Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

\"\"सप्तरी । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीको विपत्तिपछि राहत वितरण व्यवस्थित सँगसँगै पुनर्स्थापनाको तयारी पनि सुरु गर्नुपर्ने बताएका छन् । मंगलवार बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र आपूर्ति मन्त्री शिवकुमार मण्डल सप्तरीलगायतका क्षेत्रमा आएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ इनर्वाको मुसहर बस्तीका बाढीपीडितलाई राहत वितरण गर्न गृहमन्त्री जर्नादन शर्मा र आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित आएका प्रचण्डले विपदको धैर्यतापूर्वक सामाना गर्नुपर्ने अवस्था रहेको बताए । हनुमाननगर कन्काई नगरपालिका– १२ का बाढी पीडित मुसहरलाई राहत वितरण गरेका छन् । दाहालले राहत वितरण सकिएपछि पुनर्स्थापनाको काम सुरु गर्ने प्रतिबद्धता जनाए । ‘सबै नेपाली मिलेर यो विपदाको सामना गर्नुपर्छ,’ प्रचण्डले भने, ‘पहाडमा भूकम्प जाँदा तराईका जनताले निक्कै ठूलो ह्रृदयले सहयोग गरेजस्तै अहिले तराईमा विपद पर्दा पहाडका जनताले पनि सहयोग गर्ने प्रवृत्ति विकास भएको छ, एक अर्काको सहयोगबाटै नेपाल बनेको हो ।’ आर्थिक विकास र समृद्धीको पथमा देश अगाडि बढिरहेका बेला सबै मिलेर विपदको सामना गर्नुपर्ने उनले बताएका छन् । गृहमन्त्री जर्नादन शर्माले बाढी प्रभावितहरुको लागि खाद्यान्न लगायत राहत सामग्रीको अभाव नरहेको जानकारी दिए । राहत सामग्री व्यवस्थित तरिकाले वितरण गर्न सकिए कोही बाढीपीडित भोको रहनुपर्ने अवस्था रहँदैन,’ गृहमन्त्री शर्माले भने, ‘चारैतिर डुबान रहेका कारण पनि बाटोको समस्याले राहत वितरण व्यवस्थित गर्न समस्या भएको हो ।’ गृहमन्त्री शर्माले भारतीय बाँधका कारण नेपाली भू(भाग डुबानमा पर्ने गरेको विषयमा कुटनीतिकस्तरमा छलफल भइरहेको बताए । त्यस्तै आपूर्तिमन्त्री शिवकुमार मण्डलले तत्कालका लागि बाढीपीडितलाई वितरण गर्न राहत सामग्रीको अभाव नरहेको बताए । प्रचण्ड, शर्मा र मण्डलले इनरुवाका ७० परिवार मुसहरलाई चामल, चाउचाउ, नुन र पानी वितरण गरे । हेलिकोप्टरबाट राजविराज आएका उनीहरुले इनर्वापछि राजविराज नगरपालिका–१५ देउरी भरुवामा गत बिहीबार खाडोको तटबन्धको नियन्त्रण गर्ने क्रममा बेपत्ता भएका डोमी यादवको परिवारलाई पनि भेटेका छन् ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies