Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उद्धार, राहत वितरणमा को–को शीर्ष नेता गए ?

\"\"काठमाडाैं । अविरल वर्षासँगै आएको बाढी र डुबानले तराईमा ठूलो मात्रामा धनजनको क्षति पुगेपछि सरकारी संयन्त्रसँगै राजनीतिक दलहरू पनि राहत र उद्धारमा जुटेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– कांग्रेसले स्थानीय नेता तथा कार्यकर्तालाई बाढीपीडितको राहत र उद्धारमा खटिन अपिल गरेको छ । शीर्ष तहका नेताहरू भने आफैँ खटिएका छैनन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार हेलिकोप्टरबाट तराईको डुबान प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किए । उनी गृहमन्त्रीसहित रौतहट, सुनसरी, इटहरी, सप्तरी पुगेर फर्किएका थिए । त्यहाँ उनले स्थानीय प्रशासनलाई पीडितलाई राहत विरतणमा कञ्जुस्याइँ नगर्न निर्देशन दिए । त्यसअघि उनले आइतबार मन्त्रिपरिषद् बैठकबाट बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरे । मंगलबार र बुधबार राजधानीमा रहेका प्रधानमन्त्री बिहीबार मध्य र सुदूरपश्चिमका तीन जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गर्न पुगे । देउवाले बिहीबार बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैयाडाँडा, बर्दियाको कोठियाँ गाउँ र कैलालीको टीकापुरमा बाढीबाट विस्थापितलाई भेटेर राहत सामग्री वितरण गरे । यस्तै, उनले बाँकेको कमैयाडाँडामा बाढीमा तीन छोरी गुमाएका कमिलाल थारूलाई ६ लाख रुपैयाँको चेक हस्तान्त्रण गरे । त्यसक्रममा अन्य बाढीपीडितलाई राहत सामग्री पनि वितरण गरेका थिए । त्यसैगरी, प्रधानमन्त्रीले बर्दियाको गुलरिया नगरपालिका–८ को कोठियाँ गाउँमा बाढी प्रभावितलाई राहत वितरण गरे । यस्तै, कैलालीको टीकापुरमा बाढीपीडितलाई आफैँ राहत वितरण गरे । कांग्रेसबाट शीर्ष नेतामध्ये राहत वितरणमा खटिनेमा शेखर कोइराला रहेका छन् । उनी आइतबार नै गृहजिल्ला मोरङ पुगेर लगातार राहत र उद्धारमा खटिएका छन् । जिल्ला प्रशासनको समन्वयमा राहत वितरणमा केन्द्रित भएको उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए । उनले बुधबार विराटनगरमा बिरामीहरूको स्वास्थ्य परीक्षण गरे । एमाले केन्द्रीय नेता प्रभावित क्षेत्रमा एमालेले केन्द्रीय तहका नेतालाई बाढीपहिरो प्रभावित क्षेत्रमा खटाएको छ । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहितका नेताहरू भने पार्टीको आन्तरिक कार्यक्रममै व्यस्त छन् । एमालेले बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जहरूलाई पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाको काममा खटाएको हो । ‘सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जहरू उद्धार, राहत र पुनस्र्थापनाको काममा खटिनुभएको छ,’ पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले भने । एमालेबाट सप्तरीमा केन्द्रीय नेताहरू रामप्रीत पासवान, सुमन प्याकुरेल, सिरहामा लीलानाथ श्रेष्ठ, गंगाप्रसाद यादव, धर्मनाथप्रसाद यादव, रौतहटमा कल्याणी खड्का, सरला यादव, बारामा बलवीर चौधरी, पुरुषोत्तम पौडेल, दिनेश राई खटिएका छन् । त्यस्तै, मोरङ र सुनसरीमा सचिव भीम आचार्य, रूपनारायण श्रेष्ठ, भगवती चौधरी, पर्सामा रामचन्द्र साह, चिरिञ्जीवी आचार्य, महोत्तरीमा रामदयाल मण्डल, सरोज यादव, सर्लाहीमा रवीन्द्र बैठा, लक्ष्मण पौडेल, धनुषामा यदुवंश झा, रघुवीर महासेठ, श्रीप्रसाद साह, सुधीर साहलगायतका नेताहरू खटिएको एमालेले जनाएको छ । एमालेले बाढी प्रभावित १४ जिल्लामा भ्रातृ संगठनहरूलाई पनि परिचालित गरेको छ । प्रचण्ड फिल्डमा माओवादी केन्द्रले आफ्ना सबै सांसद र मन्त्रीलाई सम्बन्धित निर्वाचन क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएको छ । माओवादी केन्द्रले सर्कुलर नै जारी गरी उद्धार र राहतमा पार्टीको उपस्थिति बलियो बनाउन निर्देशन दिएको र सोहीअनुसार परिचालित भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार केन्द्रका नेता, कार्यकर्ता सबै राहत वितरण र उद्धारमा खटिरहेका छन् । कार्यकर्तासँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैँ पनि बाढीपीडित क्षेत्रमा पुगेका छन् । उनी बुधबार र बिहीबार प्रदेश नम्बर २ अन्तर्गत पाँचवटा जिल्लामा पुगेर आफैँ राहत वितरणमा सहभागी भइसकेका छन् । बुधबार उनले सप्तरीको विभिन्न स्थानमा पुगेर बाढीपीडितलाई भेटे । त्यसक्रममा उनले राहत सामग्रीसमेत वितरण गरे । सप्तरीको हनुमान नगरपालिका–११ मा उनले करिब सय घर–परिवारलाई चामल, चाउचाउ, बिस्कुट, दाल, खानेपानीलगायत वितरण गरेको सांसद उमेश यादवले जानकारी दिए । प्रचण्डले बिहीबारै सप्तरीकै राजविराज नगरपालिका–१५ मा पुगी बाढीमा मृत्यु भएका डोमी यादवको परिवारलाई भेटे । त्यहाँ उनले बाढी र डुबानबाट क्षति भएका परिवारलाई चामलसहित केही खाद्यान्न उपलब्ध गराए । सप्तरीमा करिब तीन घन्टा बिताएर प्रचण्ड बुधबार नै सर्लाही पुगे । सर्लाहीमा पनि करिब दुई घन्टासम्म पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको नेता मातृका यादवले जानकारी दिए । बुधबारै उनी रौतहट पुगे । त्यहाँ उनले पीडितसँग भेटघाट गर्नुका साथै राहत रकम बढाउने आश्वासन दिएर फर्किएको नेता मातृका यादवले बताए । रौतहटमा अध्यक्ष प्रचण्डले प्रमुख जिल्ला अधिकारीलाई राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिए । यस्तै, उनी बिहीबारै धनुषा पुगे । जनकपुर उपमहानगरपालिका–१७ मा दलित बस्तीमा पुगेर राहत वितरण गरे । त्यहाँ उनले करिब एक सय ५० परिवारलाई राहत वितरण गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies