/  Tue, October 17, 2017

पुष्कर कार्की, सर्वेन्द्र खनालदेखि दिनेश अमात्यः जसको ‘इन्काउन्टरमा परे यी अपराधी

महानगर अपराधका तीन प्रमुखः खनाल, कार्कि र अमात्य

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंमा चर्चित तीन प्रमुखहरु फेरिए । उनीहरु हन् प्रहरीभित्र चर्चित पुष्कर कार्की, सर्वेन्द्र खनाल र दिनेश अमात्य । उनीहरुले अपराध न्युनिकरणका लागि चर्चित तीन इन्काउन्टरमा गुन्डादेखि लागूऔषध कारोबारीसम्म पारे । काठमाडौं अपराधिको डेरा जमाएर बसेका गण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेदेखि अर्का गुन्डा नाइके दिनेश अधिकारी उर्फ चरीसम्म प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय आज सोमबार नामुद लागूऔषध कारोबारी प्रविण खत्री पनि इन्काउन्टरमा मारिएका छन् ।

ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारी प्रविण खत्रीको मृत्यु भयो । ठूला लागूऔषध कारोबारीको रुपमा कहलिएका खत्री एक आफैपनि लागूऔषध सेवनबाट बञ्चित भने थिएनन् । सोमबार विहान प्रहरीले बिशेष सुराकीको आधारमा खत्रीसँग लागूऔषध र अबैध हतियार छ भन्ने सूचना पाएपछि सर्च गर्न गएका प्रहरीमाथि खत्रीले नै करिब चार राउण्ड गोली हानेको प्रहरीको भनाई छ । यो घटनामा प्रहरी आफैको बोली बाजिएको छ । ललितपुरका एसपी ईश्वर कार्कीका अनुसार खत्री आफैले कन्चटमा गोली हानेका प्रतिक्रिया यसअघि दिएका थिए । तर महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार जवाफी फायरिङमा घाईते भएकाले उपचारको क्रममा मृत्यु भएको यसअघि प्रतिक्रिया दिएका छन् ।

इन्काउन्टरमा मारिएका डन चरी, घैंटे र लागूअाैषध कारोबारी खत्री

गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैटेंको काठमाडौको कपुराधारामा २०७२ भदौ ३ गते प्रहरी इन्काउन्टरमा मारिए । घैंटे पनि प्रहरीमाथि माथि गोली चलाउँदा जवाफि फायरिङमा मारिएका थिए । तत्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल हुँदा घैंटे इन्काउन्टरमा मारिएका हुन् । घैंटेले सामाखुसी क्षेत्रलाई आधार बनाएर अपराधिक काम गर्दै आएका थिए । घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसी जुलुस नै लिएर शिक्षण अस्पताल पुगेका थिए । कांग्रेस सभासद जगदीशनरसिंह केसी, धनराज गुरुङ र भीमसेन दास प्रधान घैंटेको समर्थनमा थिए ।

२०७१ साउन २२ मा अर्का चर्चित गुन्डा नाइके दिनेश अधिकारी उर्फ चरी पनि प्रहरी इन्काउन्टरमै परे । काठमाडौंको भीमढुंगा जंगलमा प्रहरीसँगको मुठभेडका क्रममा चरी मारिएका हुन् । तत्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख पुष्कर कार्की थिए । ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्व उपाध्यक्षसमेत हुन् । एमाले अध्यक्ष केपी ओलीको संरक्षण पाएको त्यतिबेला चर्चाको बिषय थियो ।

र, यो पनि
प्रहरी ‘इन्काउन्टर’मा गोली लागेर गम्भीर घार्इतेको उपचारको क्रममा मृत्यु
प्रविण खत्री प्रकरणमा प्रहरीले भन्योः ‘उनी आफैले दायाँ कन्चटमा गोली हानेका हुन्’

 

साउन २३ गते, २०७४ - १८:२४ मा प्रकाशित

कुँवर खबरडबलीका संवाददाता हुन्, राजनीति र साहित्यमा रिपोर्टिङ गर्छन् ।

वाम गठबन्धनबाट भोलिसम्म बाहिरिने बाबुरामको संकेतः यस्तो छ विवादको ‘चुरो कुरो’

वाम गठबन्धनबाट भोलिसम्म बाहिरिने बाबुरामको संकेतः यस्तो छ विवादको ‘चुरो कुरो’

काठमाडौं । नेकपा माओवादी केन्द, नेकपा एमाले र नयाँ शक्ति पार्टीको संयुक्त वाम गठबन्धनमा विवाद उत्पन्न...   
माओवादी/एमालेः चुनावमा पहिलो बन्ने दाउ कि एकता ?

माओवादी/एमालेः चुनावमा पहिलो बन्ने दाउ कि एकता ?

हो प्रचण्ड खेलाडी हुन् । माओवादीको १० बर्षे जनयुद्व होस् या शान्ति प्रक्रियापछिका राजनीति खेलबारे...   
तातोपानी नाका नखुल्दा महंगियो चाडपर्वः दसैंको सामान अझै नेपाल आइपुगेन्

तातोपानी नाका नखुल्दा महंगियो चाडपर्वः दसैंको सामान अझै नेपाल आइपुगेन्

काठमाडौं । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पदेखि बन्द रहेको तातोपानी नाका नखुलेपछि नजिकिंदै गरेको...   
पहिलो पटक क्रान्तिकारीको चुनावः ३० पदका लागि १५७ जना चुनावी मैदानमा

पहिलो पटक क्रान्तिकारीको चुनावः ३० पदका लागि १५७ जना चुनावी मैदानमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचन केहि बेरमा शुरु...   
क्रान्तिकारीको इतिहासकै पहिलो चुनावः कुन प्यानलमा को–को परे ?

क्रान्तिकारीको इतिहासकै पहिलो चुनावः कुन प्यानलमा को–को परे ?

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २१ औं एकताको सम्मेलन भदौ ७ गतेदेखि काठमाडौंमा...   
पुष्कर कार्की, सर्वेन्द्र खनालदेखि दिनेश अमात्यः जसको ‘इन्काउन्टरमा परे यी अपराधी

पुष्कर कार्की, सर्वेन्द्र खनालदेखि दिनेश अमात्यः जसको ‘इन्काउन्टरमा परे यी अपराधी

महानगर अपराधका तीन प्रमुखः खनाल, कार्कि र अमात्य काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंमा चर्चित...   
रेणु दाहाल अर्थात महानगरकी पहिलो महिला मेयर

रेणु दाहाल अर्थात महानगरकी पहिलो महिला मेयर

नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकि छिन्...   
क्रान्तिकारीमा अध्यक्षका दाबेदारः को कसको नजिक ?

क्रान्तिकारीमा अध्यक्षका दाबेदारः को कसको नजिक ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महाधिवेशन नजिकिँदै छ ।...   
यी हुन देउवा नेतृत्वको सरकारमा सहभागी हुने १९ मन्त्री, हेरफेर गर्न चौतर्फि दबाब

यी हुन देउवा नेतृत्वको सरकारमा सहभागी हुने १९ मन्त्री, हेरफेर गर्न चौतर्फि दबाब

काठमाडौं । प्रधानमन्त्री पदमा शेरबहादुर देउवा निर्वाचित भएको डेढ महिनापछि बुधबार (आज) दिँउसो मन्त्रिपरिषद्...   
तीन ठूला विपत्तिले तंग्रिदै गरेको तातोपानी फेरि थलियो

तीन ठूला विपत्तिले तंग्रिदै गरेको तातोपानी फेरि थलियो

काठमाडाैं । सिन्धुपाल्चोक जति आफैसँग लडेको छ, त्यो भन्दा बढि विपत्तिहरुसँग लडेको छ । विपत्तिहरुसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top