Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बाबुरामबारे के भन्छन् देवेन्द्र पौडेल ?

\"\"काठमाडौं। आर्थिक सम्बृद्धिका लागि बैकल्पिक शक्ति भनेर ठूलो तामझापका साथ गठन भएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति चिराचिरा परेको छ । भट्टराईको नयाँ शक्तिले आर्थिक सम्बृद्धिको सपना पूरा गर्न नसक्ने निष्कर्षसहित धेरै नेताहरु मध्ये कतिपय पूरानै घर फर्किएका छन । कतिपय नयाँ भनिएका समूहमा सामेल भएका छन । केहि दिन अघि मात्रै भट्टराईका विश्वास पात्र भनेर चिनिएका नेता देवेन्द्र पौडेलसहितका नेताहरु शसर्त नेकपा माओबादी केन्द्रमा फर्किए । डेढ बर्षअघि तत्कालिन एकिकृत माओवादीलाई अनेकन आरोप लगाउँदै नयाँ शक्तिमा लागेका पौडेलको पुरानै घर फिर्तिपछि लिइएको अन्तरवार्ता  यहाँ प्रस्तुत गरिएको छ । तपाँई पुरानै घर फर्कनुको कारण के हो ? हामीले बदलिएको पछिल्लो परिस्थिति अनुरुप नयाँ हिसावले अगाडी बढ्नका निम्ति धुर्विकरण सहित केहि शर्त सहित माओवादी पार्टीसंग एकता गरेका हौँ । त्यो धुर्विकरण भनेको के ? शर्त भनेको के ? खासगरी संगठनातमक पुर्नसंरचना, पार्टीलाई विघटन गरेर नयाँ शिराबाट नेपाली बामपन्थी आन्दोलनलाई नेतृत्व गर्ने, बैचारीक बहसहरु चलाएर जाने र समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउनको निम्ति हामीले बिषय उठान गर्ने प्रण सहित एकिकरण गरेका छौँ । भन्नलाई नयाँ तर गर्ने चिजविजहरु चाहीँ पुरानै हो भनेर बुझ्ने कि अब साँच्चै व्यवहारमा यसले मुर्ततता पाउँछ ? हैन साँच्चै व्यावहारमा चाँही उत्पीडित वर्र्ग, जाती, क्षेत्र, लिंग समुदायको हक हितका निम्ति एउटा बृहत केन्द्रको अवश्यक्ता छ । खासगरी पछिल्ला परिवर्तनकारी माओवादी धारा, जनआन्दोलनमा सहभागी भएका मधेसी आन्दोलनका धाराहरु, आदीवासी जनजाती, उत्पीडति वर्ग र समुदाय जसले परिवर्तनका निम्ति बढि मेहनत गरे ति शक्तिहरु एक ठाउँमा आउनुपर्छ भनेर हामीले यो अभियान थालेका हौँ । तपाँईहरुले नयाँ शक्ति भनेर पनि अभ्यास गर्नुभयो, त्यसले पार नलगाउने भयो भनेर तपाँईलाई किँन कहाँनेर लाग्यो ? स्वभाविक रुपमा वैकल्पिक शक्तिको आवश्यक्त अहिले पनि छ नेपालमा, खासगरी प्रतिगामी, यथास्थितिवादीहरुको प्रभावलाई नियन्त्रण गरेर जनताका अधिकार सहितका मुद्धाहरुलाई संवोधन गर्दै विकास र समृद्धिको वाटोमा अगाडी जानका निम्ति वैकल्पिक शक्ति नयाँ शक्तिको आवश्यक्त छ तर अब त्यसका निम्ति शक्ति आर्जनको बाटो सहित जानुपर्छ भनेर हामीले शक्ति आर्जनको बाटो लिनुपर्छ भनेर यो केश चाल्न बाध्य भएका हौँ । माओवादी केन्द्रको विघटन गर्ने प्रस्ताव र नयाँ शुर्वीकरणको निमार्ण भनेको वैकल्पिक शक्ति हो अब बन्ने ? अझै चाहीँ छरिएर रहेका कतिपय शक्ति केन्द्रहरुलाई एकै ठाउँमा ल्याएर मात्रै त्यो संभावना देखियो । अन्यथा हामीले जतिसुकै कुरा गरेपनि वैकल्पिक बहस त पाउन सकिने भयो तर शक्ति आर्जन गर्न नसक्ने भएको हुँदाखेरी खासगरी आन्दोलनमा भाग लिएका पक्षहरुलाई एकिकृत गरेर मात्रै त्यो कोर्श पुरा गर्न सक्छौँ भन्ने निश्कर्षमा पुगेका छौँ । व्यक्ति उही नेतृत्व उही हुने अवस्था आउने जस्तो देखिन्छ , तात्विक के फरक पार्छ त्यसले ? बिषय त हुन सक्छ के फरक हुन्छ भनेर । अब नयाँ भनेको कुनै पनि अलौकिक बस्तु कहीँ गएर टप्प टिपेर ल्याउने होईन । पुरानै व्यक्तिहरुबाट प्रयत्न गरेर बनाउने हो । नयाँ भन्ने वित्तिकै त्यस्तो अर्मुत कुरा हुन्न । भैरहेका पार्टीहरुलाई पनि योजना, कार्यक्रम र नीतिमा परिवर्तन गरेर नयाँपन दिन सक्ने संभावना रहन्छ । त्यो अभियानमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पनि साथ रहन्छ भन्ने तपाँईलाई विश्वास छ ? हैन उहाँहरुको साथ रहनुपर्छ । उहाँहरुलाई नै यो नेतृत्व गर्नुस भनेर हामीले भनेका हौँ । खासगरी एक्लै खाली बहसले मात्रै पुग्दैन । बाबुराज जी ले यो अभियानमा आफुलाई अगाडी बढाएर शक्ति आर्जन गर्दै फेरी देशको नेतृत्व गर्नेगरि अगाडी बढ्न सक्नुपर्छ । त्यो अनुरोध हामीले उहाँलाई गरेका छौँ, गछौँ । मोहन बैद्य, नेत्र विक्रम चन्द,……. उहाँहरु पनि आउनुपर्छ । टुक्राटुक्री बसेर हुँदैन । खाली यो माओवादी आन्दोलनको पुर्नगठन मात्रै होईन । परिवर्तनकारी शक्तिहरुलाई एकै ठाउँमा, एउटा केन्द्रमा नल्याईकन हामी अगाडी बढ्न सक्तैनौ । कतिपयले तपाँईहरुको अभियानलाई प्रदेश र संघको निर्वाचनका लागि हो की भनेर अनुमान गरेका छन् नी ! स्वभाविक रुपमा निर्वाचन भएको हुँदाखेरी निर्वाचनमा खासगरी यथास्थितिवादीहरु र प्रतिगामी शक्तिहरु हावी नहुन भन्नको निम्ति पनि अलग अलग बसेर सानो पार्टी बनाउनुभन्दा आधारभुत रुपमा एजेण्डा मिल्लेहरुकाबीचमा धुर्वीकृत हुँदै जानु चाहीँ सान्र्दभिक हुन्छ भनेर बुझ्दा सहि नै हुन्छ । -एभरेष्ट दैनिकबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies