/  Sat, January 20, 2018

सबैलाई हसाऊँने धुर्मुस आफै रोएपछि

बर्दिबास । हाँस्यकलाकार सिताराम कट्टेल (धर्मुस) एक आगलागी पीडितको पीडामाथि फेरी बाढीको पीडा थपिएको घटनाले विहिबार भकानिएका छन् ।

काठमाण्डौबाट मधेशका बाढी पीडितको राहत तथा उद्धारको लागि मधेस झरेका उनी सर्लाहीको लालबन्दीको माझी परिवारका एक महिलाको आगलागीमा परेर शरिर जलेको र उपचारको अभावमा जीवन मरणको दोसाँधमा रहदैं गर्दा बाढीबाट थप पीडामा परेपछि धुर्मुस भक्कानिदै ती महिलाको उपचारमा जुटेका छन् ।

अाजको अन्नपूर्ण पोष्टमा खबर छ-६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई धुर्मुसले उद्धार गरेर अस्पताल पु¥याएका छन् । तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् ।

राहत सामाग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पीडितलाई राहात वितरण गरेका छन् ।माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडितहरु राहत लिनबाट बञ्चित भएको हुनसक्ने भन्दै बस्ती घुमेका धुर्मुसले रत्नेदेवीलाई भेटेका थिए ।

राहत सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको धुर्मुसले बताए । ‘आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ ,’धुर्मुसले भने ।

६ महिना अघि लुगाबाट सल्किएको आगोले रत्नेदेवीको पुरै शरिर डढेको थियो । चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पतालमा लगेको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् ।

भदौ २ गते, २०७४ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले माग पूरा गर्न सहमति जनाएपछि नर्सहरूको अान्दोलन स्थगित

सरकारले माग पूरा गर्न सहमति जनाएपछि नर्सहरूको अान्दोलन स्थगित

काठमाडौं । सरकारले माग पुरा गर्ने भन्दै सहमति गरेपछि नर्सहरूको अान्दोलन स्थगित भएको छ । नर्सिङ सेवा...   
‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’

‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’

नुवाकोट । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशीविदेशी...   
तरुण दलको केन्द्रीय समिति विस्तार गर्न आग्रह

तरुण दलको केन्द्रीय समिति विस्तार गर्न आग्रह

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ । नेपाल तरुण दलका अध्यक्ष...   
अनि इँटाले हाने : रिता रार्इ

अनि इँटाले हाने : रिता रार्इ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले माटो व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका...   
यी हुन् प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

यी हुन् प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना...   
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय...   
मन्त्रिपरिषद् बैठक विवाद : कुन प्रदेशमा क–कसको लडाइँ ?

मन्त्रिपरिषद् बैठक विवाद : कुन प्रदेशमा क–कसको लडाइँ ?

काठमाडाैं । लामो समयको प्रयासपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । सहमति जुटाउन...   
राष्ट्रियसभा निर्वाचन : माअोवादी अाकांक्षी पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म

राष्ट्रियसभा निर्वाचन : माअोवादी अाकांक्षी पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म

काठमाडाैं । राष्ट्रिय सभा सदस्यका लागि नेकपा माअोवादी केन्द्रभित्र पूर्व मन्त्रीदेखि पूर्व सांसदसम्मका...   
दीपक मनाङ्गेलार्इ पाँच वर्ष जेल सजाय

दीपक मनाङ्गेलार्इ पाँच वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) लाई ज्यान मुद्दामा पाँच वर्षको...   
माओवादी–एमाले बैठक सकियो, सरकार निर्माणका लागि कार्यदल गठन

माओवादी–एमाले बैठक सकियो, सरकार निर्माणका लागि कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्र एमालेको एकता संयोजन समितिको बैठक सकिएको छ । एमाले अध्यक्ष केपी अोली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top