Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्तो बन्यो ऐश्वर्यको पोष्टर

\"\"काठमाडौं । पछिल्लो समय फिल्म ऐश्वर्य सार्वजनिक गीत ’तिमि रोएको पल’ का कारण चर्चामा छ । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् । गीतले चर्चा पाउदै गर्दा निर्माण टीमले टिजर पनि सार्वजनिक गरेको छ । ट्रेलर हेर्नेले फिल्मको मेकिङपछि उत्साहित रहेको टीमले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै केहि दिनमै ट्रेलर रिलिज गर्ने तयारीमा रहेको छ । यसै टीमले ट्रेलर अगाडी फिल्मको पोष्टर सार्वजनिक गरेको छ । फिल्मले कथाको थिमलाई यसपोष्टर मार्फत प्रस्ट्याउने कोशिस पनि गरेको छ । सार्वजनिक पोष्टरमा टिजर झैँ फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार लगायत फिचरीङ छन् । पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त विचको टक्करलाई देखाउन खोजिएको छ । यसलाई टौवा क्रियसनले डिजाइन गरेको हो । फिल्ममा डेब्यु अनुहार दीपिका सुपर मोडलकै भूमिकामा छिन । फिल्ममा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कात्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ । रमेश उप्रेती अभिनेता निर्माता फिल्मको सार्वजनिक गीत र टिजरले हामी उत्साहित छौ । टिजर सार्वजनिक भएसंगै फिल्मको विषयवस्तुलाई केहि हदसम्म दर्शकले बुझीसक्नु भएको छ भने यसलाई थप पोष्टरले प्रस्ट्याएको छ । कलाकारको रुपमा लामो समय बिताएता पनि निर्माताको रुपमा म डेब्यु गर्दैछु । यो फिल्मको कथा विल्कुलै फरक छ त म भन्दिन तर म र मेरो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेका छौ । यहि भाद्रको लास्टसम्म सार्वजनिक हुने ट्रेलरले फिल्मको विषयलाई थप प्रस्ट्याउने नै छ । फिल्मको सार्वजनिक गीत र टिजरले दर्शकला दिलाएको आशलाई हामीले निराशा परिणत हुन्नदिने बताएको छ । ऐश्वर्य, जसलाई पैसा, पावर र मोजमस्ती जस्ता अर्थमा बुझ्ने गर्छौ त्यसलाई पाउन हुने दुइ पात्र विचको टसल नै पोष्टरको थिम हो । टौवा क्रियसनले हाम्रो थिम अनुसारकै पोष्टर डिजाइन गरिदिनु भएको छ र केहि समय ट्रेलरका निमित पर्खिन दर्शकलाई आग्रह गरेका छन् । प्रशान्त ताम्राकार फिल्मको सार्वजनिक टिजरपछी आएको प्रतिक्रियाले उत्साहित भएको बताएका छन् । सुटिङमा गरिएका दुःखले सफलता पाउदा मन खुसि बताइएको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies