Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतमा भन्दा सस्तोमा नुन बेच्ने साल्ट ट्रेडिङको सफलताको कथा

\"\"काठमाडौं । विगत लामो समयदेखि गलगाँड हुनबाट रोक्ने शक्ति, भानु, तेज जस्ता नुनको विज्ञापन नसुन्ने र थाहा नपाउने नेपाली नागरिक पक्कै पनि कमै होलान् । रेडियो नेपालमा बज्ने सो विज्ञापन धेरैको मुखमा झुण्डिएको र ज्ञान पहिचानको विज्ञापन हो । तर धेरै मानिसलाई यो भने थाहा नहुन सक्छ । यो विज्ञापन चाही कस्को होला । उत्तर सहज छ, साल्ट ट्रेडिङ लिमिटेडको । कुनै समय लभगभ बन्द हुने अवस्थामा पुगेको साल्ट ट्रेडिङ आज क्रमशः सफलताको दिशामा अगाडि बढेको छ । संसारमा व्यवसायका विभिन्न मोडलहरु छन् । ती फरक फरक मोडलहरु मध्ये साल्ट ट्रेडिङले सार्वजनिक निजी साझेदारीको मोडललाई अंगालेको छ । बढी भन्दा बढी नागरिकलाई सेवा र सुविधा पुर्याउने र राज्यले उपलब्ध गराएका सेवा सरल मूल्यमा उपलब्ध गराउने दायित्वलाई यस सस्थाले आत्मसात गरेको छ । आज पनि सरकारी संस्थान र निकायहरु सञ्चालन गर्न अप्ठ्यारो अवस्थामा पुगेको बेला साल्ट ट्रेडिङ एउटा पायनियर संस्थाको विकास हुन लागेको छ । वर्षेनी २० प्रतिशत भन्दा बढी ‘बोनस’ खुवाउन सक्ने, सेयरधनीलाई सन्तुष्ट र खुसी राख्न सक्ने व्यावसायिक दायित्वलाई साल्ट ट्रेडिङले आत्मसात गरेको छ । व्यवसायिक दक्षताका निम्ति आफैबाट सिकेको ज्ञान आज संस्था सञ्चालनका लागि अह्म र गौरवशाली वर्तमानमा परिणत भएको छ । गुणस्तरीय मिश्रित आयोडिन नुनमा कमाएको सफलताको साखलाई पछ्याउँदै ट्रेडिङले एसटिसी ब्राण्डको खाना पकाउने एलपी ग्याँस पनि बजारमा ल्यायो । बजार विविधिकरणको यो अर्को एउटा तरिका थियो । आज बजारमा गुणस्तरीय र भरपर्दो र लामो समय टिक्ने खाना पकाउने ग्यास कुन हो भन्ने कोही कसैको प्रश्न छ भने सहजै उत्तर आउनेछ एसटिसी ग्याँस । ट्रेडिङले आफ्नो परम्परागत ढाँचा र शैलीमा परिवर्तन गरेर विश्वव्यापी रुपमा अगाडि बढेको ‘चेन सप मार्र्केट’लाई अगाडि बढाउने लक्ष्यका साथ करिब ६ हजार डिलर मार्फत सेवा दिएको छ । मूलतः सेवामुखी उद्देश्य बोकेर स्थापना भएको यो संस्था यतिबेला व्यवसायिक प्रतिस्पर्धामा सशक्त उत्रिएको छ । नेपाली उपभोक्तालाई गुणस्तरीय नुनको आपूर्ति गर्ने गरेको ट्रेडिङले दिने गुणस्तरीयता अन्यको हकमा तुलना नै हुन सक्दैन । अपत्यारिलो सस्तो मूल्यमा आयोडिनयुक्त नुन पाइनु पनि नेपालीका लागि अर्को खुसीको कुरा हो । भारतबाटै आयातित नुन भारतीय बजारमा भन्दा सस्तोमा नेपालमा उपलब्ध हुनु सामाजिक उत्तरदायित्वको अर्को नमुना पनि हो । यसलाई अर्को शब्दमा भन्दा सेवामुखी दायित्वको रुपमा पनि लिन सकिन्छ । साल्ट ट्रेडिङले ६ महिनाका लागि पुग्ने बफर स्टकसमेत राख्ने गरेको छ । यसले आगामी दिनमा हुने कुनै पनि प्रकारको अवरोध तथा बाधालाई पनि सहजै रुपमा सल्ट्याउन सकिन्छ र बजारमा नुनुको हाहाकार हुनबाट समेत रोक्न सकिन्छ भन्ने समाजसेवी मानसिकताले पनि काम गरेको छ । धेरै जसो संस्थामा यसप्रकारको दीर्घकालीन सोचको अभाव रहेको पाइन्छ । आजको भोलि नदेख्ने प्रवृत्तिका कारण अन्य सरकारी संस्था धारासायी भइरहेको बेला साल्ट ट्रेडिङ आज व्यावसायिक रुपमा सबल र सक्षम संस्थाको रुपमा किन विकास भइरहेको छ त भन्दा यसको व्यावसायिक योजना र कार्यक्रम नै महत्वपूर्ण विषय हो । साल्ट ट्रेडिङले सुगम र सहज स्थानमा मात्रै नभइ असाध्यै दुर्गम स्थानमासमेत आफ्नोे प्लान्ट स्थापना गरेर सरल मूल्यमा सेवा दिएको छ । त्यसको प्रत्यक्ष उदाहरण हो हुम्ला जस्तो कर्णाली अञ्चलको विकट जिल्ला हुम्लामा आयोडिन युक्त नुन उपलब्ध गराउनका लागि स्थापना गरिएको नुन प्लान्ट । खुला बजार अर्थतन्त्रले निजी संस्थाको मात्र प्रर्वद्धन गर्दछ । पूँजीवादले सरकारी स्वामित्वलाई अस्वीकार गर्दछ । सबै क्षेत्र निजी क्षेत्रलाई छाडेर नियमक निकायमा रुपमा मात्रै सरकारी निकाय रहनु पर्दछ भन्ने मान्यता राख्दछ । त्यस्तो मान्यताले सार्वजनिक, निजी साझेदारीलाई समेत त्यत्ति रुचाउँदैन । तर साल्ट ट्रेडिङ सार्वजनिक निजी अवधारणाबाट अगाडि बढेको छ । जसका कारण आज संस्थाको आर्थिक अवस्था सुदृढ भएको छ । व्यापार फस्टाएको छ । उत्पादन, वितरणका फरक फरक आयाम र सोचहरु समेत विस्तारित भएका छन् । कुशल व्यवस्थापन र अनुभवी कार्यशली र व्यवस्थापनका कारण संस्था आज सबल रुपमा अगाडि बढेको छ । एकाध वर्षमा नै आर्थिक रुपमा सबलीकरणको दिशामा अगाडि बढेको संस्थालाई थप सबल एवम् सक्षम बनाउनका लागि आम सरोकारवाला सबैको साथ र सहयोग आवश्यक पर्दछ । विविधिकरणमा जोड दिएको संस्थाले पछिल्ला दिनमा कृषि विकास केन्द्रमार्फत किसानलाई रासायनिक मल, उन्नत बिऊ विजन तथा अन्य प्राविधिक उपकरण् समेत सहयोग गर्ने रणनीति लिएको छ । कृषि औजार मल खाद्य, बिऊ विजन, रासायनिक मल तथा अन्य कृषि तथा कृषिजन्य उपकरणको व्यापार तथा विस्तारले पनि साल्ट ट्रेडिङलाई एउटा सबल र सक्षम संस्थाको रुपमा अगाडि बढाइरहेको छ । यस प्रकारको सेवाले मुलुकको कृषि क्षेत्रको विकासमा थप बल पुर्याउने अपेक्षा लिइएको छ । आधुनिक कृषिको विकास, बाली विविधकरण र आत्मनिर्भर कृषि तथा खाद्यान्नका लागि समेत साल्ट ट्रेडिङको तर्फबाट गरिने सार्थक प्रयासका रुपमा समेत यसलाई लिन सकिन्छ । यस्तै कृषकले उत्पादन गरेका कृषि उपज, फलफूल तथा अन्य खाद्यान्न तथा गैरखाद्यान्न वस्तुलाई समेत बजारसम्म पुर्याउने र निर्यात गर्ने योजना समेत अगाडि सारेको छ । यसले आर्थिक गतिविधि समेत ह्वात्तै बढाउने र कृषकलाई तत्काल फाइदा समेत हुने अवस्था क्रमश सिर्जित हुन जान्छ । यस्तै नेपालको अर्गानिक चिनीलाई पूरोपेली बजारमा निर्यात गर्ने प्रक्रिया समेत साल्ट ट्रेडिङले प्रारम्भिक रुपमा सुरु गरेको छ । साल्ट ट्रेडिङले देशव्यापी रुपमा खडा गरेका आफ्ना सञ्जाललाई मात्रै परिचालन गर्ने हो भने पनि नेपाली उपभोक्ताको माग र चाहनाअनुसार सेवा प्रदान गर्न सक्दछ । सेवा प्रदान गरेपछि त्यसबाट बढ्ने व्यापार र आम्दानीको हिस्सा पनि उल्लेख्य नै रहन्छ । आफ्नो सञ्जाल ७५ वटै जिल्लामा फैलिएको र करिब ६ हजार डिलरमार्फत सेवा दिइरहेको यो संस्था लामो समयसम्म सञ्चालनमा हुनु पर्दछ, जीवन प्राप्त भएको हुनुपर्दछ भन्ने मान्यता स्थापित गरिनु पर्दछ । आम उपभोक्ताको आकर्षण र विश्वासलाई उच्च सम्मान गर्दै साल्ट ट्रेडिङले खाद्य उद्योगको स्थापना गरेको छ । आयातित सामग्रीको गुणस्तर र मूल्य स्थिर नहुने विश्वासका साथ साल्ट ट्रेडिङले घ्यू तथा खाद्य उद्योगको स्थापना गरेको जनाएको छ । साथै संस्थाको व्यवस्थापकीय क्षमता उत्साहप्रद देखेकाले सरकारले अन्य विभिन्न संस्थाहरूको व्यवस्थापन समेत हस्तान्तरण गरेको छ । यी धेरै सकारात्मक पक्ष भए पनि साल्ट ट्रेडिङ पूर्ण रुपमा सफल भइसकेको छैन । सक्षम नेतृत्व र इमान्दार कर्मचारीको संयुक्त प्रयासले धेरै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएपनि आम उपभोक्ता समक्ष प्रतिस्पर्धात्मक वातावरणमा पुग्नुपर्ने चुनौती भने साल्ट ट्रेडिङका सामु अझै पनि रहेको छ । साथै हाल शुरु गरेका नयाँ योजना र कार्यक्रम पनि पूरा गर्नका लागि पत्यारिलो आधार अघि सार्नुपर्ने चुनौती अझै कायमै देखिन्छ । यति हुँदाहुँदै पनि आम उपभोक्ताको विश्वास र आकर्षणको केन्द्रका रूपमै आफूलाई अझै कायमै राख्न सक्नु चाहिँ साल्ट ट्रेडिङको ठूलो उपलब्धि मान्नैपर्छ । ट्रेडिङले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को वार्षिक मुनाफाबाट २० प्रतिशत बोनस दिने भएको छ । कर्पोरेशनले आर्थिक वर्ष २०७२/७३ मा रु ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको थियो । यो आव २०७१/७२ भन्दा रु पाँच करोड १५ लाख बढी रहेको थियो । उपभोक्तालाई नून, चिनी, चामल, दाल, गेडागुडी, ग्यासलगायत अन्य खाद्यान्न अनुदान तथा गैरअनुदानमा मल बिक्री वितरण गर्दै आएको कर्पोरेशनले २०७३ सालमा भारतीय नाकाबन्दी र तराई आन्दोलनमा समेत रु छ अर्ब ८३ करोडको कारोबार गर्न सफल भएको थियो । सरकारको निर्देशन र सामाजिक उत्तरदायित्व बहन गर्नुपरेका कारण मूल्यभन्दा कम मूल्यमा सामान बिक्री वितरण गर्नुपर्ने बाध्यताले कर्पोरेशनले अपेक्षित मुनाफा आर्जन गर्न सकेको छैन । सरकारले कर्पोरेशनलाई अनुदानमा बिक्री वितरण गर्न अनुमति दिएको रासायनिक मलको पनि बिक्री वितरण भइरहेको छ । यो संस्था सामाजिक उत्तरदायित्वसहितको संस्था भएकाले व्यावसायिकता सँगै जिम्मेवारी पनि बहन गरिरहेको छ । यसलाई अझै प्रभावकारी बनाउनका लागि सरकारले अझै विशेष ध्यान दिएर लगानी गर्नुपर्ने देखिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies