Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बाजे र दुई नातिको एउटै चिता

\"\"सुर्खेत । उनीहरू एउटै थालमा भात खान्थे । फुर्सदमा तीनै जना बाजे–नाति मिलेर रमाइलो पनि गर्थे । दौंतरीजस्ता बाजेनाति प्रायः एउटै ओछ्यानमा सुत्थे । बाँचुन्जेल तीनै जना सँगै रमाए । मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो । मध्यरातमा पहिरोले घर बगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिं बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो । खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरेका हुन् । मृतक गुमानसिंका माइला र कान्छा छोरा कर्णबहादुर र धनबहादुर बुढाले दागबत्ती दिएका थिए ।लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिबार राति उनीहरूको मृत्यु भएको थियो । मृतक किशोरका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते छिन् । बाँचुन्जेलसँगै रमाएका बाजेनातिको एउटै चितामा दाहसंस्कार गरिँदा गाउँले भक्कानिएका थिए । पहिरोले घर बगाउन थालेपछि विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए । तर, ८३ वर्षीय बाजे गुमानसिं घरभित्रै थिए । फेरि घरभित्र नछिरेको भए विक्रम र शरण बच्थे । तर, उनीहरूले बाजेलाई एक्लै छाड्न मानेनन् । पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन भ्याएनन् । बाजेको मायाले घरभित्र पसेका उनीहरूको प्राण बाजेसँगै त्यागे । काखबाट दुई भाइ छोरा गुमेपछि द्रुपदाको आँखा ओभाएको छैन । पहिरो आएपछि छोरासहित उनी घरबाहिर निस्किएकी थिइन् । तर, छोराहरू बाजेलाई बचाउन भन्दै घरभित्र पसे । हेर्दाहेर्दै घर पहिरोले लग्यो । छोराहरू गुमाउँदाको पीडाले उनलाई भतभती पोलिरहेकोे छ । यसैबीच, मलामी गएका छिमेकीले मृतक परिवारलाई राहत उपलब्ध गराएका छन् । उनीहरूले पीडित परिवारलाई राहतस्वरूप १४ हजार एक सय ४६ रुपैयाँ प्रदान गरेका हुन् । यस्तै, गुर्भाकोट नगरपालिकाले प्रतिमृतक २५ हजार रुपैयाँका दरले राहत प्रदान गरेको नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए । नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न पनि उपलब्ध गराएको छ । यस्तै, रेडक्रसले पनि पीडितलाई भाँडाकुँडा र कपडा वितरण गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies