Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पहिलो पटक क्रान्तिकारीको चुनावः ३० पदका लागि १५७ जना चुनावी मैदानमा

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचन केहि बेरमा शुरु हुँदैछ । भदौ ७ गतेदेखि काठमाडौंमा जारी एकताको २१ औं सम्मेलनमा सहमति नजुटेपछि इतिहासमै पहिलो पटक क्रान्तिकारीको निर्वाचन भएको हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको हलमा अबको केहि बेरमा निर्वाचन शुरु हुने बताइएको छ । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । सम्मेलनमा देशभरबाट २ हजार २२ जना प्रतिनिधि रहेका छन् । कति भिड्दैछन् ? पार्टी र संगठनका पूर्वअध्यक्षहरुले पटक–पटक सहमति प्रयास गरेपनि असफल भएपछि क्रान्तिकारीको निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागि २ जना रञ्जित तामाङ र अनिल शर्माबीच निर्वाचन हुँदैछ । त्यस्तै ८ जना उपाध्यक्षका लागि २५ जना चुनावी मैदानमा उत्रिएका छन् । खुला उपाध्यक्षमा ४ जनाका लागि १२, छात्रा १ का लागि २ जना, मधेसी १ का लागि ६ जना, आदिवासी÷जनजाति १ का लागि ३ जना, दलित १ का लागि २ जना प्रतिस्पर्धि रहेको छ । क्रान्तिकारीका निर्वतमान अध्यक्ष नरेन्द्र न्यौपानेका अनुसार एक जना महासचिव पदका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै ३ उपमहासचिव पदका लागि २० जना प्रतिस्पर्धी रहेका छन् । त्यसैगरि सचिव खुला २ का लागि २५, सचिव छात्रा २ का लागि १३, सचिव मधेसी १ का लागि ७, सचिव आदिवासी जनजाति १ का लागि १०, सचिव मुस्लिम १ का लागि २, सचिव दलित १ का लागि ८ जना चुनावी मैदानमा उत्रिएको न्यौपानेले खबरडबलीलाई जानकारी दिए । न्यौपानेका अनुसार प्रत्येका प्रदेशमा एक सचिवका लागि प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा ४, प्रदेश नम्बर ३ मा ७, प्रदेश नम्बर ४ मा २, प्रदेश नम्बर ५ मा ८, प्रदेश नम्बर ६ मा ३, प्रदेश नम्बर ७ मा २ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि विश्वविद्यालय, सिटिभिटि, केन्द्रीय कार्यालय र विभागका लागि १ सचिवका लागि ४ जना चुनावमा उत्रिएका छन् । कोषाध्यक्ष एक पदको लागि ६ जना चुनावमा गएका छन् ।    

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies