/  Tue, July 17, 2018

एउटा पूर्खाले जन्माएको कमल र लिलि फूलबारे

  • साउन २४ गते, २०७४ - १०:४७

नयाँ अध्ययनले सुझाएको प्राचीन फूलको स्वरुप

सबै जीवित फूलहरु १४ करोड वर्ष पहिलेको एउटा पुर्खा फूलबाट विकसित भएको नयाँ वैज्ञानिक अध्ययनले बताएको छ । वैज्ञानिकहरुले फूलको विकासक्रमका नमूनाहरु हेरेका थिए । त्यसक्रममा अहिलेसम्मकै सबभन्दा धेरै जीवित फूलका प्रकारहरु जम्मा पारेर ती फूलको प्रकृति अध्ययन गरिएको थियो । वैज्ञानिकहरुले विभिन्न विश्लेषण पछि पुर्खा फूलको आकारप्रकार अनुमान लगाएका थिए ।

सोचेको भन्दा परिणाम निकै कम जटील पाएको उनीहरुले बताएका छन् । आधुनिक वाटर लिलिसँग मेल खाने पुर्खा फूलमा पुष्पपत्ताहरु तीनवटा समूहमा रहेका, एक केन्द्रिकृत वृत्त वरपर फैलिएका र एकभन्दा बढी भाले र पोथी अंग रहेका वैज्ञानिकहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले आफ्ना खोजलाई जीवाशेषसँग दाँज्न पाए हुन्थ्यो भनेका छन् ।

कमल (दायाँ) र लिलि (बाँया) फूलहरु

नेचर कम्युनिकेशनमा प्रकाशित लेखका एक लेखक युनिभर्सिटी प्यारीस सड फ्रान्सका हार्भे सौकेटले भने, “पुर्खा फूलसँग ठ्याक्कै मेल खाने फूल अहिले जीवित छैन । तर होस पनि कसरी। त्यो फूल चौध करोड वर्ष अघि फुलेको थियो जुन आज अनेक प्रकारका फूलमा विकसित भएको छ ।” सौकेटले भने, “हामी फूलको सुन्दरतासँग परिचित छौं । त्यसको प्रजनन अंगहरु अहिले जीवित ९० प्रतिशत विरुवाको जस्तै थियो । तर तीनको उत्पत्ति र शुरुको विकास क्रम भने रहस्यकै रुपमा छ। अहिलेको फूलको पुर्खा मानिएको त्यसबेलाको फूलको जीवाशेष फेला परेको छैन ।”

अध्ययनमा संलग्न नभएका युनिभर्सिटी अफ बर्मिङघम यूकेका डा. जेसन हिल्टनले भने- “पुर्खा फूलको आकार र त्यसको संरचना अहिलेसम्म रहस्यकै रुपमा छ । उदाहरणका लागि पुराना फूलहरु एकलिङ्गी थिए कि दुई लिङ्गी ? तिनको परागसेचन हावाले गर्थ्यो कि किराले भन्ने हामीलाई थाहै छैन ।”

साउन २४ गते, २०७४ - १०:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री खनालसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको के-के भए छलफल ?

मन्त्री खनालसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको के-के भए छलफल ?

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस...   
केशब बडाल भन्छन्-गगन थापाको कार्यकर्ता हुन् डा.गोविन्द केसी

केशब बडाल भन्छन्-गगन थापाको कार्यकर्ता हुन् डा.गोविन्द केसी

काठमाडाैं । कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म...   
दुई वर्षभित्र नारायणी नदीमा पानीजहाज चल्ने

दुई वर्षभित्र नारायणी नदीमा पानीजहाज चल्ने

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यता देखिएको...   

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट...   
मोदीले भाषण गर्दै गर्दा टेन्ट खसेर दुर्घटना भएपछि घाइतेलार्इ भेट्न अस्पताल पुगे

मोदीले भाषण गर्दै गर्दा टेन्ट खसेर दुर्घटना भएपछि घाइतेलार्इ भेट्न अस्पताल पुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको एउटा -यालीमा टेन्ट खसेपछि २५ जना घाइते भएका छन् । टेन्टको...   

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट...   

कांग्रेस सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर...   
सरकारले सिफारिस गर्यो भारत र मलेसियाका लागि राजदुत

सरकारले सिफारिस गर्यो भारत र मलेसियाका लागि राजदुत

नीलकण्ठ उप्रेती काठमाडौं । मन्त्रीपरिषद् बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई...   

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

उदयपर । दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर...   
डा. केसीको समर्थनमा उत्रेका पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

डा. केसीको समर्थनमा उत्रेका पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर गएको १६ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top