Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्ने तयारी

\"\"काठमाडौं । प्रमुख तीन दल र निर्वाचन आयोग संघीय संसद् र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको तीन दल र निर्वाचन आयोगका पदाधिकारी बीच भएको छलफलमा दुईवटै निर्वाचन एकै मितिमा गर्ने सहमति भएको हो । दलहरुबीच दुईवटा मतपत्रबाट निर्वाचन गराउने सैद्धान्तिक सहमतिसमेत भएको छ । बैठकमा निर्वाचनको मिति भदौ ३ गते शनिबार घोषणा गर्ने सहमतिसमेत भएको छ । बैठकपछि आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै गर्ने प्रस्ताव निर्वाचन आयोगले राखेको जानकारी दिए । उनले हिमाली र उच्च पहाडी ३१ जिल्लामा मङ्सिर ४ गते र बाँकी ४४ जिल्लामा मङ्सिर २१ गते चुनाव गर्ने गरी आयोगले प्रस्ताव गरेको उनले बताए । आयोगका पदाधिकारीले भदौ ३ मा निर्वाचनको मिति घोषणा गर्न, भदौ ५ मा प्रदेश र प्रतिनिधिसभाको विधयेक संसद्बाट पारित गरेर आयोगलाई दिन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन भदौ १५ गते दिन सरकार र दललाई समयसीमा दिएका थिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आयोगको प्रस्तावमा सरकार र दलहरू सकारात्मक रहेको जानकारी दिनुभयो । दलका मुख्य सचेतकलाई भदौ ४ गते बस्ने संसद्को बैठकबाट दुवै विधेयक पारित गराउने गरी आवश्यक पहल सुरु गर्न बैठकले निर्देशन दिएको पनि उनले जानकारी दिए । एकै दिनमा चुनाव सम्भव नभए मङ्सिर ४ र २१ को बीचको अवधि घटाउने गरी मिति पुनःविचार गर्न आयोगलाई आग्रह गरिएको नेता नेम्वाङ जानकारी दिए । मङ्सिरको पहिलो साता निर्वाचन नभएमा हिमाली तथा उच्च पहाडी भेगका जिल्लामा हिमपात सुरु हुने सम्भावना रहन्छ । दुई निर्वाचन दुई मतपत्र दुई निर्वाचन दुई मतपत्र हुनुपर्ने आयोगको प्रस्तावमा दलहरू सहमत छन् । आयोगले मतपत्रको नमुना ढाँचासमेत बैठकमा प्रस्तावित गरेको छ । आयोगले मतपत्रका दुई विकल्प अगाडि सारेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दायाँ बायाँ दुई कोलममा राख्ने र प्रत्यक्षबाट आएको मत नै दलको समानुपातिकतर्फ गणना गर्ने पहिलो प्रस्ताव छ । त्यसैगरी अर्को प्रस्तावमा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको एउटा मतपत्र तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकको अर्को मतपत्र बनाउने प्रस्ताव आयोगले गरेको छ । दलका शीर्ष नेताले बैठकमा पछिल्लो प्रस्तावप्रति बढी रुचि देखाएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies