार्चुला । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । मंगलबार...   

भारतिय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँदिल्ली । लोकसभाका सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षे अवधिमा पहिलो पटक अविश्वास...   

देउवाले मनोनीत गरे आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top