/  Thu, August 17, 2017

पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

फाइल फोटो

नेपालगन्ज । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ ।

शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका कारण त्यो सम्भव हुन सकेको छैन ।

त्यसैगरी अबिरल वर्षाका कारण जिल्लाको राप्ती र डुडुवा नदीमा आएको भीषण बाढीका कारण राप्ती–सोनारी गाउँपालिकाअन्तर्गतका गाउँहरु अहिले डुबानमा परेका छन् । बाढी र डुबानका कारण सो गाँउपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने आमालाई बाढीले बगाएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार बाढीमा फसेका नागरिकको उद्धारका लागि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरीसहितको उद्धार टोली परिचालन गरिसकिएको छ । अबिरल वर्षाका कारण बैजापुर, बिनौना, फत्तेपुर, होलिया, बेतहनी बनकट्टी, कम्दी गाउँ डुबानमा परेका छन् ।

त्यसैगरी किरण नालामा आएको बाढीले कोहलपुर र खजुरा क्षेत्रका बस्ती पनि प्रभावित भएका छन् ।

स्थानीय प्रशासनले बाढीबाट बिस्थापितलाई सुरक्षित स्थानमा राख्ने, खाद्यान्न सामग्री उपलब्ध गराउने, उचित बसोबासको व्यवस्था मिलाउने, उपचार सेवा उपलव्ध गराउनेलगायत तत्काल राहतको चाँजोपाँजो मिलाएको जनाएको छ ।

साउन २८ गते, २०७४ - १८:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा बालिकाको मृत्यु

पर्सा । निर्माण भइरहेको बाटोको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा आठ वर्षीया बालिकाको मृत्यु भएको...   
चिनीबाट बन्यो कार

चिनीबाट बन्यो कार

चिनीबाट चिया बनेको हामी सबैलाई थाहा छ । तर, तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिनीबाट यस्तो कुनै बस्तु...   
विश्वकै ठूलो बाढी, जसमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो

विश्वकै ठूलो बाढी, जसमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो

नेपालको तराई क्षेत्र अहिले बाढीको चपेटामा छ । एक सयभन्दा बढीको मृत्यु भएको छ, केही बेपत्ता छन्, हजारौँ...   
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

  मोरङ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु...   
पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई...   
कांग्रेस नेता विमलेन्द्र निधि अचानक अस्पताल भर्ना

कांग्रेस नेता विमलेन्द्र निधि अचानक अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्...   
रूख ढल्दा ११ जनाको मृत्यु

रूख ढल्दा ११ जनाको मृत्यु

फाइल फोटो पोर्चुगल । पोर्चुगलको माएिरा भन्ने टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार एक...   
अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

भीमदत्तनगर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको...   
एक हजार रुपैयाँ बाजी जितेपछि…

एक हजार रुपैयाँ बाजी जितेपछि…

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा बाहिर खासै चर्चा भएन । किनभने,...   
पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

काठमाडौं । धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top