/  Tue, October 17, 2017

गृहमन्त्री शर्माको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन, उद्धार कार्य तीव्र

काठमाडौं । अविरल वर्षाका कारण देशैभरी जनधनको क्षति बढ्न थालेपछि, शनिबार गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको छ ।

शनिबार बिहान ८ बजेदखि बेलुकासम्म बसेको बैठकले गृहमन्त्री शर्माको नेतृत्वमा उद्धार कार्य चुस्त तथा छरितो बनाउन र बाढी पीडितहरुको व्यवस्थापन गर्नका लागि केही महत्वपुर्ण निर्णयहरुसमेत गरेको छ ।

शनिबारनै गृहमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेका थिए भने बेलुका साँढे ७ बजे केन्द्रीय दैवी प्रकोप उद्धार समितीको बैठक बोलाएर सरोकारवाला मन्त्रालय तथा व्यक्तित्वहरुसँग थप रणनीति तय गर्न परामर्श गरेका थिए । प्रभावित क्षेत्रमा औषधि सहितको स्वास्थ्य टोली पुर्याउने, यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने लगायतका निर्णयहरु भएका छन् ।

शनिबार साँझसम्म, मुलुकका ११ जिल्लाहरु (पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१०) गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएका जानकारीमा आएको छ ।

नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएका छन् ।

 

साउन २९ गते, २०७४ - ०७:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश, कुन प्रदेशबाट कति ?

प्रतिनिधिसभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश, कुन प्रदेशबाट कति ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि...   
राष्ट्रपतिद्वारा ७ विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा ७ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका...   
आगलागीमा परी २७ को मृत्यु, ५१ घाइते

आगलागीमा परी २७ को मृत्यु, ५१ घाइते

फाइल फोटो एजेन्सी । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा...   
राप्रपा (प्रजातान्त्रिक) मा पदाधिकारी मनोनीत, कसले के जिम्मेवारी पाए ?

राप्रपा (प्रजातान्त्रिक) मा पदाधिकारी मनोनीत, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई...   
प्रतिनिधिसभा र प्रदेशसभाका लागि यी हुन् गोरखाबाट सिफारिस भएका उम्मेद्वार

प्रतिनिधिसभा र प्रदेशसभाका लागि यी हुन् गोरखाबाट सिफारिस भएका उम्मेद्वार

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाममा नेकपा एमाले,...   
नक्सामा हेर्नुहोस् अाफ्नो निर्वाचन क्षेत्र

नक्सामा हेर्नुहोस् अाफ्नो निर्वाचन क्षेत्र

काठमाडौं । निर्वाचन आयोगले जिल्लागत निर्वाचनको प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा...   
राजश्व विभागद्वारा छ सय करदातामाथि कारबाही

राजश्व विभागद्वारा छ सय करदातामाथि कारबाही

काठमाडाैं । आन्तरिक राजस्व विभागले आफूअन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ...   
‘नेपाल संवतको कार्यान्वयनमा चुनौती’

‘नेपाल संवतको कार्यान्वयनमा चुनौती’

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले देशमा भएका विभिन्न परिवर्तनमा नेवारी समुदायको महत्वपूर्ण...   
अख्तियारद्वारा नासु खत्रीविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा नासु खत्रीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत नायब सुब्बा...   
कांग्रेस र लोकतान्त्रिक फोरमबीचको एकता सोमबारलार्इ सर्यो

कांग्रेस र लोकतान्त्रिक फोरमबीचको एकता सोमबारलार्इ सर्यो

काठमाडाैं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ । अाज साँझ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top