Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तातोपानी नाका नखुल्दा महंगियो चाडपर्वः दसैंको सामान अझै नेपाल आइपुगेन्

\"\"काठमाडौं । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पदेखि बन्द रहेको तातोपानी नाका नखुलेपछि नजिकिंदै गरेको चाडपर्व दसैं, तिहार र छठका सामान खरिदमा मार खेप्नु परेको छ । विगतका केहि बर्षमा तातोपानी नाका भएर आउने सामान सस्तो हुने भएकाले दसैं र तिहार जस्ता चाडपर्व आर्थिक हिसाबले केहि सस्तो हुने गरेको व्यापारीहरुको भनाई छ । नेपालीहरुको महान चाड बिजया दशमी र तिहारमा चीनबाट तातोपानी नाका हुँदैं लत्ताकपडा, जुत्ता चप्पल, स्याउ, भेडाच्याङग्रा इलोक्ट्रिकलगायतका सामानहरु सबै भन्दा बढी आयात हुने गरेको उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । त्यस्तै अन्य बेलामा पनि सो नाका हुँदै सञ्चार सामाग्री, लत्ताकपडा, जुत्ता चप्पल, स्याउ, इलोक्ट्रिकलगायतका धेरै नै आउने गरेको नाका सम्बद्ध व्यापारीहरुको भनाई छ । २०७१ साउन १७ गते जुरेमा गएको पहिरोले सडक अबरुद्ध भएपछि बन्द रहेको नाका ब्यापारीहरुको पहलमा बल्लतल्ल सञ्चालनमा आएपनि ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सञ्चालनमा आउन सकेको छैन् । विनाशकारी भूकम्पपछि बाह्रविसे–तातोपानी सडकखण्ड ठाउँ–ठाउँमा क्षतविक्षत भएपछि सरकारी र ब्यापारीहरुको पहलमा फेरि सडक सूचारु भएको थियो । त्यस्तै भोटेकोसीमा आएको बाढीको वितण्डाले पनि सडकखण्ड ध्वस्त बनाएको छ । यसै बर्ष मात्रै भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने लार्चा पुलमा पहिरो खसेर भाचिएको छ । सरकारले अहिलेसम्म पनि बेलिब्रिज हाल्न नसकेको अध्यक्ष श्रेष्ठले खबरडबलीलाई बताए । नेपाल चीनको सिमानामा रहेको तातोपानी नाका करिब २ बर्षदेखि ठप्प रहेको छ । भूकम्प र बाढीले सडक क्षतविक्षत बनाएपछि अहिले तातोपानी नाका हुँदै सामान ल्याउने व्यापारीहरु रसुवाको केरुङ नाकाबाट सामान आयात गरिरहेका छन् । ब्यापारीहरुका अनुसार केरुङ नाकाबाट सामान ल्याउन कठिन भएको उनीहरुको गुनासो छ । अहिले केरुङ नाकाबाट सामान ल्याउने तातोपानीका ब्यापारीहरुलाई सामान लोड गर्ने ठाउँमा जान निषेध गरेको छ । रसुवामा सामानहरु असुरक्षित हुने गरेको  श्रेष्ठले खबरडबलीलाई बताए । व्यापारीहरुका अनुसार असुरक्षितसंगै सामान पनि राम्रा वा नराम्रो कस्तो प¥यो आफुहरुलाई थाहा नहुने उनीहरुको गुनासो छ । त्यहाँका स्थानीयलाई धेरै पैसा दिएर सामान ल्याउने ठाउँमा पठाउनु पर्ने कारणले पनि यस बर्ष दसैं र तिहारका सामान अलि महंगो पर्ने व्यापारीहरुको भनाई छ । ‘तातोपानी नाका सञ्चालनका लागि हामीले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ढोका ढकढक्याइ सकेका छौं’ नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले खबरडबलीसँग भने ‘तर हाम्रो कुरा सरकारले सुन्दै सुनेन ।’ ‘दसैंको लागि ल्याएको सामान केरुङमा अलपत्र छ, यता ल्याउन सकिएको छैन्’ सापकोटाले भने ‘रसुवाका सिडिओ र डिएसपीले पनि उक्त सामान नेपाल ल्याउन त्यति चासो देखाएनन्, दसैंको सामान तिहारपछि मात्रै आइपुग्ला जस्तो भयो । हामी व्यपारी जहिले पनि केरुङ नाकाबाट काम गर्दा डुब्ने मात्रै भयौं ।’ अध्यक्ष सापकोटाका अनुसार तातोपानी नाकाबाट सामान ल्याउनु भन्दा केरुङ नाकाबाट सामान ल्याउदा गाडी पनि ज्यादै महंगो रहेको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies