Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संसद बैठकः अम्रेशकुमारदेखि शक्तिबहादुरसम्मले के भने ?

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन गर्न आवश्यक रहेको सुझाव दिए । आगामी दिनमा बाढी पहिरो नियन्त्रणका लागि वृक्षरोपणलाई तीव्र गति प्रदान गर्न तथा तराई मधेसमा हुने गरेका डुबानलाई सदाका लागि अन्त्य गर्न भारतसँग कूटनीतिक आधारमा पहल गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । बैठकमा नेपाली कांग्रेसका सांसद अम्रेशकुमार सिंहले सरकारले विपद् व्यवस्थापन न्यूनीकरण र नियन्त्रणसम्बन्धी समयमै आवश्यक तयारी नगर्दा समस्या भयावह हुन पुगेको बताए । नेकपा (एमाले)का सांसद अष्टलक्ष्मी शाक्यले यो विपद्को अवस्थामा सबैले धैर्यधारण गरी सम्पूर्ण दल एक भएर पीडितलाई मलम लगाउनु आवश्यक रहेको बताए । सिङ्गो देश डुबानमा परी ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले लाखौँ मानिस घरबारविहीन भएकाको तत्काल सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए । सांसद शाक्यले विपद्को अवस्थामा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँदै सबै जिल्लामा युद्धयुस्तरमा राहत पु¥याउन माग गरे । नेकपा (माओवादी केन्द्र)का सांसद श्रीप्रसाद जगेबुले तराईमा डुबानले अकल्पनीय जनधनको क्षति भएकाले प्राकृतिक प्रकोपको सामान गर्न सत्ता र प्रतिपक्ष एक ढिक्का हुनुपर्ने आजको आवश्यकता भएको बताए । नेपाल मजदुर किसान पार्टीका सांसद डिलीप्रसाद काफ्लले डुबान प्रभावित क्षेत्रका नागरिकको राहतमा जुट्न सरकार र सबै राजनीतिक दलको ध्यानाकर्षण गराए । राष्ट्रिय जनता पार्टीका सांसद नरसिंह चौधरीले बाढी, पहिरो र डुबानमा मृत्यु भएका परिवारलाई राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरे । राष्ट्रिय जनमोर्चाका सांसद मीना पुनले नेपाल भारत सीमा रेखाबाट १२ किलोमिटरमा सहमतिबिना बाँध बाँध्न नपाइने भए पनि भारतले जबर्जस्ती रुपमा निर्माण गरेको बाँधले तराईमा डुबान हुने गरेको बताउँदै यो समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरे । सांसद रुक्मिणी चौधरीले कूटनीतिक माध्यमबाट सीमा क्षेत्रमा बनाइएको बाँध भत्काउन आवश्यक रहेको धारणा व्यक्त गरे । अर्का सांसद विश्वेन्द्र पासवानले सरकारका प्रतिनिधिले हेलिकप्टरबाट निरीक्षण गर्दा बाढी पीडित जनताले कस्तो अनुभूत गरे होलान् भनी प्रश्न गरे । सांसद उषा गुरुङले प्राकृतिक विपत्तिको यो संवेदनशील घडीमा पीडितलाई राहत र उद्धारमा सबै राजनीतिक दलको साझा प्रयास हुनुपर्ने बताए । सांसद डा. राजन भट्टराईले काठमाडौँ उपत्यकामा खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशन १५ दिन नपुग्दै अवस्था झन् दयनीय बनेकोप्रति संसद्को ध्यानाकर्षण गराए । धोबीखोला कोरीडोर र बागमती सभ्यता विकासका नाममा ठूलठूला कार्यालय खोलिए पनि खोला छेउ वरपरका जनता निकै मारमा परेको बताउँदै उनले नेपाल आयल निगमले जग्गा खरिदमा घोटला भएको भनी संसद्को ध्यानाकर्षण गराए । सांसद शक्तिबहादुर बस्नेतले सबै राजनीतिक दल एक ठाउँमा आएर विपत्ति पछिको स्थितिलाई सामना गर्न आवश्यक रहेको बताए । सांसद रामअयोधीप्रसाद यादवले बाढी पहिरो र डुबानका कारण हजारौँ घर प्रभावित भएको, लाखाँै हेक्टर जमिनमा लगाएको बालीनाली नष्ट भएको जनाउँदै किसानलाई राहत पुग्ने ढङ्गले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सांसद रञ्जुकुमारी झाले पहाडमा बाढी पहिरो र तराईमा डुबान पीडित जनतालाई राहतका लागि कम्तीमा रु पाँच लाख उपलब्ध गराउनुपर्ने बताए । सांसद निशाकुमारी शाहले यो विपत्तिलाई एक भएर सामना गर्न आवश्यक रहेको बताए । अर्का सांसद लालबाबुप्रसाद यादवले प्राकृतिक विपत्तिपछिको अवस्थालाई राजनीतिक दृष्टिले होइन मानवीय पक्षले हेरेर आवश्यकताअनुसार उद्धार, राहत, औषधि र खाद्यान्न उपलब्ध गराउन आवश्यक रहेको छ बताए । यसैबीच, व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले बाढी, पहिरो र डुबान, वैदेशिक रोजगारमा देखिएको समस्या र चुनौती तथा आयल निगमको जग्गा खरिदमा भएको घोटालालगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies