Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै

\"\"पोखरा । नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ । अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिएका थिए । आगामी सागमा पोखरामा पाँचभन्दा बढी खेल खेलाउने सोचका साथ तयारी अघि बढाउन मन्त्रालयले खेलकुद विकास समितिका पदाधिकारीलाई निर्देशन दिइसकेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । “हामीले पोखरालाई स्पोर्टस् सिटीका रुपमा विकास गराउन खोजेका छौँ”, थपलियाले भने, “उपलब्ध पूर्वाधारका आधारमा आगामी सागमा पाँचभन्दा बढी संख्याका प्रतियोगिता पोखरामा सञ्चालन हुन सक्छ ।” राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा विभिन्न पाँचवटा खेल खेलाउने यसअघि नै प्रस्ताव गरिसकेको थियो । परिषद्का सदस्यसचिव केशवबहादुर विष्टका अनुसार पोखरामा भलिबल, ह्यान्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलनका प्रतियोगिता खेलाउने लगभग तय भइसकेको छ । यी खेलका अतिरिक्त ब्याडमिन्टन, लङ टेनिस खेल पनि पोखरामा गर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए । आगाामी सन् २०१९ को मार्चमा नेपालले १३औँ सागमा विभिन्न २५ प्रकारका खेल खेलाउने भएको सदस्य सचिव विष्टले जानकारी दिए ।भारतमा सम्पन्न १२औँ सागमा २३ प्रकारका खेल खेलाइएको थियो । पोखरामा भलिबल, ह्यान्डबल, आर्चरी, ट्रायथोलनका लागि पूर्वाधार लगभग तयारी अवस्थामा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उल्लेखित खेलका संरचनालाई केही मात्रामा व्यवस्थित गरे हुने बताउँदै उहाँले महिला फुटबलका लागि भने विद्यमान संरचना भत्काएर वनाउनुपर्ने अवस्था छ भने । पोखरा रंगशालाको ४१७ रोपनी क्षेत्रफलमा विभिन्न खेलका लागि संरचना निर्माण भइरहेका छन् । अहिले बनिरहेको कभर्ड हल साग लक्षित छ । कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ । सबैजसो इन्डोर गेम त्यसमा गर्न सकिन्छ । सम्भावना रहेर पनि आवश्यक पूर्वाधारकै अभावमा पोखराले यसअघि विभिन्न खेलका अवसर गुमाउने गरेको खेलकुद सम्बद्ध व्यक्तिको गुनासो थियो । दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता हुनु समग्र पोखराका लागि नै गौरवको विषय भएको बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले बताए । “क्षेत्रीययस्तरका प्रतियोगिताले पोखरालाई चलायमान वनाउँछ”, उनले भने, “यसले यहाँको पर्यटकीय विकासका साथै प्रत्येक जनमानसमा खेलप्रतिको सकारात्मक भावनासमेत अभिवृद्धि गर्छ ।” अन्तर्राष्ट्रिय खेलाडी बस्ने किसिमका स्तरीय होटल तथा अन्य पूर्वाधार पोखरामा रहेको पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य भट्टराईले उल्लेख गरे । यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरिसकेको पोखरामा दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता सञ्चालन हुनुले अन्तर्राष्ट्रियस्तरमा यहाँको महत्व अझ बढ्ने सम्बद्ध व्यक्तिले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies