Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सहीदका सपना पुरा नभएसम्म लडाई जारी रहन्छ - प्रचण्ड

\"\"सप्तरी। सहीदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न परिवर्तनकारी पार्टीका पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आव्हान गरेका छन् । सप्तरी ज़िल्लाको शम्भूनाथ नगरपालिकास्थित खोकसर परवाहामा निर्माण गरिएको सहीद गोविन्द चौधरी ९दीपु० को शालिक अनावरण गरेपछि सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा भएको हो । सहीद गोविन्द चौधरी २०६४ साल असार ९ गते मधेश आन्दोलनका क्रममा मृत्यु भएको थियो । अध्यक्ष प्रचण्डले सहीद गोविन्दका आमासंग समेत भेट गरेका छन् । सहीदको शालिक अनावरणपछि स्थानीय जनसमुदायलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्द र मधेशलगायत अन्य आन्दोलनमा सहीद हुनु भएका हज़ारौ नेपालीहरूको रगतको बलिदानले अहिलेको उपलब्धि हासिल भएको बताए । ‘हज़ारौको सहादतले गणतंत्र नेपालको स्थापना भाएको छ । स्थानीय जनताले आफ्नो सरकार आफ़ै चुन्न सक्ने अवस्था सिर्जना भएको छ ।’ प्रचण्डले भने, ‘तर अझै धेरै गर्न बाँकि छ । परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने चुनौती छ ।’अध्यक्ष प्रचण्डले सहीदको बलिदान खेर नजाने र सहीदका सपना पूरा नभएसम्म आफु लड़िरहने बताए । सहीदका सपनाहरू खोस्न प्रतिगामी र जनबिरोधीहरू सक्रिय रहेको बताऊँदै अध्यक्ष प्रचण्डले निर्वाचनमा परिवर्तनकारी पार्टीलाई बिजय गराऊन सके मात्र सपना पूरा गर्न सकिने बताए । ‘अब जातीय या क्षेत्रीय पार्टीबाट मधेश र मधेशका उत्पीडित जनताको मुक्ति र समृदी सम्भव छैन । परिवर्तनका लागी संघर्ष गर्ने पार्टीले मात्र मधेश र अन्य उत्पीडित जाति, क्षेत्र र समुदायको प्रगति गर्न सकछ । हामिले यो प्रमाणित समेत गरेका छौ’ प्रचण्डले भने ।तराई मधेश र हिमाललाई जुटाउन माओवादीले मात्र सकेको उनले बताए । ‘अरुले लड़ाऊन खोजे, देश टुकरयाउन खोजे, मैले सरकारको नेतृत्व गरेपछि मात्र देशमा अतिवादी प्रवृतिको अन्त्य भएरसबै निर्वाचनमा आएका छन’ उनले भने । अध्यक्ष प्रचण्डले सप्तरीका बिभिन्न स्थानमा स्थानीय जनतासँग भेटघाट गरिरहेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies