Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

विपत्तिको मिलेर सामना गरौँ

\"\"\'ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ\' भन्थे, हो रहेछ ! अहिले हाम्रो नेपालको अवस्थालाई हेर्दा । राजनैतिक अस्थिरताले थलिएर आर्थिक तथा भौतिक विकासको बाटोमा एकहोरो ओरालो लागेको हाम्रो देशमा यहि बेला प्रकृतिले पनि खेदिरहेको छ । कहिले ७.८ रेक्टर स्केलको भूकम्प आएर मानव बस्तीहरूलाई खण्डहर बनाई दिन्छ, कहिले विशाल पहाड नै खसेर बस्तीहरूलाई माटोमा मिलाई दिन्छन् । त्यस्तै, कहिले अविरल वर्षा आएर बाँकी मानव बस्तीहरू पानीमा बिलाई दिन्छन्। जता हेर्यो, उतै अस्तव्यस्त र लथालिङ्ग, सोच्दा अत्यास लाग्दो, देख्दा मुटु नै छिया-छिया पार्ने अकल्पनिय घटनाहरू । भाग्यमा विश्वास गर्ने हामी नेपालीहरू साँच्चै त्यहि भाग्यले मात्रै बचाएको जस्तो आभास दिन्छ बेला बखत । होइन भने किन नेपालीहरूले मात्र यत्तिका दुःख, पिडा र विपत्ति पाइरहेका छन् त ? एकातिर बाढी-पहिरो, भूकम्प र महामारी जस्ता प्राकृतिक विपत्तिहरूले पेलिरहेको छ। त्यहिँ माथि आफैभित्र आन्तरिक किचलो र कलह पनि व्याप्त छ। अर्को तर्फ छिमेकी भनाउँदो पनि देब्रे बनेर बसेको छ । कहिले नाका बन्दी गरिदिन्छ त कहिले सीमाको स्तम्भ नै मिचेर खुलेआम् हाम्रो अस्तित्व लुटिदिन्छन् । मदारीले बाँदर नचाए जस्तो छिमेकीले हामीलाई नचाइरहेको छ । त्यहि पनि हामी आफ्नो आवाज दबाएर निरिह बनि चुपचाप बस्नु परिरहेको छ । [caption id=\"attachment_133434\" align=\"alignleft\" width=\"296\"]\"\" लेखक[/caption] हुन त प्राकृतिक प्रकोप भन्ने कुरा न बाजा बजाएर आउछ, न त आए पछि यसलाई रोक्न नै सकिन्छ । चुपचाप हेर्नु र सामना गर्नु बाहेक अर्को उपाय रहन्न । वास्तवमा प्राकृतिक प्रकोप बाहेक अन्य उत्पन्न भएका विपत्तिका घटनाहरूको जिम्मेवारी अरू कोही नभएर हामी आफै नै हौं । यसको दोष अरूलाई थुपारेर पानी माथिको ओभनो बन्ने छुट हामीसँग छैन । किनकी हामी आफै सचेत, इमान्दार र वफदार भएर सत्कर्म गरेको भए एक माथि अर्को विपत्ती आउने थिएन । प्राकृतिक प्रकोपका घटनाहरूमा पनि कम हुँदै जाने थिए । यसरी हामीले समयमै सचेत भएर प्रकृति तथा वातावरणको संरक्षण, विकास र प्रवर्धनका कार्यक्रमहरू अगाडी बढाउन सकेको भए प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गर्न सकिने थियो। साथै देशको समग्र अवस्थामा सुधार हुदै जाने थियो । मुलुकमा आउने यस्ता प्राकृतिक प्रकोप र यसबाट हुने ठूलो धनजनको क्षतिको प्रमुख दोषी मुलुकको नेतृत्व गर्ने व्यक्तिहरू पनि हुन्। कमजोर नेतृत्वको कारण नै आवस्यक नीति निर्माण र प्रभावकारी कार्यक्रमहरू सञ्चालन हुन नसकेका हुन्। त्यस्तै समय समयमा छिमेकीहरूसँग मुलुकको हित विपरित गरिएका विभिन्न किसिमका सम्झौताहरूको परिणाम स्वरूप पनि आज देशले यो दुर्दशा भोग्नु परिरहेको छ। उदाहरणको रूपमा मुलुक कै ठूलो नदी सप्तकोशी अहिले हाम्रो दक्षिणी छिमेकीले दानवी व्यवहारले थुनिरहेको छ। यसरी कमजोर सम्झौताहरूको कारण नै आज आफ्नै मुलुकको भू-भाग तथा प्राकृतिक सम्पदाहरूमा हाम्रो हक र अधिकार छैन । अरूको आदेशमा चल्नु परिरहेको छ। स्वाधिन मुलुक भएर पनि अरूकै अधिपत्यमा बसेको महसुस गर्नु परिरहेको छ।
जबकी अहिले देशका सम्पूर्ण भू-भागहरूमा अविरल वर्षात् परिरहेको छ । जसले भएका नदी-नालाहरूमा पानीको बहाव बढेर उच्च बिन्दुमा पुगेको छ। यो समयमा नदीको बाटो बन्द गर्दा कस्तो अवस्था उत्पन्न होला ? हामी कल्पना पनि गर्न सक्दैनौँ । वास्तबमा अहिले नेपालले त्यही अवस्थाको सामना गर्नु परिरहेको छ । अर्को तरिकाले भन्नु पर्दा, एउटा बन्दीलाई टन्न खाना खान दिई उसको मलद्वार बन्द गरी ट्वाइलेट गर्न रोके जस्तै हाम्रो कमजोरीको फाइदा उठाउँदै हाम्रा छिमेकीले अहिले कोशीको बाँध थुनिदिएर मुलुकको मलद्वार बन्द गरिदिई राखेको अवस्था छ ।
जबकी अहिले देशका सम्पूर्ण भू-भागहरूमा अविरल वर्षात् परिरहेको छ । जसले भएका नदी-नालाहरूमा पानीको बहाव बढेर उच्च बिन्दुमा पुगेको छ। यो समयमा नदीको बाटो बन्द गर्दा कस्तो अवस्था उत्पन्न होला ? हामी कल्पना पनि गर्न सक्दैनौँ । वास्तबमा अहिले नेपालले त्यही अवस्थाको सामना गर्नु परिरहेको छ । अर्को तरिकाले भन्नु पर्दा, एउटा बन्दीलाई टन्न खाना खान दिई उसको मलद्वार बन्द गरी ट्वाइलेट गर्न रोके जस्तै हाम्रो कमजोरीको फाइदा उठाउँदै हाम्रा छिमेकीले अहिले कोशीको बाँध थुनिदिएर मुलुकको मलद्वार बन्द गरिदिई राखेको अवस्था छ । यही कारणले अहिले कोशी नदिको आसपासमा रहेका जिल्लाहरू सुनसरी, मोरङ, सिरहा, सप्तरीका दर्जनौ गाऊँ बस्तीहरूमा बाढी पसेर हजारौं नागरिकहरू घरबार विहिन भएका छन्। धेरैले ज्यान गुमाईसकेका छन्, बाँकी रहेकाहरूले पनि आफ्नो खाद्यान्न तथा लत्ता-कपडा र घर पालुवा चौपायाहरूलाई जोगाउन सकिरहेका छैनन् । उनीहरू आफ्नो ज्यान बचाउनै हाम्मे-हाम्मे परिरहेको अवस्थामा छन्। मौसम प्रतिकुलताले उनीहरूको समयमा उद्दार तथा सहयोग गर्न सकिरहेको छैन । समग्र तराई समुन्द्रमा परिणत भएको छ। यसरी यहाँ अहिले ठूलो मानव विपत्ति परिरहेको छ। यस महाविपत्तिको घडीमा हामी सबै नेपालीहरू मानवताको भावना लिई एकजुट भएर सहयोगको हात उठाउने बेला आएको छ । वि.सं. २०७२ बैशाख १२ मा आएको विनाशकारी महाभूकम्पले पारेको घाउका खाटाहरू मेटिन नपाई फेरी अर्को घाउ प्रकृतिले हामीलाई दिइरहेको छ। जसरी विनाशकारी महाभूकम्पको समयमा हामी कति पनि नआत्ती, हतास, दुःखि नबनी साहसका साथ उठी एक-आपसमा हातमा हात मिलाई हाँस्दै विपतको सामना गरे झै फेरी अब त्यही साहस र मानवताको भावना लिई पार्टी, जाती, धर्म, वर्ग र क्षेत्र भन्दा माथि उठेर सहयोग गरी विपतको सँगै सामना गरौँ। अन्त्यमा विपतको सामना गरिरहेका परिवारहरूको चाँडो भन्दा चाँडो उद्दार हुन सकोस्। त्यस्तै उद्दारको पर्खाईमा बसिरहनु भएका परिवारहरूमा आत्मविश्वास नगुमाई साहस बटुल्न सक्ने शक्ति मिलोस् र जति पनि ज्यान गुमाएका व्यक्तिहरू छन्, उनीहरूको आत्माले शान्ती पाउन सकोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies