Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एक हजार रुपैयाँ बाजी जितेपछि…

\"\"चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा बाहिर खासै चर्चा भएन । किनभने, उनी कुनै सेलेब्रिटी नेता थिएनन् । चिरिबाबुले निर्वाचन जित्लान् भन्नेमा उनकै पार्टी कांग्रेसका सभापतिदेखि केन्द्रीयस्तरका नेता पनि विश्वस्त थिएनन् । तर, ललितपुरको मेयरमा विजयी भएपछि उनको चर्चा निकै भयो । उनी बाहिर नपत्याइएका, तर जनताले पत्याएका नेता रहेछन् भन्ने चर्चा भयो । मेयर भइसकेपछिको साढे दुई महिनाको अवधिमा पनि देशभरका अन्य मेयरभन्दा फरक कोणबाट चिरिबाबुको चर्चा हुने गरेको छ । सेवासुविधाको लोभ नभएका र जनताको कामप्रति चिन्तित मेयरका रूपमा उनको छवि उजेलिँदै छ । नयाँ पत्रिकामा प्रकाशित उनले सुनाएका निर्वाचनका वेलाका रोचक कहानी : जनाधारमा विश्वस्त थिएँ म पाटनकै बासिन्दा । जनाधार राम्रो भएकोमा विश्वस्त थिएँ । मैले पार्टी (कांग्रेस)को सांगठनिक पदमा कहिल्यै दाबी गरिनँ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्लाको सचिव, कोषाध्यक्ष र अध्यक्षजस्ता पदमा कहिल्यै चुनाव लडिनँ र लड्न पनि चाहिनँ । जिल्लाको राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति असाध्यै हुन्छ । यसकारण मलाई संगठनतिर इच्छा भएन । योभन्दा मेरो आकांक्षा महानगरमै काम गर्नु थियो । यसमै आकांक्षा राखेँ । जितेर जनतालाई सुशासन दिने योजना बुन्दै आएको थिएँ । टिकट पाए स्थानीय निर्वाचनमा जित्छु भन्ने पनि लागेकै थियो । ५५ वर्षपछि कांग्रेसले ललितपुर जिल्लाका तीनवटै क्षेत्रमा चुनाव जितेको थियो । तीनवटै तहमा वर्षौंपछि जितेपछि महानगरपालिकामा हारियो भने इज्जत नै जान्छ भन्ने हाम्रो निचोड थियो । टिकटका दाबेदारहरूको सुक्ष्म तरिकाले मूल्यांकन भयो । जिल्लाका अधिकांशको बोली थियो, जिते चिरिबाबुले हो, नत्र अरूले जित्दैनन् । जिल्ला कार्यसमितिका प्रमुख नेता र सभासद् यो निचोडमा पुगेपछि मैले पनि इच्छा जनाएँ । ०४७ देखि कांग्रेसमा लागेको व्यक्ति, पञ्चायतकालमै दुईपटक वडा अध्यक्ष जितेको अनुभव पनि थियो । ०४९ को स्थानीय निकायको निर्वाचनमा पनि बागीको बाबजुद पनि जितेको थिएँ । ललितपुरमा रहेर तीनपटक स्थानीय निर्वाचन जितेको अनुभव र यहाँका जनतासँगको सम्बन्धका कारण योपटक पनि जितिन्छ भन्नेमा ढुक्क थिएँ । तर, उम्मेदवारीमा धेरैको दाबी भएकाले मैले नै पाउने पक्का थिएन । चिरिबाबु उच्चारण गर्नै जानेनन् दाबेदार धेरै हुँदा टिकट कसले पाउने भन्ने चर्चा उत्तिकै चल्यो । मेरो जनाधार राम्रो थियो, तर पार्टीमा माथिसम्म बलियो पहुँच थिएन । मैले केन्द्रका सबैलाई चिन्ने, तर उहाँहरू कसैले पनि मलाई नचिन्ने अवस्था थियो । यहाँसम्म कि उहाँहरूले मेरो नामसमेत प्रस्ट भन्न सक्नुहुन्थेन । कसैले चिरबाबु, कसैले चिढीबाबु त कसैले चिनीबाबु भन्नुहुन्थ्यो । उम्मेदवार चयन हुँदासम्म पनि धेरैले मेरो नाम शुद्धसँग गर्न सकेनन् । अर्को कुरा, म नेताकोमा दर्शनभेट गर्न कहिल्यै गइनँ । मेरो आफ्नै शैली छ, जनताको बीचमा काम गर्ने । तर, नेताको दैलो नचहार्ने । सूर्यलाई नौ ग्रहले घुमेजस्तो नेतालाई घुम्न जानुपर्छ भन्ने कहिल्यै सोचिनँ, गइनँ । म ललितपुर कांग्रेसकै नेतासँग सम्पर्कमा थिएँ । जिल्लाका नेतालाई पनि जित्ने मान्छे यो हो भनेर थाहा थियो । जिल्ला सभापति मदन अमात्यले मेरो नाम ‘बोल्ड’ हिसाबले सिफारिस गर्नुभयो । जिल्लाबाट सिफारिस भएपछि केन्द्रका नेताहरू अप्ठ्यारोमा पर्नुभएछ । महानगरको उम्मेदवार हामीले चिन्दै चिनेका छैनौँ, उसले कसरी चुनाव जित्ला ? भन्ने परेछ । पार्टी सभापतिलाई धेरैले यस्तो कुरा सुनाएछन् । सभापति देउवासँग बाजी हानेँ टिकटको टुंगो लागेको थिएन । तर, पनि हामीले घरदैलो गरिरहेका थियौँ । घरदैलो सकेर एक दिन बेलुका जिल्ला सभापति मदन दाइ (मदन अमात्य)सहितका नेता पुल्चोचस्थित मेरै घरबाहिर चियागफमा थियौँ । मदन दाइको मोबाइल फोनको घन्टी बज्यो । दाइले ‘नमस्ते दाइ, जय नेपाल’ भन्नुभयो । ठूलै मान्छेको फोन हो भन्ने अनुमान मैले लगाएँ । उताबाट के सोधिएको थियो, सुनिएन । तर, मदन दाइले ‘हामीले उठाउने भनेको उम्मेदवारले जित्नुहुन्छ’ भनेर ठोकुवा गर्नुभएको थियो । ‘जिताएर ल्याउने मेरो जिम्मा भो’सम्म भन्नुभएको थियो । कुराकानीकै क्रममा थाहा भयो, सभापति शेरबहादुर देउवाको फोन रहेछ । मदन दाइले ‘चिरिबाबु पनि यहीँ छ’ भनेपछि सभापतिले केही कुरा गर्न चाहनुभएछ । मसँग कुरा हुँदा उहाँले ‘चुनाव पक्का जित्छौ त ?’ भन्नुभयो । एउटै प्रश्न पटकपटक सोध्नुभयो । मैले वाचा गरेँ । तर, अझै विश्वास नगरेपछि मनमनै रिस उठ्यो । सानोबाबु (नेवारी भाषामा चिरिबाबु भनेको सानोबाबु हो) ठानेर नपत्याएको हो कि भन्ने पनि लाग्यो । त्यसपछि मैले फ्याट्टै भनिदिएँ, ‘ल सभापतिज्यू मैले हारेँ भने तपाईंलाई एक लाख रुपैयाँ दिन्छु । तर, मैले जितेँ भने तपाईंले एक सय रुपैयाँ मात्रै दिए हुन्छ ।’ उहाँले फेरि भन्नुभयो, ‘हारेपछि त्यो एक लाखको के महत्व ?’ यत्तिकैमा फोन सम्वाद सकियो । उहाँले विश्वास नगरेको र जित्ने ठोकुवा गर्दै मैले बाजी मारेको प्रसंग पछिसम्म सम्झिरहेँ । त्यही फोन सम्वादको तीन दिनपछि टिकट पाएँ । टिकट पाएपछि अर्को तनाव निरन्तर रूपमा विश्वास दिलाएपछि बल्ल टिकट पाइयो । तर, घटना अर्कैतिर मोडिनेजस्तो देखियो । निर्वाचनमा सफल हुन पार्टीले तालमेलको नीति लियो । सबैतिर मिलाउँदै जाने क्रममा ललितपुरमा माओवादीलाई छाड्ने कुराकानी भइरहेको रहेछ । केन्द्रको यो तयारी लागू गर्ने तयारी निकै अघि बढिरहँदा हामीलाई तनाव भयो । उम्मेदवारी फिर्ता गर्न चाहनेका लागि तोकिएको अन्तिम दिन बिहान साढे नौ बजेतिर मदन दाइले मलाई फोन गर्नुभयो । कहाँ छौ ? भन्नुभयो । मैले पाटनमै रहेको जानकारी गराएँ । उहाँले पुल्चोक बोलाउनुभयो । उम्मेदवारी फिर्ता लिनका लागि माथिबाट ठूलो दबाब आउँदै छ भन्नुभयो । मेरो मनमा नराम्रो झस्को पस्यो । उहाँले मोबाइल अफ गर्न सुझाब दिनुभयो । उपमेयर उम्मेदवार गीतालाई पनि त्यही सुझाब दिनुभयो । मदन दाइले पनि फोन अफ गर्नुभयो । मोबाइल अफ गर्नुको मतलब, कसैले सम्पर्क गर्न नसकोस् भन्ने थियो । त्यसपछि म, गीता र राजु महर्जन (भतिजा) फोन अफ गरेर कीर्तिपुरतिर लाग्यौँ । भतिजको साथीको घरमा गएर साढे पाँच घण्टा बस्यौँ । मदन दाइसँग भने अर्कै नम्बरबाट सम्पर्कका थियौँ । तर, पार्टी केन्द्रको सम्पर्कबाट भने टाढा थियौँ । उम्मेदवारी फिर्ताको समय टरेपछि हामी फर्कियौँ । बल्लतल्ल उम्मेदवारी पक्का भयो । त्यो संघर्षले टिकट प्राप्त गरियो र जितेर पनि देखाइयो । ८ देखि १२ हजार अन्तरले जित्ने अड्कल ८ देखि १२ हजार अन्तरले जित्छु भन्ने अड्कल थियो । तर, परिस्थिति केही फरक भयो । साझा पार्टीका उम्मेदवारले पाएको ८० प्रतिशत भोट त कांग्रेसबाट काटिएर गयो भन्ने मेरो हिसाब छ । अन्तर निकै कम अवस्थामा पुग्दा पनि हारिन्छ भन्नेचाहिँ कहिल्यै लागेन । तीन सय ६५ मतान्तरले एमाले उम्मेदवारलाई जितेँ । खासमा आन्तरिक कलह र पार्टीभित्र हराउने पूर्वाग्रही उदाएपछि कम मतान्तर निस्कियो । तर, म उनीहरूप्रति इष्र्या राख्दिनँ, गुन नै लगाउँछु । एक हजार रुपैयाँ बाजी जितेपछि… पार्टी केन्द्रबाट उम्मेदवार नै नबनाउने, बनाएपछि नाम फिर्ता लिएर तालमेल गर्ने प्रयास भयो । तर, हामी ललितपुर महानगरपालिकामा कांग्रेसलाई जिताउन सफल भयौँ । त्यसपछि केन्द्रीय कार्यालयमा बैठक भएकै वेला सभापतिले बोलाउनुभयो । ‘ल चिरिबाबु आयो’ भनेपछि केही नेताले अंगालो मार्नुभयो, कोही खल्तीबाट खादा निकालेर लगाइदिन थाल्नुभयो । शुभकामनाको ओइरो लाग्यो । मेरो सामुन्नेमा सभापति शेरबहादुर देउवालाई देखेँ । उहाँ घरी यताको खल्ती, घरी उताको खल्ती छामिरहनुभएको थियो । मैले अनुमान लगाइहालेँ, उहाँ बाजीको पैसा दिन प्रयास गर्दै हुनुहुन्छ, तर गोजीमा भेटिएन होला । दिनुभयो । तर, मैले लिन मानिनँ । एक सय रुपैयाँ हो भने लिन्छु, तर एक हजार त लिन्न भनेँ । किनभने मैले जितेँ भने उहाँले एक सय रुपैयाँ दिनुपर्छ भनेको थिएँ । उहाँको गोजीमा भने सयको नोट रहेनछ क्यारे, हजारकै नोट दिएर पटकपटक लिन भन्नुभयो । उहाँको जोडपछि मैले हजार रुपैयाँकै नोट लिएँ । तर, ९ सय रुपैयाँ फिर्ता गर्न पर्स पनि झिकेँ । उहाँले फेरि ‘भयो के छाडिदेऊ’ भनेपछि त्यो विषयलाई ठूलो बनाइनँ । उहाँले पैसामा हस्ताक्षर नै गरेर दिनुभएको थियो । लगत्तै मैले फोटो खिचाएँ । तर, पैसामा हस्ताक्षर गरेको फोटो खिचाएको भन्दै मलाई कतिपयले गाली गरे । पैसामा हस्ताक्षर गर्न नमिल्ने रहेछ, सभापति देउवाले नि गरिहाल्नुभयो । उहाँले हस्ताक्षर गरेको त्यो हजारको नोट म कहिल्यै कारोबार गर्दिनँ । अन्यत्र सार्वजनिक पनि गर्दिनँ । मैले कुन संघर्षले टिकट पाएँ र जिते भन्ने पुष्टि गर्न छोरा–नाति पुस्तालाई मात्रै देखाउँछु । बाजीमा जितेको हजारको नोट अहिले खामबन्दी गरेर राखेको छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies