Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

\"\"भीमदत्तनगर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको रहस्यमय ढंगबाट हत्या गरिएको दाबी गर्दै अखिल क्रान्तिकारीले घटनाको यथातत्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिन क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । उनले घटना सुनियोजित भएको भन्दै विद्यार्थी हत्याको छानबिन नहुँदासम्म दबाब दिने जानकारी दिए । त्यसैगरी क्याम्पस प्रशासनसँग क्रान्तिकारी विद्यार्थी संगठनले जीर्ण अवस्थामा रहेको छात्राबासको मर्मत सम्भार गर्नसमेत माग गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पस एकाइ कमिटी अध्यक्षसमेत रहेका मृतक जाग्रीको शव शनिबार बिहान छात्राबासमा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । घटनालगत्तै सुक्ष्म अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको छानबिनका क्रममा तालीम प्राप्त कुकुर प्रयोगदेखि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिएका केही व्यक्तिको छानबिनमा पोलिग्राफ मेसिनको समेत प्रयोग गरेको छ । प्रहरीले हालसम्मको घटनास्थलदेखि विवरणसम्म हेर्दा जाग्रीको हत्याभन्दा आत्महत्या हुनसक्नेतर्फ बढी संकेत गरिरहेको छ । त्यसैगरी अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार मृतक जाग्रीको निधनको शोकमा भीमदत्तनगरमा शोकसभाको आयोजना समेत गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ घर भएका विद्यार्थी जाग्री विज्ञान क्याम्पसमा अध्ययनसँगै केही समययता चमेनागृहसमेत सञ्चालन गर्दै आएका थिए । मृतक जाग्रीको सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको थियो । त्यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसका अध्यापन गराउँदै आएका प्राध्यापकले रु २० हजार र यहाँस्थित रेडियन्ट उमाविले रु १० हजार गरी जम्मा रु ३० हजार आर्थिक सहयोग गरेको अखिल क्रान्तिकारीले जनाएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies