Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

करोडौं डलरका युवा : फुटबलका पाँच महँगा स्थान्तरण

\"\"ब्राजिलियन युवा स्ट्राइकर नेमार स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग अनुबन्ध भएका छन् । नेमारलाई पेरिस ल्याउन पीएसजीले बार्सिलोनालाई मात्रै १९ करोड ८० लाख पाउन्ड तिरेको छ, जसको नेपाली मूल्य २६ अरब २९ करोडभन्दा बढी हुन्छ । आजको अन्नपूर्ण पोस्टको साप्ताहिक परिशिष्टांक फुर्सदमा खबर छ । एक सय १७ मिलियन युरोले बढी त्यसबाहेक नेमारले प्रतिसाता पाउने पाँच लाख ९६ हजार पाउन्ड र अन्य भत्ता थप्दा पीएसजीले नेमारमाथि खर्च गर्ने रकम अझै करोडौं नाघ्नेछ । त्यसअघि नै २५ वर्षीय यी ब्राजिलियन युवा विश्वकै सर्वाधिक महँगा फुटबलर बनिसकेका छन् । नेमारको पीएसजी अनुबन्ध गत वर्ष विश्वकीर्तिमान बनाएको फ्रान्सेली पल पोग्बाको युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडको अनुबन्धभन्दा एक सय १७ मिलियन युरोले बढी महँगो बन्यो । के मात्रै सम्भव छैन ? पीएसजीले एकजना नेमारमाथि खर्च गरेको यो रकमबाट विश्वमा के मात्रै सम्भव छैन ? यत्ति पैसाले हार्वर्ड विश्वविद्यालयका चार हजार एक सय ५७ विद्यार्थीलाई आवास, खाना, ट्युसन फीलगायत सम्पूर्ण खर्च बेहोरेर एक वर्षसम्म पढ्न पुग्छ ।नामिबियाका प्रत्येक जनतालाई एक-एक थान कफी टेबल किनिदिन पुग्छ । अमेरिकाको ओहियो राज्यका प्रत्येक नागरिकलाई एक-एक पप्पी किनिदिन पुग्छ । नेपालीका लागि त यो रकमले अझ धेरै कुरा किन्न सम्भव छ । नेमारको स्पष्टोक्ति नेमारले आफूले पैसाका लागि पीएसजी नरोजेको स्पष्टोक्ति दिइसकेका छन् । यद्यपि, उनका आलोचकहरूको चित्त अझै बुझेको छैन । नेमार पक्षका आलोचकहरू भने अझै पनि उनले फुटबलकै लागि क्लब रोजेका तर्क पेस गर्छन् । आलोचकहरूको तर्क नेमार पक्षधर आलोचकहरूको तर्क बार्सिलोनामा नेमार लियोनल मेसीको छायामा परे । चार वर्षअघि क्रिस्टियानो रोनाल्डोको छायामा पर्ने डरले रियल म्याड्रिड नजान सुझाव दिनेहरू बार्सिलोनामा पनि नेमार मेसीको छायामा परेको तर्क गर्छन् । त्यसैले उनीहरू भन्ने गर्छन्- रियलमा क्रिस्टियानो रोनाल्डो र बार्सिलोनामा मेसीको जस्तो छवि पीएसजीमा नेमारको हुनेछ र नेमारको नेतृत्वमा पीएसजी चाँडै नै युरोपकै शक्तिशाली क्लब बन्नेछ । नेमारको गोल ब्राजिलका लागि : ७७ खेल ५२ गोल २००९ देखि २०१३, (सन्तोस) : २२५ खेल, १३६ गोल २०१३ देखि २०१७, (बार्सिलोना) : १८६ खेल, १०५ गोल फुटबलका पाँच महँगा स्थान्तरण १ नेमार बार्सिलोनाबाट पीएसजी २०१७ २२२ मिलियन युरो २ पल पोग्बा युभेन्टसबाट म्यान युनाइटेड २०१६ १०५ मिलियन युरो ३ गारेथ बेल टोट्टानहामबाट रियल म्याड्रिड २०१३ १००.८ मिलियन युरो ४ क्रिस्टियानो रोनाल्डो म्यान युनाइटेडबाट रियल म्याड्रिड २००९ ९४ मिलियन युरो ५ गोन्जालो हिग्वेन नापोलीबाट युभेन्टस २०१६ ९० मिलियन युरो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies