Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पूर्वयोजना विनै अाकस्मिक किन भेटे देउवाले मोदीलार्इ ?

\"\"नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले  आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएर साँझ नै आकस्मिक रुपमा आफ्ना भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्रीको सरकारी निवास दिल्लीस्थित सेभेन रेसकोर्स रोडमा भएको भेटवार्ताको विस्तृत विवरण आएको छैन तर बिहीबारको दुई पक्षीय औपचारिक भेटघाटअघि नै भएको एक्लाएक्लै कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक कार्यतालिका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै आधा घण्टाको भेटवार्ताको कार्यतालिका बिहीबारका लागि छुट्टयाइएको छ । त्यसपछि दुई पक्षीय औपचारिक वार्ता हुने भनिएको थियो । तर बुधबार आकस्मिक रुपमै एक्लाएक्लै भेट्न मोदीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत आफ्नो इच्छा जाहेर गरेपछि देउवा उनीसँग कुराकानीका लागि भारतीय प्रधानमन्त्रीको सरकारी निवास पुगेको नेपाली उच्च स्रोतले जानकारी दिएको छ । त्यसको कारणबारे सोध्दा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने \'कारण त थाहा छैन तर उहाँले भेटौं भनेको भएर भेट भएको छ ।\' बुधबार उक्त कुराकानी भइसकेपछि बिहीबारको एक्लाएक्लै भेटवार्ता हुने वा नहुने अन्योल नै छ । तर मोदीले बुधबारको भेटवार्तापछि ट्वीट गर्दै बिहीबार गहन छलफल हुने अपेक्षा गरेका छन् । देउवाले पनि बुधबार बिहान ट्वीट गर्दै आफ्नो भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउने आशा व्यक्त गरेका छन् । बिहीबार हुने दुईपक्षीय औपचारिक भेटवार्तापछि आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री महराले बताए । \"भूकम्पपछिको पुनर्निर्माण सम्बन्धमा चार विषय छन् । साथै लागूऔषध नियन्त्रण अनि गुणस्तर निर्धारण सम्बन्धी पनि विषय छन्,\" उनले भने । देउवाले बिहीबार नै भारतीय राष्ट्रपति उपराष्ट्रपति तथा अन्य वरिष्ठ भारतीय मन्त्रीहरुसँग भेट्ने कार्यक्रम छ । मन्त्री, सांसद, उच्चसरकारी पदाधिकारी तथा सहयोगीहरुको ५० सदस्यीय टोली लिएर दिल्ली उत्रिएका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले स्वागत गरेकी थिइन् । भारत यात्रामा आउनु अघि आफ्नो मन्त्रिपरिषद्को आकार निकै ठूलो हुने गरी राज्यमन्त्री थपेका देउवाको भ्रमण टोलीसमेत ठूलो देखिएपछि कैयौंले आलोचना गरेका छन् । केही वर्षअघि सरकार स्वयंले यस्ता भ्रमणहरुमा मितव्ययीता अपनाउन भन्दै भ्रमण टोलीको आकार सानो बनाउने, विभागीय मन्त्री गएको स्थानमा सचिव नजाने जस्ता मापदण्ड अनुमोदन गरेको थियो । तर देउवाको भ्रमण टोली त्यसविपरीत रहेको जानकारहरुले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies