Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चीनसँग ठोस प्रस्ताव राख्न चुक्यो नेपाल

\"\"काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमण पूरा गरी बिहीबार फर्केका छन् । यो पछिल्लो ६ वर्षमा चीनबाट नेपालमा भएको उच्चस्तरीय भ्रमण हो । तत्कालीन चिनियाँ प्रधानमन्त्रीले सन् २०१२ जनवरीमा संक्षिप्त भ्रमण गरेयता उच्च तहको भ्रमण हुन सकेको थिएन । चीनबाट भएको उच्च तहको भ्रमणलाई सरकारले महŒव दिए पनि तत्काल हेर्दा नेपाललाई उपलब्धि भने शून्यप्रायः देखिएको छ । वाङको भ्रमणअघि सरकारका तर्फबाट पर्याप्त तयारी नहुँदा के एजेन्डा पेस गर्ने भन्नेमा अन्योल देखिएका कारण पुरानै विषयले प्रवेश पाए । तर, सहमतिमा पुग्ने गरी कुनै ‘ब्रेक थ्रु’ हुन सकेन । सीमापार रेल र सडक विस्तारजस्ता कनेक्टिभिटीका प्रमुख विषयमा नेपालले कुनै प्रस्ताव चीनसँग राख्न सकेन । अाजको अन्नपूर्ण पोष्टमा खबर छ-नेपाल र चीनबीच आर्थिक सहकार्यका दीर्घकालीन मुद्दामा ऐतिहासिक सहमति र सम्झौता गर्ने अवसर नेपालले चुकाएको चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्के बताउँछन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा हस्ताक्षरित ऐतिहासिक पारवहन सम्झौताको प्रोटोकल टुंग्याउने अवसरसमेत नेपालले यस भ्रमणमा ‘मिस’ ग¥यो । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले प्रोटोकलको मस्यौदामा अघिल्लो साता मात्र चीनलाई जवाफ लेखेको थियो । चिनियाँ पक्षले उक्त मस्यौदा अध्ययन गर्ने समय नै पाएन र नेपाल भ्रमणका क्रममा त्यसबारे चाँडै टुंग्याउने मौखिक सहमति मात्र हुन सक्यो । नेपालले कुन चिनियाँ बन्दगाहबाट तेस्रो मुलुक व्यापार गर्न पाउने भन्ने विषय यही प्रोटोकलले तय गर्नेछ । नेपाल र चीनबीच पारवहन प्रोटोकलका विषयमा एकपटक तिब्बतको ल्हासामा वार्ता भए पनि अर्को बैठक नेपालमा गर्ने भनियो । तर, त्यो बैठक अझै आयोजना हुन सकेको छैन । नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्न बाटो दिने रणनीतिक तथा दीर्घकालीन हितको मुद्दामा दुई वर्षसम्म सरकारले के काम ग¥यो भन्ने प्रश्न खडा भएको नेपाल–चीन मामिलासम्बन्धी विज्ञ रूपक सापकोटा बताउँछन् । ‘उपप्रधानमन्त्रीको तहको भ्रमणले राजनीतिक सन्देश ठूलो दिएको छ । हामीले आर्थिक विकासको मुद्दामा वाङसँग गरेको छलफल तत्कालका लागि लाभ भएको भने देखिँदैन’, उनी भन्छन् । ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा भएको सम्झौता कार्यान्वयनमा वाङको भ्रमण उपयोग गर्न सकिने भए पनि त्यसतर्फ नेपालका तर्फबाट काम नभएको उनको ठम्याइ छ । चिनियाँ पक्षबाट नेपालको आर्थिक विकासमा दीर्घकालीन महŒवको कुनै सहयोगको घोषणा पनि भएन । बाढीपीडितलाई १० लाख अमेरिकी डलर आपत्कालीन अनुदान सहयोगको घोषणा गरेर चिनियाँ उपप्रधानमन्त्रीले भूकम्पपीडित जनताको घाउमा मलमपट्टि लगाउने प्रयासचाहिँ गरे । वाङ चीनका चारजना उपप्रधानमन्त्रीमध्ये चौथो नम्बरमा पर्छन् । उनी आगामी नोभेम्बरभित्र सातसदस्यीय स्थायी समितिमा बढुवा हुने सम्भावना भएका नेता हुन् । ‘चीनमा अझै माथिल्लो तहमा पुग्ने सम्भावना बोकेका नेताको भ्रमणलाई नेपालले साधारण रूपमा लिनु उचित थिएन’, सापकोटा भन्छन् । नेपाल–चीन मामिलाका अध्येता कल्याणराज शर्मा चीनको विकासबाट लाभ लिन नेपाल आफैंले आवश्यक रणनीति बनाउनुपर्ने धारणा व्यक्त गर्छन् । ‘चीन आफ्नो मात्र नभई नेपालजस्ता छिमेकीको पनि विकास हेर्न चाहन्छ । उनीहरूलाई सहयोग गर्न चाहन्छ’, उनी भन्छन्, ‘तर, त्यो सहयोग कसरी आफ्नो हितमा हुने गरी लिने भन्ने नेपालको कुरा हो ।’ उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीनसँग नेपालको आर्थिक पूर्वाधार विकासमा सहकार्य बढाउनेबारे उच्च तहमा छलफल हुनुलाई सकारात्मक मान्नुपर्ने तर्क गर्छन् । चिनियाँ रेल केरुङबाट रसुवागढी हुँदै काठमाडौं, पोखरा र लुम्बिनी जोड्ने विषयमा छलफल भएको मन्त्री महरा सुनाउँछन् । ‘अहिले नै क्रसबोर्डर रेल विस्तारबारे ठोस प्रस्ताव पेस गरिहालेका छैनौं । उपप्रधानमन्त्रीस्तरमा भएको वार्ताको यो पनि एउटा एजेन्डाचाहिँ थियो’, उनी भन्छन्, ‘अब हामी आवश्यक गृहकार्य गरी चाँडै यसबारे प्रस्ताव चिनियाँ पक्षलाई पेस गर्नेछौं ।’ वाङ भ्रमणका क्रममा भएको वार्तामा सहभागी एक सदस्य चीनबाट यति प्रभावशाली नेता नेपाल आउँदा पनि पुरानै मुद्दामा छलफल मात्र भएको सुनाउँछन् । ‘हामीले बेल्ट एन्ड रोड अवधारणाभित्र रही के के परियोजना अघि बढाउँछौं, कुन ढंगले अघि बढ्छौं भन्ने स्पष्ट बताउन सकेनौं’, उनी भन्छन् । नेपाल मे महिनामा बेल्ट एन्ड रोड अवधारणाको साझेदार बनेको थियो । चिनियाँ उपप्रधानमन्त्रीको भ्रमणमा राजनीतिक तहमा वार्ता भए पनि आर्थिक सहकार्य र विकासका मुद्दामा सरकार केन्द्रित नभएको देखिन्छ । ‘चीनबाट यति उच्च तहको भ्रमण हुनु नै हाम्रा लागि ठूलो कुरा हो । यसलाई हामीले सकारात्मक मान्नुपर्छ । यस्ता भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै नयाँ उचाइमा लैजान मद्दत गर्छन्’, मास्के भन्छन् । वाङको भ्रमण निर्धारित भए पनि सरकारले त्यसका लागि पर्याप्त तयारी नगरेको देखिन्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भेट हुँदा वाङले आफू नेपाल आउने बताएका थिए । महराले बेल्ट एन्ड रोड शिखर सम्मेलनमा गत मेमा बेइजिङ जाँदा वाङलाई भेटेर भ्रमणको निम्तो दिएका । गत जुन २० मा नेपाल र चीनबीच आयोजित संयुक्त संयन्त्रको बैठकमा सहायक विदेशमन्त्री कोङ सुन्यायुले चीनबाट उच्चस्तरीय भ्रमण चाँडै हुने अवगत गराएका थिए । ‘अहिले हामीले उपप्रधानमन्त्रीको तहमा कुराकानी गरेका छौं । अब सहमति कार्यान्वयनमा अघि बढ्छौं’, उच्चस्तरीय भ्रमणमा सहमति हुने तर कार्यान्वयन नहुने कि भन्ने प्रश्नमा मन्त्री महरा भन्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies