Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ऋतिक रोशन र कंगना रनाैटकाे खुल्यो यस्तो रहस्य

\"\"बलिउड अभिनेत्री कंगना रनौट एकपटक पुनः चर्चामा छिन् । केही समय अघि उनले बलिउडमा नातावादको विषयमा फिल्म निर्माता करण जोहरमाथि निशाना साँधेकी थिइन् । त्यसपछि बलिउडका थुप्रै सेलिब्रिटीले नातावादको मुद्दामा आफ्ना विचार सार्वजनिक गरेका थिए । अब एकपटक पुनः कंगनाले बलिउडका चर्चित अभिनेता ऋतिक रोशनसँगको आफ्नो सम्बन्धबारे एक नीजि टेलिभिजनसँग खुलेर कुराकानी गरेकी छिन् । टेलिभिजन शोमा कंगनाको बयानपछि एक पटक पुनः यो मुद्दाले चर्चा पाएको छ । उनका अनुसार उनी ऋतिकसँग विवाह गर्न चाहन्थिन् र यसबारे दुबैका बिच कुराकानीसमेत भएको उनले बताइन् । ऋतिकले पनि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनीसँग विवाहको बचन दिएको कंगनाले दाबी गरिन् । कंगना र ऋतिकबिचको विवाद कुनै नौलो होइन । काइट्स र कृष थ्रीमा सँगै काम गरिसकेका कंगना र ऋतिकले एक–अर्कालाई कानूनी नोटिस पनि पठाइसकेका छन् । ऋतिकले कंगनासँगको प्रेम सम्बन्धलाई अस्विकार गर्दै आएका छन् । यो पूरा विवादमा ऋतिक रोशनका बुवा राकेश रोशन पनि सार्वजनिक भएका थिए र उनले भनेका थिए, ‘यदि ऋतिकले वास्तविक कुरा खोल्यो भने मानिसहरु अचम्मित हुनेछन् ।’ कंगना र ऋतिकबिचको विवाद ? सन् २०१६ को जनवरी १५ तारिखमा ऋतिक रोशनले भनेपछि ‘आशिकी थ्री’ फिल्ममा कंगनाको साटो सोनम कपूर राखियो भन्ने खबर सार्वजनिक भएको थियो । त्यसपछि कंगना र ऋतिकबिच सबैकुरा ठिक नभएको भन्ने खबर आउन थाल्यो । सन् २०१७ को जनवरी २७ तारिखमा एक पत्रिकाले कंगनालाई आशिकी थ्रीबाट हटाइएको बारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘हो, चारैतिर यस्तो अफवाह छ । यो अफवाह कहाँबाट आएको हो भन्ने कुरा सबैलाई थाहा छ । मलाई थाहा छैन, यस्तो फाल्तू कुराले तपाईंलाई किन आकर्षित गर्छ भनेर मलाई थाहा छैन । मेरो लागि यो च्याप्टर बन्द भइसकेको छ र म गाडिएको मुर्दालाई निकाल्न चाहन्नँ ।’ त्यसपछि नै कंगना र ऋतिकबिच विवाद सुरु भएको थियो जुन अहिलेसम्म पनि जारी छ । उक्त कार्यक्रममा प्रश्नको जवाफ दिँदै कंगनाले थपिन्, ‘सन् २०१४ मा हाम्रो सम्बन्ध पूर्ण रुपमा समाप्त भएको थियो । उनले सयौं मेल मेरो अकाउन्टबाट आफ्नो अकाउन्टमा मेल गरे । उक्त मेलमा उनले लेख्थे, ‘मलाई तिम्रो निकै याद आइरहेको छ । म त मरें । मेरो दिमागमा समस्या छ, मेरो उपचार गराउ ।’ यद्यपी, ऋतिक रोशनले कंगनाले उनलाई हज्जारौं मेल पठाउने गरेको बताइसकेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies