Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मान्छेको मासु खाने झाँक्रीको घरमा भेटियो ८ वटा कान र अंग

[caption id=\"attachment_150688\" align=\"alignleft\" width=\"750\"]\"\" आरोपितको घरबाट सुटकेसभित्र राखिएका विभिन्न मानव अंगहरु फेला पारिएको प्रहरीले बताएको छ ।[/caption] दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ । गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ । सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका छन् । परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको शव भेटिएको थियो । मान्छेका कान ती उपचारकले मान्छेको मासु खाँदा-खाँदै आफूलाई दिक्क लागिसकेको प्रहरीसमक्ष बयान दिएका छन् । शुरुमा प्रहरीले उनको कुरा पत्याएनन् । [caption id=\"attachment_150689\" align=\"alignleft\" width=\"750\"]\"\" प्रहरीले हराइरहेकी २५ वर्षीया जानेले लाशवेयोको शव यी ठूला ढंगाभित्र फेला पारेको थियो[/caption] प्रमाणको रुपमा ती उपचारकले रक्ताम्मे हात र पैतला देखाएपछि प्रहरीले तत्काल उनलाई गिरफ्तार गर्‍यो । त्यसपछि उनले आफू भाडामा बस्दै आएको घरमा प्रहरी अधिकारीहरुलाई लगे, जहाँ प्रहरीले पकाउने भाँडामा मान्छेका आठवटा कान फेला पारे । उपचारकले मान्छेका कानहरु आफ्ना ग्राहकका लागि राखेको ठानिएको छ । ग्राहकहरुलाई कानमा चमत्कारी शक्ति रहेको र त्यो खाएपछि पैसा, शक्ति र सुरक्षा दिने भनिएको थियो । डीएनए परीक्षण सुटकेसभित्र अरु मानव अंगहरु पनि भेटाइएको थियो । झाक्रीको झुपडीमा भएका मानव अंगहरुका बीच लाशवेयोको शव र च्यातिएका लुगाहरु भेटिएका थिए । [caption id=\"attachment_150687\" align=\"alignleft\" width=\"750\"]\"\" जानेले लाशवेयोको परिवारका सदस्यले निर्मता साथ उनको हत्या गरिएको हुनसक्ने बताएका छन् ।[/caption] उनको परिवारका सदस्यले लाशवेयोका लुगाहरु चिनेका थिए । प्रहरीले लाशवेयोकै शव भएको सुनिश्चित गर्न उनका दुई वर्षीय छोरासँग डीएनए मिलाउने प्रयास भइरहेको जनाएको छ । लाशवेयोको परिवारले अझै उनको अन्तिम संस्कार गरिसकेको छैन । आँसु पुछ्दै लाशवेयोकी नोजिफो एन्टेलेले भनिन्, \"हामीले अनुमान मात्रै लगाउन सक्छौँ कि लाशवेयोले जिन्दगीका लागि कसरी भिख मागेकी होलिन्, उनले निकै पीडादायी मृत्यु पाइन् ।\" बचाउने प्रयास \"लाशवेयोका लुगाहरु धुँलो र घाँसले छोपिएका थिए जसको अर्थ आफूलाई बचाउन उनले निकै प्रयास गरेकी होलिन् ।\" \"\" डकूर भन्ने ठाउँ नजिकै एउटा घर भाडामा लिएर ती उपचारक बस्दै आएको बताइएको छ । ती उपचारकलाई \'मोन्योवु\' नामले बोलाउने गरिएको छ जसको अर्थ स्थानीय जुलु भाषामा \'भ्रष्ट\' हुन्छ । उनले फिलानी मगुबाने नाम गरेका व्यक्तिबाट उक्त घर भाडामा लिएको बताएका छन् । आरोपित परम्परागत उपचारक भाडामा लिएर यहीं घरमा बस्दै आएका थिए । उपचारकको मतियार भएको आरोपमा मगुबानेका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ । मगुबानेले भने, \"म निकै स्तब्ध छु कि मेरो भाइले पनि ती उपचारकका परी कथाहरुमा विश्वास गर्‍यो, उपचारकले उसलाई धनी बनाइदिने आश्वास दिएका थिए ।\" दुई महिनाअघि मात्रै ती उपचारक त्यहाँ सरेका थिए । जागिर खोज्दै गरेका आफ्ना भाइसहित अरु तीनजना युवालाई ती उपचारकले आफ्नो लागि काम गर्न लगाएको मगुबानेले बताएका छन् । स्थानीयवासी स्तब्ध उपचारकले जादु गर्नका लागि भन्दै मध्यराततिर मानिसहरुको चिहान खन्न ती युवाहरुलाई पठाउने गरेको बताइएको छ । [caption id=\"attachment_150686\" align=\"alignleft\" width=\"665\"]\"\" दक्षिण अफ्रिकी परम्परागत उपचारकहरुको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन् ।[/caption] मान्छेका मासु खाने गरेका झाक्री गत हप्ता अदालतमा उपस्थित भएपछि स्थानीय राजनीतिककर्मी थेम्बेनी माजोलाले समुदायको बैठक बोलाए । मानिसहरुलाई नडराउन सल्लाह दिँदै उनले भने, \"अधिकांश स्थानीयवासी स्तब्ध छन् र अहिले डरमा बाँचिरहेका छन् ।\" दक्षिण अफ्रिकी परम्परागत उपचारकहरुको संगठनकी अध्यक्ष फेप्साइल मासेकोले मान्छेको मासु खाने गरिएको कुराको निन्दा गरेकी छन् । \'मोन्योवु\' नक्कली उपचारक भएको बताउँदै उनले धनी बन्ने प्रयासमा ती व्यक्तिले आफूहरुको \'सम्मानित पेसालाई बदनाम गरेको\' बताइन् । मान्छेको मासु खाने गरेको आरोप लागेका पाँच जनालाई सोमवार अदालतसमक्ष उपस्थित गराइँदा बाहिर प्रदर्शन भइरहेको थियो । उनीहरुलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो र सेप्टेम्बर महिनाको अन्त्यतिर उनीहरुलाई पुनः अदालतमा उपस्थित गराइनेछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies