Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

\"\"सिन्धुपाल्चोक । राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो । ‘ए नट’ आर्किटेक डिजाइन एशोसियसनले रु ३५ लाखमा तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले मंगलबार चौतारामा सार्वजनिक गरेको थियो । सदरमुकाम चौताराबाट करिब तीन किमी उत्तर पश्चिमको दाह्रे गौँडा डाँडामा निर्माण गरिने उक्त उद्यान वरिपरि बार लगाउने काम भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ३ करोड २५ लाखमा सडक, बत्तीलगायत काम अगाडि बढाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ५ र ६ मा पर्ने भगवती सामुदायिक वन क्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिने छ । उद्यानमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा विशाल प्रतिमा हुनेछ र त्यसमाथि कमलको फूल हुनेछ । उद्यानमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्पको अनुभव हुने कोठासमेत रहने छ । भूकम्पसम्बन्धी अनुसन्धान गर्न सकिने बैठक कक्ष, पुस्तकालय, सूचना केन्द्र, विगतदेखि हालसम्म गएको भूकम्पको जानकारी लिन सकिने संग्रहालय र दुईतले दृश्यावलोकनस्तम्भ निर्माण गरिने छ । उद्यानभित्र मृतकको नामांकित शिलास्तम्भ र पार्किङलगायत व्यवस्था गरिने शहरी विकास तथा भवन डिभिजन कार्यालय जिल्ला समन्वय समितिका प्रमुख डा युवराज पौडेलले जानकारी दिए । सो उद्यान निर्माणमा झण्डै रु एक अर्ब बजेट लाग्ने छ । आगामी मंसिरसम्म डिपिआर तयार हुने बताइएको छ । उद्यान निर्माण गरिने क्षेत्र स्थानीय भगवती सामुदायिक वन क्षेत्रभित्र पर्ने हुँदा जिल्ला वन कार्यालयसँग समन्वय गरी सोहीबमोजिम निर्माण गरिनुपर्ने जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले सुझाव दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र चौतारा साँगाचोकगढीका प्रमुख अमानसिंह तामाङले संग्रहालयमा देशभरिको इतिहास झल्कने सामग्री समावेश हुनुपर्ने सुझाव दिनुभयो । ‘गोरखा भूकम्प’ तथा त्यसपछिको परकम्पबाट जिल्लामा तीन हजार ५७२ जनाको मृत्यु भएको तथा आठ जना बेपत्ता र एक हजार ५६९ जना घाइते भएका थिए । त्यस्तै ९५ प्रतिशत भौतिक क्षति भएको थियो । देशभरमा भूकम्पबाट ९ हजारको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies