Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राहत सूचीमै परेन कोशीमा बगाइएका बालक कमलु सदाका परिवार

\"\"सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन् । छोराको काजक्रियाका लागि मंगलरबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए । ‘मसँग एक रुपैयाँ पनि थिएन । त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्ल अवस्थाका फुदनले भने । अाजको कान्तिपुरमा खबर छ– मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोशीमा बगाइएको थियो । यहाँ अभाव जमिनको मात्रै छैन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन । यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ । उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन् । ‘एक हप्ता अघि काम गर्न म धरान जाँदा छोरो राम्रो थियो, बाढीले खाइदियो,’ उनले भक्कानिदै भने, ‘अब काजक्रियाका लागि पैसा समेत छैन ।’ कमलुको मृत्यु भएदेखि उनकी आमा विमली अर्धबहोस छन् । श्रीमासँगै पुग्दा उनले बाढीले बर्बाद गरेको आफ्नो घरतिर हेर्न सकिनन् । सदाको घर वरिपरि पानी कम भए पनि अझै केही दिन घरमा बस्न सक्ने अवस्थामा छैन । घरमा बस्न नमिल्ने भएकैले उनीहरु पालमा काजक्रिया गर्ने तयारीमा लागेका हुन् । विरामी परेका कमलुलाई उपचारका लागि सीमा पारी भारत कुनौली बजार पुर्‍याइएको थियो । ‘कुनौली लैजादा मसँग छाता थिएन, पानीमा भिज्दै लगेका थियौं,’ बिमलीले भनिन् । अस्पतालमा आमाको काखमै कमलुको मृत्यु भएको थियो । त्यही दिन फुदनका भाइले कोशीमा बगाएर सदगद गरेका थिए । ‘बच्चालाई सद्गद् गर्ने ठाउँ थिएन, अनि देवरले कोशी नदीमा बगाइदिनु भयो,’ आमाले भनिन् आफ्नो छोराको अन्तिम अवस्थाबारे बताइन् । कमलुको शव कोशीमा बगाउने उनका काका शंकर सदा यसबारे बोल्न सक्दैनन् । ‘मेरो छातीसम्म गहिरो ठाउँमा गएर सद्गद् गरें, म यसबारे बोल्न सक्दिनँ,’ उनले बोली रोके । [caption id=\"attachment_148849\" align=\"alignnone\" width=\"750\"]\"\" मृत बालक कमलु सदाका बुबा[/caption] अर्का छिमेकी राजकुमार सदाले मृतकलाई नदीमा बगाउने परम्परा नभएको बताए । ‘एकदम अप्ठ्यारो अवस्थामा कमलुलाई नदीमा बगाएर विर्सजन गर्नु परेको हो । यसले हामीलाई ठूलो चोट पुर्‍याएको छ,’ उनले भने । कोइलाडीको मुसहर वस्तीमा अहिले पानी घटेको छ । तर, मंगलबारसम्म यो वस्ती अझै जलमग्न छ । यहाँका बासिन्दाहरु हुमाननगर कुलौनी सडकको दुबैतिर आश्रय लिएर बसेका छन् । कान्तिपुर टिम फुदनको घरमा पुग्दा आफन्तहरुले सान्त्वना दिइरहेका थिए । उनका आफन्त नै बाढीबाट पीडित भएकाले थप राहत दिनसक्ने अवस्थामा छैनन् । सप्तरीमा मुसहर आर्थिकलगायत सबै हिसाबले पछि परेका समुदाय हुन् । बाढीका कारण मृत्यु भए पनि कमलुको परिवारलाई सरकारले बाढीमा मृत्यु भएर राहत पाउनेको सुचीमा राखेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies