Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पशुपतिमा ३३ बर्षदेखि लास पोल्नेको कथा-‘बच्चीको लास पोल्दा–पोल्दै ढलेछु’

\"\"काठमाडौं । मसानघाट भन्नेबित्तकै कतिपय मानिसहरुको मन काँप्ने गर्छ । मलामी जानैपर्ने बाध्यात्मक अवस्था भन्दा बाहेक मानिस हमेसा मसान घाट जाँदैनन् । मसानघाटलाई जिन्दगीको समाधि स्थलका रुपमा लिइन्छ । जहाँ मानिसले जिन्दगीकै अन्तिम बिश्राम लिने गर्छन् । मान्छेलाई भौतिक रुपमै नष्ट गरिन्छ । तर, बालाजु स्थाई घर भएका ६० बर्षिय विदुर बुढाथोकीले मसानघाटबाटै आफ्नो जिन्दगीको सुरुवात गरे भन्ने सुन्दा अचम्म लाग्न सक्छ । ३३ बर्षदेखी मसानघाट कुरेर जीविका चलाउँदै आएका बुढाथोकी पेशाले घाटे बाहुन हुन् । पशुपति आर्यघाटलाई आफ्नो कर्मथलो बनाएका उनले दैनिक लास पोलेरै ६ जनाको परिवार पाल्दै आएका छन् । यसकै आम्दानीले ४ छोरीलाई उच्च शिक्षासम्म हाँसिल गराए । लास छुनसम्म हिच्किचाउने समाजमा उनी यस्ता पात्र हुन जसले एकैदिन ५ वटासम्म लास जलाए । यो ३३ बर्षमा ७ हजार भन्दा बढि लास जलाएको उनले खबरडबलीसँग बताए । सयौँ बच्चा जलाएँ त सयौँ तन्नेरी, कति धनीलाई जलाएँ त कति गरिबलाई । उनी पशुपति ‘भष्मेश्वर’ घाटमा लास पोल्नेहरु मध्येका सबैभन्दा पुराना हुन् । घाटे बाहुनको पेशा अपनाएका उनीसँग थुप्रै त्यस्ता अनुभव छन् जसले उनलाई जिवन केहि होईन भन्ने सिकायो । उनको बुझाईमा जिन्दगी भनेको दुई दिनको भ्रम हो । मान्छेले बाँचुन्जेल सबैको भलो मात्र गर्नु पर्ने उनको तर्क छ । उनीसँग अझ यस्ता अनुभव छन्, जो अहिले सम्झँदासमेत उनलाई मन गह्रौँ भएर आउँछ । जन्मेपछि मान्छे मर्नु स्वाभाविक हो । तर, कतिपय मृत्यु भयङ्कर पीडादायी हुने उनको अनुभव छ । कतिपय लास देख्दा उनको मनभरी आत्मियता पलाएर आउँछ । धेरै पटक रोएका छन् उनी, उही लासको आफन्त जस्तै बनेर । धेरै जसो बालवालिकाको लास जलाउन पर्दा उनलाई भक्कानो छुट्छ । एकपटक एक बच्चाको लास देखेरै आफु बेहोस नै भएको उनीसँग अनुभव छ । ‘एकपटक एउटा बच्चीको लास ल्याएका थिए, त्यो पनि दुर्घटनामा परेकी । आफ्नै छोरी जस्तो लागेर आयो, म लास हेरेरै ढलेछु, साथिभाईले सहयोग गरे । ’ बुढाथोकीले खबरडबलीसँग भने, ‘पाँच÷सात दिन त खाना खानसमेत मन लागेन, काममा पनि आईन ।’ ४१ सालको एकदिन उनी पशुपति घुम्न आएका थिए साथिभाईको साथ लागेर । आर्यघाटमा लास पोल्दै गरेका गाउँले काकासँग भेट भयो उनको । काकाले उनलाई त्यहीँ काम गर्न आग्रह गरे । २७ बर्षका उनी, त्यतिबेलासम्म बेरोजगार थिए । एक छोरीको जन्म समेत भईसकेको थियो । पारिवारीक जिम्मेवारी उनीमाथि थियो । उनलाई कामको अत्यावश्यक थियो । भोलिदेखि नै हाजिर हुने कुरा काकासँग गरेर सो दिन घर फर्किए । भोलिपल्ट बिहानै आर्यघाट पुगेका उनलाई काकाले कामको लागि प्रबन्ध मिलाइदिए । सोहि दिनदेखि उनले घाटे बाहुनको काम सुरु गरे । त्यतिबेला एउटा लास जलाएको ५० रुपैयाँ पाउने गरेको उनी बताउँछन् । सुरुसुरुमा उनलाई काम गर्न अफ्ठ्यारो नलागेको भने होइन । कोहि चिनेजानेकाले लास पोल्दा पोल्दै भेटे भने के गर्ने भन्ने भय उनको मनमा उब्जिन्थ्यो । बिस्तारै बानि पर्दै गएको उनी बताउँछन् । तर, उनलाई कसैले हेपेर बोलेको मन नपर्ने बताउँछन् । ‘कोहि कोहि मान्छेले हेपेर बोल्छन्, घाटे भनेर । मैले आफ्नो काम गरेर खाएको छु ।’ अलि आक्रोसित हुँदै उनले भने, ‘काम गरेर खाएको पनि ‘खिसि’ गर्न मिल्छ ?’ उनले काम सुरु गर्दा एउटा लास जलाएको ५० रुपैयाँ आउँथ्यो । आजभोलि एक हजार दुई सय रुयैयाँ पाउँछन् । त्यसको १० प्रतिशत पशुपति क्षेत्र विकास कोष अन्तर्गत घाटसेवा केन्द्रलाई बुझाउनुपर्ने प्रावधान छ । महिनामा उनको लास जलाउने पालो १५ पटकसम्म पर्छ । कहिले रातमा त कहिले दिनमा । उनी कयौँ पटक रातभर आर्यघाटमै बसेका छन् । भुतप्रेत हुने कुरामा बिश्वास गर्दैनन् । भन्छन्,– ‘भुतप्रेत हुदैन, यो मान्छेको अज्ञानता हो ।’ केहि नबुझेका मान्छेले मात्र भुतप्रेतमा बिश्वास गर्ने उनको तर्क छ । \"\" आजभोलि उनी महिनामा सरदर २५ हजार कमाउँछन् । घरमा चार छोरी र श्रीमतीलाई यहि पैसाबाट पालनपोषण गर्दै आएका छन् । अब छिटै यो काम छाड्ने योजनामा छन् बुढाथोकी । ‘अब बुढो हुँदै गईयो, छिट्टै काम छोड्ने सोचमा छु’ खबरडबलीसँग उनले भने –‘यत्रो बर्ष दुनियाले घिन मान्ने काम गरियो न पेन्सन आउँछ न उपदान ।’ तर, यो काम छोडेपछि घर खर्च कसरी चलाउने भन्ने चिन्ता छ ।’ आफुहरुले सरकारी कर्मचारी जस्तै पेन्सन पाउनुपर्ने तर्क उनको छ । उनले यो कुरा धेरै पटक उठाउँदा समेत पशुपति क्षेत्र विकास कोषले वास्ता नगरेको गुनासो उनको छ । भन्छन् ‘अब न बसिबसि खाने सम्पति छ, न बिरामी हुँदा उपचार गर्ने पैसा, लास पोलेरै बुढो भइयो, अब कहाँ जाने ? सबैलाई चिन्ता बुढेसकाल र उपचारकै अहिले पशुपति ‘भष्मेश्वरघाट’मा लास पोल्ने पेसा गर्ने ३६ जना छन् । उनीहरु पशुपति क्षेत्र विकास कोषअन्तर्गत घाटसेवा केन्द्रमा आबद्द छन् । जीवनभर घाटमै पेसा गर्नेहरुको लागि कोषले केहि राहतको ब्यबस्था गर्नुपर्ने उनीहरुको माग छ । ‘बुढेसकालका लागी हुनेगरी कोषले उपदानको ब्यवस्था गरिदिए हुन्थ्यो ।’ २० बर्ष देखि लास पोल्दै आएका काभ्रेका केशव ढकालले खबरडबलीलाई भने, ‘यस अघि कमाएको पैसा खाँँदै ठिक भयो, अब बुढेसकालमा कहाँ जाने ?’!  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies