Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

क्रान्तिकारीको इतिहासकै पहिलो चुनावः कुन प्यानलमा को–को परे ?

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २१ औं एकताको सम्मेलन भदौ ७ गतेदेखि काठमाडौंमा जारी छ । अध्यक्षका दाबेदारहरुबीचीच सहमति नजुटेपछि क्रान्तिकारी चुनावमा होमिने भएको हो । माउ पार्टी माओवादी केन्द्रसँगको पटक–पटकको छलफलमा पनि सहमति नजुटेपछि क्रान्तिकारी चुनाव जाने भएको हो । माउ पार्टी माओवादीका अधयक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजुटेपछि स्वस्थ चुनावी प्रतिस्पर्धा गर्न जनाउ दिइसकेका छन् । कुन प्यानलबाट को–को उठ्दैछन् ? अध्यक्षका दाबेदारी रञ्जित तामाङ र अनिल शर्माको प्यानल नै चुनावी मैदानमा होमिदैछ । पार्टीभित्र पनि रञ्जित र अनिल प्रचण्डतिरका हुन् । पार्टी अध्यक्ष प्रचण्ड यो चुनावी मैदानमा कतै मुछिन चाहेका छैनन् । यी दुबै प्रचण्ड लाइनका हुन् । इतिहासमै क्रान्तिकारीको पहिलो पटक हुन लागेको हो निर्वाचन । रञ्जितको प्यानलबाट चुनावी मैदानमा उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, राजेश्वरी सुवेदी, दलित उपाध्यक्ष इन्द्र भुसाल, मधेसी उपाध्यक्ष अमिताभ बच्चन दास उत्रदै छन् । बाँकि दुई उपाध्यक्ष पार्टी नेता नारायणकाजी श्रेष्ठ लाइनका विद्यार्थी सहमतिमा आए उनीहरुले दिने पक्षमा रञ्जितको प्यानल रहेको विद्यार्थीका एक नेताले खबरडबलीलाई जानकारी दिए । महासचिवमा खेमबहादुर सिं, दिपेश पुन, धुब्र ओली र विजय गौतमको चर्चा छ । यी मध्ये दिपेश पुनलाई महासचिवमा उठाउने तयारी छ । बाँकि रहेका एक जनालाई उपमहासचिव दिने तयारी रहेको छ । त्यस्तै अनिलको प्यानलबाट उपाध्यक्षमा दिपक देवकोटा, पन्जा सिं, गोपाल न्यौपाने, सुनिता राईको चर्चा छ । आठ उपाध्यक्षमध्ये चार अन्यलाई दिएर भोट तान्ने दाउमा अनिलको प्यानल रहेको छ । त्यस्तै महासचिवमा उत्तम अधिकारी रहेका छन् । अन्य पदको भने टुंगो नलाएको बताइएको छ । सचिवदेखि तलतिरका पदहरूमा अाकांक्षि धेरै भएकालले साँझसम्म टुंगो लाग्ने बताइएको छ । स्रोतका अनुसार चुनावी प्रक्रियामा समय लाग्ने भएकाले १४ गते चुनाव हुनसक्ने छ । यसका लागि केहि समयपछि अर्काे चुनावी कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको छ । यो समाचार तयार हुँदासम्म अर्को चुनावी कार्यतालिका सार्वजनिक भएको छैन् । पूर्वअध्यक्षको यस्तो दाउ  अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरु कसले कसलाई सहयोग गर्छन् भन्ने चर्चा क्रान्तिकारीभित्र छ । पूर्वअध्यक्षत्रय हिमाल शर्मा, रमेश मल्ल र नरेन्द्र न्यापानेलाई रुझाउन रञ्जित र अनिलको प्यानल लागि परेको छ । हिमाल र नरेन्द्रले भने रञ्जितलाई सहयोग गर्ने क्रान्तिकारीभित्र चर्चा छ । रमेशले भने अनिललाई सहयोग गर्ने चर्चा चुलिएको छ । तर यी तीनै पूर्वअध्यक्षले मुख भने खोलिसकेका छैनन् । अन्त्यमा यी तीनै पूर्वअध्यक्ष एक ठाउँ उभिएर एकैतिर ढल्किन सक्ने अनुमान छ । बादल र नारायणकाजी कतातिर ? जुनसुकै पार्टीमा होस गुटउपगुट त्यतिकै भेटिन्छ । माओवादीभित्र पनि गुटउपगुट अवस्य छ । तर पार्टीका नेताहरु यसलाई सहजै स्वीकार गर्न मान्दैनन् । उनीहरु गुट नभएको दाबी गर्छन् । अब कुरा क्रान्तिकारी सम्मेलनतिर मोडौं । केहि समयअघि एकतामा आएका माओवादी नेता रामबहादुर थापा ‘बादल’ र नेता नारायणकाजी श्रेष्ठ समूहका विद्यार्थीहरुले कुन प्यानललाई सहयोग गर्छन् भन्ने विषय चासोका साथ हेरिएको छ । अनिल र रञ्जितको प्यानललार्इ हराउने जिताउने उनीहरूको हातमा छ । खबरडबलीलाई प्राप्त जानकारीअनुसार बादलको प्यानल अनिलतिर ढल्किएको छ । अनिललाई सहयोग गरेर उपाध्यक्ष लिने दाउमा छन् । तर नारायणकाजी समूहका विद्याथीहरुले भने टुंगो लगाइसकेका छैनन् । उनीहरुले केहि समयभित्रै टुंगो लाग्ने बताएका छन् ।  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies