Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जाजरकोटे शक्ति बस्नेतको अदृश्य ‘शक्ति’

\"\"सुनिन्छ र भनिन्छ जाजरकोट भन्ने बित्तिकै गरिब, उत्पडित जनताको ठुलो जमात छ । यहाँ भएभरको रोग, खाद्य संकट, अभाव र अराजकता वाध भित्र जाजरकोटको नाम लिनेको संख्या ठुलो छ । के साँच्चिकै जाजरकोट यस्तै छ त ? जाजरकोटलाई चिनाउने पर्यटकिय स्थल र अर्बैंको नदेखिएको वा नदेखाएको ठुलो सम्पती पनि छ । हाम्रो एकपक्षिय असन्तुलित विचारका कारण सधै अभावै अभाव मात्र देख्ने हाम्रा आँखामा अब जाजरकोट संवृद्धशिल बन्दै छ भन्ने आँखाले पनि हेर्न जरुरी छ । संसारलाई हलाउने र यो मुलुकलाई निरङकुशता अनि दासताको ठुलो प्रर्खाललाई भत्काएर स्वर्णीम जनताको अधिकार ल्याउनका लागि जाजरकोटले खेलेको भुमिका हामीले कहाँ लुकाएका छौँ । हाम्रो अभावकै बिचमा संसारलाई हलाउने सिद्धान्तको सुत्रपात गर्ने महान व्यक्तिलाई हामीले कहाँ भुलेका छौँ । यहाँ त गर्दै नगरेका कामको पण्डित्याई मात्र हाम्रो समाजको खेतिपाती हुन थाल्यो । जाजरकोटका भुगोल नै नचिनेको तर जबरजस्त जाजरकोटी हुँ भन्दै बलमिच्याईले हुँन बाध्य भएका केही शक्ति केन्द्रले उहि पुरानै शाषणको हवलामा फेरी गोईबल्सको नारा जप्दै गरेको मधुरो आवाज सुन्न सकिन्छ । क्षणिक स्वार्थ भन्दा जसले जिल्लाकै लागि भन्दै आफ्नै जीवनको बाजी लगायो, मृत्युलाई पनि हाँसीहाँसी स्वीकार गर्यो तर उ नाफाको जिन्दगीसहित परिवर्तनको नासो ल्याएर जनताको सामुमा आयो उसकै आवाजमाथि धारिला वाणहरु प्रहार हुँदा जो कोहीको पनि मन दुख्छ । काम गर्ने कालु मकै खाने भालु भनेझै परिवर्तनको स्वामित्व उनी महाराजाहरु जबरजस्त आफ्नो कव्जामा लिन खोज्दै छन् ।
जाजरकोट रिम्ना सडक हुँदै डोल्पा र दल्ली बारेकोट सडकमा भारी बजेट हालेर खच्चडबाट दैनिक उपभोग्य सामग्री लिन होईन, गाडीमा यात्रा गर्नुपर्छ भन्दै सडक निर्माणलाई तिव्र बनाउने पहल लिनु शक्ति बस्नेत गलत कि सहि ? प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरु नेपालगन्ज र सुर्खेतसंगै देशका महंगा सहरमा गएर लाखाै रकम खर्चदै घर, जग्गा बिक्री हुने अवस्थाको अन्त्य गर्दै कालेगाउँ र जुनीचाँदेमा प्राविधिक शिक्षालयहरु खोल्नु शक्ति बस्नेतको गलत काम हो ?
आफुले कल्पना नै नगरेका कुराको यति ठुलो बखानका प्रर्खालहरु रातारात उभ्याईन्छन् भने पुरै जाजरकोटको भुभाग चिनेको भए उनीहरुले सबैलाई निल्नु त्यति कठिन कार्य थिएन् । छिन्चु जाजरकोट सडक खण्ड निर्माण गर्दा सायद अहिले स्वमित्व लिन खोज्ने मानिसरु महंगा देशमा डुवुल्की मार्दै थिए । जहाँ अभावको महसुस हुँदैन अनि नेपाली संस्कार र संस्कृती नै पाईदैन् । जसले बिकासकै लागि यो जाजरकोट माटोमा पलपल रगतका थोपा माटोमा मिसिएको र पिसिएको छ उसले यहाँको माटोको विषयमा बोल्न पाउने अधिकार खोस्न परपन्च किन गरिन्छ । काठमाण्डौमा भाडाको घर र दैनिक जनताको काममा मात्र ध्यान दिने व्यक्ति दैनिक जाजरकोटको विकास निर्माणमा ध्यान दिन्छ । जसले अभाव र गरिवी के हो भन्ने कुरा राम्रो संग चिन्नुका साथै भोगेको पनि छ उसलाई हुन्छ जाजरकोटको चिन्ता ? कयौँन पटक जनयूद्धको बेला राती र दिनमा भोको पेटमा हिड्दा फाँटेका चप्पलले जसरी जाजरकोटका प्रत्येक जमिनको विषयमा परिचित हुँदै मध्यपहाडी लोकमार्गको कामलाई केन्द्र र निर्माण स्थलमा गएर विकासमा गडबढ नगर्न सल्लाह दिर्नुका साथै खवरदारी गरिह्यो उही व्यक्तिका काम अर्काले मैले गरेको हुँ भन्दै स्वमित्व लिन खोज्नु दिउँसै हत्केलाले सुर्य छेकेझै हो । केन्द्रबाट पठाएको वजेट सक्न र थोत्रा सामग्री खरिद गरि जनतलाई भ्रममा पार्न र नाफा मात्र लिन खोज्नेविरुद्ध जाजरकोटमा अर्को सेवा विस्तार गरी निरन्तर पहल गर्ने शक्ति बस्नेत साचिकै महान मात्र होईन एक जाजरकोटको गौरवशाली ईतिहासको धराहराका रुपमा लिन सकिन्छ । केही व्यक्तिहरु ५० शैयाको जाजरकोट अस्पताललाई १५ शैयामा बदलेर आफ्नो कावुमा राख्न खोज्नु साँच्चिकै निन्न्दनिय मात्र होईन भत्र्सना जति गरेपनि काम हुने कार्य हो । यसको विरुद्धमा कसैले बोल्ने आँट गरेको देखिदैन । जसले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको डाक्टरलाई जाजरकोट अस्पतालमा ल्याएर जाजरकोटमा प्रभावकारी सेवा दिन पुर्याएको योगदानलाई मैले गरेको भन्दै जनभ्रम पार्न खोज्दैछन् र अस्पताल चुहिएर उपचार गर्न समस्या परेको देख्दैन्न यो कुरा जाजरकोटीले कहाँ भुल्न सछन् र ? बरु जाजरकोटमा पठाएका नयाँ जनस्वास्थ्य प्रमूखलाई बसका लागि बनाएको कोठा नै कव्जा गरि होटलमा बस्न बाध्य बनाउने विरुद्ध हामीले केही बोल्ने कि नबोल्ने ? [caption id=\"attachment_151459\" align=\"alignleft\" width=\"450\"]\"\" लेखक[/caption] चुनावको समयमा रिम्ना पुल र राकम पुल निर्माणको मुख्य एजेण्डा बनाएका शक्ति बस्नेतले आफ्नो प्रतिवद्धता पुरा गरेका छन् हामी उनलाई किन धन्यवाद दिन पछाडी पर्ने ? ४ सय १० मेघावाटको नलगाड जलविद्युुत आयोजनलाई छिटो छरितो सम्पन्न होस भन्दै कम्पनी मोडलमा लिएर सिंगो जाजरकोटलाई फाईदाको गतिमा लिने शक्ति बस्नेत हाम्रा लागि मित्र कि ऐजारु आफै छुट्याउन जरुरी छ । ईतिहासका कुनैपनि व्यक्तिले जाजरकोट रिम्ना सडक हुँदै डोल्पा र दल्ली बारेकोट सडकमा भारी बजेट हालेर खच्चडबाट दैनिक उपभोग्य सामग्री लिन होईन, गाडीमा यात्रा गर्नुपर्छ भन्दै सडक निर्माणलाई तिव्र बनाउने पहल लिनु शक्ति बस्नेत गलत कि सहि ? प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरु नेपालगन्ज र सुर्खेतसंगै देशका महंगा सहरमा गएर लाखाै रकम खर्चदै घर, जग्गा बिक्री हुने अवस्थाको अन्त्य गर्दै कालेगाउँ र जुनीचाँदेमा प्राविधिक शिक्षालयहरु खोल्नु शक्ति बस्नेतको गलत काम हो ? विमानस्थलदेखि हरेक कुरा रुकुमकै भर पर्ने जाजरकोट पुर्वी क्षेत्रका स्थानीयहरुका लागि नलगाड बहुमुखी क्याम्पास स्थापना गरि रुकुमका राडी क्याम्पसमा गएर परिक्षा दिने झन्झटलाई अन्त्य गरि नलगाड क्याम्पसमै स्नातकतहको परिक्षा केन्द्र बनाउन त्रिभुवन बिश्वविद्यालयबाट स्वीकृत ल्याएर सहज बनाउनु हाम्रो लागि खुसी कि पिडा ? जिल्लाका ७ वटा स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य संस्था खोल्नका लागि केन्द्रबाट प्रयाप्त बजेट पठाएर दैनिक ताकेत गर्नु शक्ति बस्नेतको यो काम लाई धन्यवाद दिने कि नदिने ? जिल्लाको पर्यटन सँस्कृती तथा वातावरण संरक्षणमा विशेष पहल अनि खानेपानी सिंचाई तथा कृषिको लागि केन्द्रबाट जिल्ला भरिमा आवश्यकताको आधारमा योजनाहरु छनोट गरि कार्यन्वयनमा ल्याउनु जाजरकोटीको लागि सुखद कुरा हो । जिल्लाका महत्वपुर्ण सडक निर्माणका लागि जनतासंग गरिएको प्रतिवद्धताहरु पुरा गर्न छेडा—थल हुदै चाँदे, छेडा—कचाली, लिर्ता—कार्कीगाउँ—मछाइना, ढुंगिला—वडाकाँडा सार्नीमेला सडक निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । स्यापी—आले हुदै सीमा, चिउदुवा— ईन्द्रज्योति मावि जोडने सडक, मटेला —गर्खाकोट, चल्लो पोले —पजारु सडक, बाटुले — टापुचौर सडक, सुवानाउली —मजकोट सडकको काम प्रयाप्त वजेटको व्यवस्था गरेपछि निर्माण कार्य जारी रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies