Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेतादेखि सचिवसम्मः जसले आफै पढेको स्कूल ढल्नै लाग्दा पनि देखेनन्

\"\"काठमाडौं । रानीपोखरीको पश्चिमपट्टिको सडक छेउमा प्राचीन शैलीमा बनेको एउटा लामो भवन छ । नेपालको शैक्षिक इतिहास र प्राचीन महत्व बोकेको यो भवन १९४८ सालमा विद्यालय सञ्चालानका लागि वीर शम्शेरले पालामा बनेको हो । तत्कालिन अवस्थामा दरबाभित्रका विद्यार्थीले मात्र पढ्न पाउने भएकाले ‘दरबार हाई स्कुल’ नाम पायो उक्त भवनले । निर्माण भएदेखि आजसम्म मर्मतसमेत नभएको सो भवन यतिबेला पुनःनिर्माणको पर्खाइमा छ । देशका लागि बलिदान गर्ने सहिददेखि उच्च तहका रानीतिक नेता र बिशिष्ट कर्मचारी सम्मले औपचारीक शिक्षा लिएको उक्त स्कुलको भवन जिर्ण भएको लामो समय बितिसक्दा समेत मर्मत र पुनःनिर्माणमा कसैको चासो देखिएको छैन । भवनभित्र यतिबेला सँस्कृत प्रधान पाठशाला र भानु माध्यामिक विद्यालय गरि दुई विद्यालय सञ्चालनमा छन् । तर, २०७२ सालको विनासकारी भूकम्पले भत्काएको भवनको एकापट्टिको पाखो प्लाष्टिकले टालेर चलाईएको छ । विद्यालय भवन पनि एकदमै पुरानो र थोत्रो देखिन्छ । मुलुकले गौरब गर्न लायकको स्थान दुरावस्थामा पुग्दासमेत पुनःनिर्माणमा सरकारले चासो नदेखाउनु दुःखलाग्दो बिषय रहेको सँस्कृत प्रधान पाठशालाका प्रधानाध्यपक बद्रिप्रसाद दाहालले खबरडबलीलाई बताए । उनले विद्यालयको जीर्ण भवन पुनःनिर्माणका लागि भन्दै शिक्षा मन्त्रालयमा धेरै पटक निवेदन साथ अनुरोध गरे । देशका मन्त्रीदेखि प्रतिष्ठित नेता सम्मको ढोका ढक्ढकाए । तर, कुनै पनि निकायले चासो नदेखाएको दाहाल बताउँछन् । ‘देशको सरकार नै लाचार छ । विद्यालय प्रशासन आफैँले गर्नसक्ने सामथ्र्य पनि छैन ।’ दाहालले खबरडबलीसँग भने ‘भन्नुपर्ने सबै ठाउँमा अनुरोध गरेँ तर, कसैले चासो समेत देखाएनन् ।’ त्यहि स्कुलबाट २०२५ सालमा एसएलसी पास गरेका नेपाली कांग्रेसका नेता नरहरी आचार्य दुई पटक मन्त्री भइसके । आचार्य कानुन तथा न्याय मन्त्री हूँदा प्रधानाध्यापक दाहालले धेरैपटक भेटेरै भवन पुनःनिर्माणका लागि अनुरोध गरे । तर, आचार्यले कुनै चासो नदेखाएको दाहालले खबरडबलीसँग दुःखेसो पोखे । भन्छन्, ‘नरहरी आचार्य मन्त्री हुँदा भेटेर धेरैचोटी अनुरोध गरेँ, उहाँले गर्दिन्छु पनि भन्नु भएको थियो । तर, मुखले मात्र ठिक पार्नुभयो, काम गरिदिनु भएन ।’ कांग्रेस नेता आचार्य भने आफुले प्रयास गर्दागर्दै नसकेको बताउँछन् । कांग्रेस उपसभापती समेत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यहि विद्यालय पढेका हुन् । उनले चाहेभने तत्काल विद्यालयले नयाँ रुप पाउन सक्छ । तर, उनले पनि कुनै चासो नदेखाएको विद्यालय स्रोतले जानकारी दिएको छ । सोहि विद्यालयमा पढेका लक्ष्मण अर्याल अहिले परराष्ट्र मन्त्रालयमा सचिव छन् । राजनीतिकर्मी राजेश्वर देबकोटा, राजदरबारका पुर्व सचिव यदुनाथ खनाल पनि दरबार हाई स्कुलमै पढेको रेकर्डहरुले देखाउँछन् । भवन पुनःनिर्माणका लागि विद्यालय प्रशासनले सबैलाई हारगुहार ग¥यो तर, कसैले चासो देखाएनन् । विद्यालय भवन जोखिपूर्ण हुँदासमेत सरकाले कुनै बैकल्पिक ब्यबस्था नगरेको शिक्षकहरुको गुनासो छ । बैकल्पिक ब्यबस्था नहुँदा जोखिम मोलेरै पनि विद्यार्थी पढाउनु पर्ने बाध्यात्मक अवस्था भएको सँस्कृत पाठशालाका शिक्षक दिपक शर्मा बताउँछन् । विद्यालय भवनको यो जोखिमपुर्ण अवस्थाका कारण विद्यार्थीलाई विद्यालय पठाउनसमेत त्रास हुने अभिभावकहरुको गुनासो छ । विद्यालय भवन मर्मत हुन नसकेकै कारण कतिपय अभिभावकले विद्यार्थी नै फिर्ता लगेको भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोले खबरडबलीलाई बताए । उनका अनुसार बर्षेनि विद्यालय छोड्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । ‘विद्यालयमा शैक्षिक माहोल नै छैन । अभिभावकलाई कसरी सम्झाउने ?’ महतो भन्छन्, ‘कम्तिमा विद्यालयभित्र बालबालिका सुरक्षित हुन्छन् भन्ने आभाससमेत दिलाउन नसकिने अवस्था छ ।’ विद्यालयको भौतिक संरचना नै जुनसुकै अवस्थामा ढल्न सक्ने जस्तो देखिन्छ । भूकम्पले भत्काएको एकापट्टिको भित्ता अझै टालिएको छैन । जसका कारण विद्यार्थीको ध्यान पढाईमा केन्द्रीत गर्नसमेत गाह्रो परेको गुनासो शिक्षकहरुको छ । भवन भत्किने डरले पढाईमा भन्दा सुरक्षामा बढि ध्यान जाने विद्यार्थीहरु बताउँछन् । ‘स्कुलको भवन नै भत्किन लागेको छ ।’ सँस्कृत पाठशालाको कक्षा ९ का छात्र अमृत भण्डारीले खबरडबलीसँग भने, ‘पढाईको चिन्ता भन्दा स्कुल भत्किएला भन्ने चिन्ता बढि हुन्छ ।’ यस्तै अवस्थामा पढाई सञ्चालन गर्दा अपेक्षित शैक्षिक उपलब्धि हाँसिल नहुने शिक्षकहरु बताउँछन् । राष्ट्रकै गहनाको रुपमा रहेको ऐतिहासिक धरोहरको संरक्षणमा सरकाले चासो नदेखाउँनु लज्जाको बिषय रहेको जानकारहरु बताउँछन् । भुकम्प गएपश्चात मात्रै मुलुकमा तीन वटा सरकार फेरिए । इतिहास नै तहसनहस हुने अवस्थामा पुगेको मुलुककै पहिलो विद्यालयको भौतिक अवस्थाको सुधार गर्नुपर्ने तर्फ कसैले चासो देखाएनन् । भूकम्प पछिको पुनःनिर्माणको लागि बनाईएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समेत यस बिषयमा चासो नदेखाएको भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोले बताए । उनले विद्यालय भवन पुनःनिर्माका लागि शिक्षा मन्त्रालय र प्राधिकरणलाई पटक पटक ध्यानाकर्षण गराएको बताए । भूकम्पले क्षति पुगेका सरकारी संरचनाहको पुनःनिर्माण गर्न छुट्टै प्राधिकरण बनेकाले सो विद्यालय भवनको पुनःनिर्माण पनि प्राधिकण मार्फत नै बन्ने शिक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् । शिक्षा मन्त्रालयका अनुसार सो भवन पुनःनिर्माण गर्न प्राधिकरण र मन्त्रालयबीच छलफल भईरहेको छ । प्रधिकरणले भने छिट्टै पुनःनिर्माणको काम अगाडी बढाउने बताउँदै आएको छ । पुनःनिर्माण प्रधिकरणका अनुसार सो भवन पुनःनिर्माणका लागि चीनियाँ दुतावाससँग छलफल भइरहेको जनाएको छ । चीनियाँ दुतावासले पनि पुनःनिर्माणमा चासो देखाएको प्राधिकणका कर्मचारीहरु बताउँछन् । आउँदो डिसेम्बरबाटै काम सुचारु हुनेगरी प्राधिकरणले चीनियाँ दुतावाससँग छलफल अगाडी बढाएको बताएको छ । मुलुकको ऐतिहासिक स्थलहरुको पुनःनिर्माणको लागि ध्यान नदिने हो भने एकदिन राष्ट्रले आफ्नो इतिहास नै गुमाउने इतिहासँकारहरु बताउँछन् । इतिहास र शिक्षा क्षेत्रसँग सम्बन्धित यस्ता महत्वपूर्ण स्थानको संरक्षणमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ । राजधानिकै केन्द्रमा रहेको मुलुककै जेठो विद्यालयको यो अवस्थाले देशकै शैक्षिक अवस्थाको प्रतिनिधित्व गर्ने जानाकारहरु बताउँछन् । जहाँ शिक्षार्थीले निर्धक्क पढ्नसक्ने वातावरण बन्न सक्तैन, त्यहाँ सिकाई उपलब्धि पनि शुन्य हुने प्रधानाध्यापक दाहाल बताउँछन । सिंहदरबार अन्धो भएको उनको आरोप छ । भन्छन्, ‘सिंहदरबारका आँखाले रानिपोखरीसम्म देख्दैन?’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies