Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…

\"\"दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत \'युएसएस इण्डियानापोलिस\' को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ । उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र सतहमा फेला परेको हो । एउटा गोप्य मिसनबाट फर्केने क्रममा उक्त युद्धपोत जापानी आक्रमणमा परेको थियो । उक्त युद्धपोत एउटा गोप्य मिसन अन्तर्गत परमाणु बम पुर्‍याउन गएको थियो र पछि हिरोशिमामा त्यसको प्रयोग गरियो । युद्धपोतमा सवार १,१९६ मध्ये ३१६ जनालाई बचाउन सकिएको थियो । अमेरिकी नौसेनाको इतिहासमा त्यो सबैभन्दा ठूलो दुर्घटना थियो । सन् १९४५ को जुलाइ ३० तारिख फिलिपिन्सको समुद्र नजिक गुआम र लाफिएटको बीचमा जापानी पनडुब्बीको आक्रमणमा परी उक्त युद्धपोत डुबेको थियो । घटनाको चार दिनपछि ३१६ जनालाई जीवित फेला पारिएको थियो । \"\" उनीहरु फेला परेको समुद्री क्षेत्र शार्कबाट प्रभावित थियो । करिब १२ मिनेटभित्र उक्त युद्धपोत समुद्रमा डुबेको थियो र कुनै आपतकालीन सम्पर्क नभएका कारण त्यो स्थान पत्ता लगाउन लामो समयसम्म चुनौतीको सामना गर्नुपर्‍यो । माइक्रोसफ्ट कर्पका सह-संस्थापक पल एलेनसहित १३ जनाको टोलीले यही अगस्ट १८ तारिखमा उक्त युद्धपोतको भग्नावशेष फेला पारेको हो । प्रशान्त महासागरको उक्त क्षेत्रमा सो घटना हुनु एक दिनअघि एउटा युद्धपोत देखिएको नौसैनिक इतिहासविद्हरुको एउटा नयाँ अनुसन्धानले देखाएको थियो । उक्त युद्धपोत आफ्नो अन्तिम मिसनका निम्ति चर्चित थियो । त्यसमा परमाणु बमका पार्टपुर्जा र परमाणु \'रिएक्शन\'का लागि युरेनियम इन्धन पनि लगिएको थियो । विश्वयुद्धको अन्तिम वर्ष तिनिआन टापुस्थित अमेरिकी अखडामा ती सामानहरु पुर्‍याइएका थिए । जसबाट विश्वमा पहिलो परमाणु हमला गरिएको थियो । उक्त युद्धपोत डुब्नुअघि हिरोशिमामा आक्रमण गरिसकिएको थियो । \'फ्याट म्यान\' नामक बम नागासाकीमा खसालिएको थियो जुन घटनापछि जापान आत्मसमर्पणका लागि तयार भयो र दोस्रो विश्ययुद्ध समाप्त भयो । \"\" एलेनले भने, \"दोस्रो विश्वयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इण्डियानापोलिसका बहादुर मानिसहरु र उनीहरुका परिवारप्रति सम्मान प्रकट गर्नका निम्ति यो ठूलो खोज हो । अमेरिकी नागरिकका रुपमा हामी सो युद्धपोतमा सवार सबैका साहस र बलिदानका ऋणी छौँ ।\" फेला पारिएको युद्धपोतलाई युद्ध स्मारकका रुपमा संरक्षण गरिने बताइएको छ । युद्धपोतबाट बाँच्न सफलमध्ये २२ जना अझै जीवितै छन् । उनीहरुका प्रवक्ताले भने, \"डुबेको युद्धपोत कहिले भेटिन्छ भनी सबैलाई प्रतीक्षा थियो ।\" अनुसन्धानका लागि प्रयोग गरिने एलेनको जहाज \'पेट्रेल\' खासगरी यस्तै उद्देश्यका लागि बनाइएको छ । यसअघि उनको टोलीले दोस्रो विश्वयुद्धका बेला डुबेको एउटा जापानी युद्धपोत र इटलीको नौसेनाको एउटा जहाज पनि फेला पारेको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies