/  Mon, November 20, 2017

विभत्स दोरम्बा हत्याकाण्डमा बाँचेका एक माओवादीको बयान

०५९ मा त्यो युद्धविरामको समय थियो । दुईपक्षबीच आफू भएको स्थानबाट ५ किलोमिटर टाढा नजाने सम्झौता थियो । तर, उनीहरुको युद्धविराम भङ्ग गर्ने योजना रहेछ । मध्यान्ह १२ः ३० मा सेनाले एक्कासी आक्रमण गर्यो । त्यहाँ हामी ३३ जना साथीहरु थियौं । त्यसमध्ये ११ जना फूत्किन सफल भयौं । २२ जना साथीहरु सेनाको आक्रमणबाट मारिए । २ जनालाई घटनास्थलमै गोली हानेर मार्यो । अरु बाँकीहरुलाई सेनाले समायो । डेढ घण्टा जति पर डाँडाकट्डीमा लगे । गोठालाहरुले सुनाए अनुसार–‘हामीलाई कहाँ लैजान खोजेको भनेर सोध्दा मन्थली भनेका थिए ।’ त्यतिबेला उहाँहरुले हामीलाई की यही छोड्दे की यही मार भनेका थिए । ‘यो युद्ध विरामको बेला छ । यो अन्तर्राष्ट्रिय नियम हो । तिमीहरुले समाउन पाउँदैनौं । हामीले पनि तिमीहरुलाई केही गरेका छैनौं ।’ पक्राउ परेका साथीहरुले भनेका थिए ।

दोरम्बा घटनालाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मानवअधिकार उलंघनको घटनाको रुपमा व्याख्या गरेको छ । त्यस घटनालाई युद्ध अपराध भनिएको छ । मानवअधिकार आयोगले पनि युद्ध अपराधको रुपमा पुष्टि गरेको छ । अहिले लामो समय भइसक्यो । यस घटनालाई कसैले बिर्सिए होलान् । तर यो बिर्सने खालको घटना होइन । जनयुद्धको सबैभन्दा ठूलो घटना हो । त्यसले युद्धविराम भङ्ग भयो । त्यसले देशलाई थप द्वन्द्वमा लग्यो ।

निस्किनेवित्तिकै घरको सुरमा एक सेना मलाई गोली हान्न तयार थियो । म फूत्त निस्कें । त्यो सेनाको राईफल च्याप्प समातेर उसलाई त्यहीं लडाइदिएँ । उत्तापट्टि मकै घारी थियो । म उत्ता फड्किएँ । म दुई कान्ला झर्ने बेलासम्म एक जना गयो भनेर कराउँदै थिए । मलाई गोली हाने तर लागेन । म तेस्रो कान्लामुनी गएर बसेँ । भित्रभएका साथीहरु भित्रै थिए । मसँगै निस्केको भए एक दुई जनालाई मार्न सक्थ्यो, हतासमा नमार्न पनि सक्थ्यो । म निस्केपछि भित्र भएका साथीहरुले सेनासँग वार्ताको प्रस्ताव राख्नुभएछ । तर सेनाले किन वार्ता गर्थ्यो । सबैलाई समायो । पछाडि हात बाध्यो लिएर हिड्यो ।

लेखक

यसरी फुत्किएँ म
त्यो दिन दोरम्बामा हाम्रो पार्टीको एरिया समितिको मिटिङ थियो । म रामेछाप जिल्लाको इन्चार्ज थिएँ । बिहान खाना खाएर मिटिङको तयारीमा थियौं । कुहिरो लागेको थियो । बिहानैदेखि पानी परेको पर्यै थियो । सेनाले अघिल्लो दिनदेखि नै मूभ गरेको रहेछ । साथीहरुलाई बुझ्न लगाउँदा त्यस्ता गतिविधिहरु केही पनि देखिएन । त्यो दिन एक साइड सेन्ट्री पनि राखेका थियौं । तर उनीहरु मन्थलीबाट जंगलैजंगल रातभरी हिडेर आएछन् । हामी बसेको घरभन्दा डेढ किलोमिटर पर जंगलमा लुकेर बसेका रहेछन् । जुन घरमा सेना बसेको थियो । त्यही घरको मान्छे मासु खोज्ने बहानाले हामी बसेको ठाउँमा आएको थियो । हामीले त्यसलाई खासै चासो गरेनौं ।

उनीहरुले बिस्तारै गाउँलाई घेरा हालेछन् । गाउँलेहरुलाई कसैलाई पनि बाहिर निस्कन पाउँदैनौ भनेछन् । हामीलाई भन्न आउन चाहने मान्छेलाई पनि उनीहरुले आउन दिएनन् । हामी बसेको घर पनि घेरा हाले । घरको मुनीबाट केही साथीहरु मिटिङको लागि आउँदै थिए । उनीहरुलाई गोली हानियो । उनीहरु त्यही लडे । एक जना आर्मी पोजिसनमा बसेको रहेछ । साथीहरुलाई बाहिर निस्कँऔं भनँे । म बाहिर निस्केँ ।

म अगाडि लाग्छु । तिमीहरु पछिपछि आउनु भनेँ । निस्किने वित्तिकै घरको सुरमा एक जना सेना देखेँ । ढोकापट्टी बन्दुक सोझ्याएर बसेको थियो । म फूत्त गएर त्यसको राईफल च्याप्प समातेर त्यसलाई त्यहीं लडाइदिएँ । म अर्कोपट्टी फड्किएँ । मकै घारी थियो । दुई कान्ला झर्ने बेलासम्म ‘एक जना गयो भनेर कराउँदै थिए’ । मलाई गोली हाने तर लागेन । म तेस्रो कान्लामुनी गएर बसेँ । भित्र भएका साथीहरु त्यही बेला निस्केछन् । मसँगै निस्केको भए एक दुई जनालाई मार्न सक्थ्यो । हतासमा नमार्न पनि सक्थ्यो ।

म निस्केपछि भित्र भएका साथीहरुले ल वार्ता गरौं भनेछन् । तर सेनाले किन वार्ता गथ्र्यो । सबैलाई समायो । पछाडि हात बाँधेर लिएर हिड्यो । गाउँका मान्छेहरु हेरेको हेर्यै भए । म सानो खोल्सी नजिकै रहेको अर्को घरमा गएर बसें । एक जना साथीलाई पिछा गर्न लगाएँ । दोरम्बा बजारमै बन्दुकको आवाज आयो । उनीहरुले हामीसँग भएको एउटा राईफल लगे । डिउटीमा भएका साथीलाई पनि मारे ।

यसरी गरिएछ विभत्स हत्या
जंगलमा गाइबाख्रा चराइरहेका गोठालाहरुले सुनाए— सबैका हात पछाडि बाधिएको थियो । दोरम्बाबाट १ घण्टाको दुरीमा रहेको जंगलमा समातिएका माओवादी नेता कार्यकर्तालाई पुर्याउँदा उनीहरु रक्तमुच्छेल अवस्थामा थिए ।

समातिएकाहरुलाई लाइनै हिडाइएको थियो । बीचबीचमा सेनाका जवानहरु थिए । समातिएकाहरुलाई उनीहरु प्रत्येक मिनेटमा बन्दुकका कुन्दाले हान्थे र समातिएकाहरु चिच्याउँथे । जंगलमा राखिएको १ घण्टासम्म निर्मम याताना दिइयो । मानिसहरु चिच्याएको आजाव टाढाटाढासम्म सुनिन्थ्यो । १ घण्टापछि लगातार गोली पड्किएको आवाज आयो ।

उनीहरुको विभत्स हत्या गरिएको थियो। कसैका हात बाधिएको बाधिएकै थियो भने कसैका हात फुकाइएको अवस्थामा थियो । जंगलमा छरपष्ट २१ जनाको लाश थियो ।

ती साथीहरुलाई सम्झदा
त्यतिबेला मैनकुमार मोक्तान भन्ने रामेछाप जिल्ला सेक्रेटरी थिए । राज्य समितिका सदस्य बाबुराम तामाङ ‘पुष्प’ लाई पनि त्यहीँ हत्या गरियो । मेरी श्रीमती अम्बिका दाहाल उनलाई पनि सेनाले त्यहीं मार्यो । जुन इलाकाको बैठक बस्दै थियौं त्यो इलाकाको सचिव नै मेरी श्रीमती थिइन् । त्यहाँ ललिका भनेर सबै मान्छेले चिन्थे । रामेछापमा मभन्दा उनी बढी चर्चित थिईन् । अघिल्लो दिन हामीले आन्दोलनका विषयमा कुरा गरेका थियौं । अरु विषयमा कुरा हुन पाएन । पहिले अलि बिरामी थिइन् । संकटकालकै बेला उपचार पनि गरिराखेकै थियौं । टाउको सम्बन्धी समस्या थियो । ठीक त्यसैबेला त्यो रोग भने निको भइसकेको थियो । पार्टीमा पहिलेभन्दा निकै राम्रो काम गर्ने लक्ष्य थियो उनको । हामीले मिटिङ कसरी बस्ने, संगठनात्मक विषय के हुनसक्छन् भन्ने विषयमा कुरा गरेका थियौं । तर सेनाले बर्बर हत्या गर्यो ।

त्यो घटनालाई सम्झदाँ
दोरम्बा घटनालाई मैले दुईवटा कोणबाट हेरेको छु । सकारात्मक कोण भनेको त्यतिबेला वार्ता भन्दै पार्टी नेतृत्वलाई एक ठाउँमा लगेर सक्याउने दुश्मनको रणनीति थियो । त्यो घटनाले त्यो रणनीतिलाई फेल गराइदियो । त्यो बलिदानीले विश्वव्यापी रुपमा माओवादी आन्दोलनलाई चिनायो । बलिदानले थप उर्जा थप्यो । त्यसैको आडमा संविधानसभा, गोलमेच सम्मेलन, अन्तरिम सरकारको कुरा सुरु भयो । त्यो घटनाले यहाँको शासक ती मुद्दाहरुलाई छिटो लागू गर्न बाध्य भए । यहाँको शासकलाई अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्यो । यहाँको राज्य सत्ता अपराधिक रहेछ भन्ने पुष्टि गर्यो । दोरम्बा घटनालाई नकारात्मक रुपमा हेर्ने हो भने, हामीले त्यति ठूलो जनशक्ति सुरक्षा गर्न सकेनौं । त्यसको पछाडि युद्धविरामको मनस्थितिले भूमिका खेल्यो ।

यो घटनाले नेपालको राजनीतिमा ठूलो अर्थ राख्छ तर नेताहरुले यो घटनालाई बिर्सेका छन् । त्यस्तै बलिदानले यो पार्टी यहाँसम्म आईपुगेको हो । अझ यो घटना युद्धविरामको बेलाको घटना भएका कारणले यसको उचाई अलि बढी नै छ । त्यो अवस्थाबाट आएको पार्टी यतिबेला लथालिंग ५÷६ वटा भएका छन् । त्यो बलिदानलाई नेताहरुले उपहास गरे भन्ने मलाई लाग्छ । फूट्न हुन्न थियो । हाम्रो योजना फूटेर सफल हुदैन थियो । पछिल्लो समय नेताहरुमा नीजि स्वार्थ, सत्ताको स्वार्थ देखियो । सिंहदरबार भित्र छिरेपछि नेताहरुले बलिदानीको कुरा बिर्सिए । मान्छे बेपत्ता भएको कुरा पनि बिर्से । सत्ताको वरिपरि घुम्नाले पार्टीको आकार पनि सानो बन्न गयो ।

हामीले यो लेख पुनः प्रकाशित गरेका हाैं ।

साउन ३२ गते, २०७४ - १०:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वेदश तथा विदेशबाट अध्यक्ष प्रचण्ड परिवारलाई समवेदना व्यक्त

स्वेदश तथा विदेशबाट अध्यक्ष प्रचण्ड परिवारलाई समवेदना व्यक्त

काठमाडौं । हृदयघातबाट सुपुत्र प्रकाश दाहाल गुमाएका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष...   
एमालेका अध्यक्ष केपी अाेली सहितका नेताहरू लाजिम्पाट (तस्वीरमा)

एमालेका अध्यक्ष केपी अाेली सहितका नेताहरू लाजिम्पाट (तस्वीरमा)

नेकपा एमालेका अध्यक्ष केपी अाेली सहितका नेताहरूले अाज विहान प्रचण्ड निवास लाजिम्पाटमा गएर प्रकाश...   
कांग्रेस उम्मेद्वार चढेको गाढीमा बम विस्फोट

कांग्रेस उम्मेद्वार चढेको गाढीमा बम विस्फोट

बारा । सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमाबम बिष्फोट भएको छ । सोमवार विहान बारा क्षेत्र...   
सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय...   
प्रचण्डलाई भेट्न एकाविहानै लाजिम्पाट पुगिन् राष्ट्रपति भण्डारी (भिडियोसहित फोटोफिचर)

प्रचण्डलाई भेट्न एकाविहानै लाजिम्पाट पुगिन् राष्ट्रपति भण्डारी (भिडियोसहित फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल...   
जन प्रगतिशील मंच युएई द्वारा शोक वक्तव्य जारी

जन प्रगतिशील मंच युएई द्वारा शोक वक्तव्य जारी

युएई । नेकपा माओबादी केन्द्रको बिदेश बिभाग संगठन नेपाली जनप्रगतीशिल मंच युएईले पूर्व प्रधानमन्त्री...   
विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

झापा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको...   
म एमाले हुँ भन्दै ८३ बर्षिय वृद्ध नारायणकाजी श्रेष्ठ खोज्दै आएपछि…

म एमाले हुँ भन्दै ८३ बर्षिय वृद्ध नारायणकाजी श्रेष्ठ खोज्दै आएपछि…

गोरखा । अाइतवार विहानको कुरा हो । माअोवादीका नेता तथा गोरखा-२ का वामपन्थिका उम्मेद्वार नारायणकाजी...   
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको लहोला पल्ला भारी ?

राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको लहोला पल्ला भारी ?

  कैलाली । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top