Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चिनियाँहरूको साइकल मोह

\"\"२१ अाैं शताब्दीमा तीब्र रूपमा आर्थिक विकास भएका मुलुकहरूको नाम लिने हो भने सबैभन्दा पहिले हाम्रै छिमेकी मुलुक चीनको नाम अग्रस्थानमा आउने गर्दछ। चीन आफैंमा एउटा विशाल राष्ट्र हो । चीन विकसित मुलुक अमेरिकापछि विश्वकै दोस्रो ठूलो आर्थिक विकास हासिल गरेको राष्ट्र पनि हो। आर्थिक विकाससँगै यहाँ विकासका पूर्वाधारहरूको निर्माण तथा विस्तार पनि व्यापक मात्रामा भएको पाईन्छ । यसरी भौतिक पूर्वाधारहरूको चौतर्फी विकास र विस्तार सँगसँगै यहाँको सडक तथा यातायातको क्षेत्रमा भएको विकासले धेरै फड्को मारेको देख्न सकिन्छ। चीनमा धार्मिक, ऐतिहासिक, ब्यापार-वाणिज्य तथा औद्योगिक साना-ठूला सहरहरू धेरै रहेका छन्। तिनीहरूमध्ये साङ्हाइ (सांघाइ) पनि एक हो । यहाँ भएको यातायात ब्यवस्था र यहाँ सञ्चालित सार्वजानिक साइकलहरूका बारेमा थोरै चर्चा गर्न खोजिएको छ । साङ्हाइलाई नयाँ तथा आधुनिक शहर, ब्यापार तथा वाणिज्यको शहर, सम्पूर्ण चिनियाँहरूको सपनाको शहर, भौतिक निर्माणहरूले बेहुली झै सिंगारिएको शहर र पर्यटकहरूको राजधानी (जुन इन्डिपेन्डेन् सिटीको रूपमा चीनको पूर्वी-दक्षिणी भू-भागमा अवस्थित रहेको छ) को रूपमा चिन्न सकिन्छ । यहाँ यातायातका सबै साधनहरू जस्तै आन्तरिक तथा बाह्य हवाई सेवा, पानी जहाज, लामो तथा छोटो दुरीका रेल सेवा, भूमिगत मेट्रो रेल र सडक यातायात आदि सबै सहज रूपमा उपलब्ध छन् । \"\"यसरी यातायातका सबै प्रकारका सवारी साधनहरूको सहज उपलब्धता हुँदाहुँदै पनि यहाँका मानिसहरूको साइकलप्रतिको मोह भने गजबको छ। के केटा-केटी, के युवा-युवती, के वयस्क, के वृध्द-वृध्दा सबैको रोजाइ साइकल नै हुने गर्दछ । हुन त साइकल स्वास्थ्य तथा वातावरणको लागि अत्यन्तै प्रभावकारी यातायातको साधनका रूपमा परिचित छ। त्यस्तै चीन विश्वकै सबैभन्दा धेरै साइकल चलाउने राष्ट्र पनि हो । त्यसैले होला यहाँका हरेक सडकहरूमा साइकलको लागि छुट्टै लेनको ब्यवस्था गरिएको पाईन्छ। [caption id=\"attachment_133434\" align=\"alignleft\" width=\"296\"]\"\" लेखक[/caption] यहाँका सडकहरू अन्तराष्ट्रिय मापदण्ड अनुरूप निर्माण गरिएको हुनाले प्रत्येक सडकको दायाँ-बायाँ दुई चक्के सवारी साधन गुढ्ने लेन र फुट्पाथको ब्यवस्था, सडकको दायाँ-बायाँ तथा बीचमा बिजुली बत्ती जडान र प्रत्येक चोकहरूमा ट्राफिक बत्तीका साथै सिसी टिभी जडान गरिएका छन्। जसले सडक जाम, दुर्घटना, चोरी-लुटपाट र सामाजिक अपराधका कार्यहरूलाई न्यूनिकरण गर्न सहयोग गरिरहेको छ। अर्कोतर्फ सडकको दायाँ-बायाँ फूल तथा हरिया बोट विरूवाहरूले सडकलाई हरियालिका साथै सुन्दर र स्वच्छ वातावरण बनाउन सहयोग गरेको छ।
चीन सरकार वातावरण संरक्षणप्रति अति नै सजक र सचेत रहेको पाईन्छ। त्यसैले वातावरण स्वच्छ राख्न र सडकमा ठूला सवारी साधनहरूको चाप कम गर्न आफ्ना नागरिकहरूलाई साइकल चलाउन प्रोत्साहित गर्न अहिले विभिन्न प्रकारका सार्वजानिक साइकलहरू सञ्चालनमा ल्याई ठाऊँ ठाऊँमा यसलाई विस्तार गरेको देख्न पाईन्छ। जसलार्इ चाहिएको समयमा जुनसुकै बेला नागरिकहरूले सजिलै प्रयोग गर्न सक्दछन् । यसले सर्वसाधारण नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभ तथा सुविधा पुगेको देख्न सकिन्छ।
चीन सरकार वातावरण संरक्षणप्रति अति नै सजक र सचेत रहेको पाईन्छ। त्यसैले वातावरण स्वच्छ राख्न र सडकमा ठूला सवारी साधनहरूको चाप कम गर्न आफ्ना नागरिकहरूलाई साइकल चलाउन प्रोत्साहित गर्न अहिले विभिन्न प्रकारका सार्वजानिक साइकलहरू सञ्चालनमा ल्याई ठाऊँ ठाऊँमा यसलाई विस्तार गरेको देख्न पाईन्छ। जसलार्इ चाहिएको समयमा जुनसुकै बेला नागरिकहरूले सजिलै प्रयोग गर्न सक्दछन् । यसले सर्वसाधारण नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभ तथा सुविधा पुगेको देख्न सकिन्छ। यसरी यहाँ सञ्चालनमा आएका सार्वजानिक साइकलहरू विभिन्न कम्पनीका रहेका छन्। यसरी सञ्चालनमा आएका साइकलहरूमा ओफो (कालो-पहेलो), मो-बाइक (सुन्तले रङ-फुस्रो-कालो), चोउ च्यु चोउ च्युछ तान् (कालो-सेतो-रातो), सिआओ मिङ् तान् छ (निलो-कालो-सेतो) र सिआङ् छि तिआन् छ (हरियो-कालो, जुन ब्याट्रीबाट चल्छ) आदि हुन्। यिनीहरूको बनावट कम्पनी अनुसार फरक–फरक रहेको पाईन्छ। यी सार्वजानिक साइकल चलाउनका लागि सर्वप्रथम आफ्नो मोबाइलमा ती साइकलहरूको एप्स साइकलमा उपलब्ध रहेको क्यू आर कोड स्क्यान गरेर डाउनलोड गर्न सकिन्छ। त्यसपछि त्यो एप्समा खाता खोलेर साइकल मजाले चलाउन सकिन्छ। तर, खाता खोल्नका लागि सुरूमा केहि रकम जम्मा गर्नुपर्ने हुन्छ। जुन रकम साइकलको कम्पनी अनुसार एक सय देखि दुई सय पचास युयान (चिनियाँ रूपैयाँ) सम्म जम्मा गर्नु पर्दछ। तर, यो जम्मा गरेको रकम पछि आफ्नो खाता बन्द गर्दा फिर्ता गर्न सकिन्छ। यस्ता साइकलहरू प्रयोग गरे बापत केहि महसुल तिर्नु पर्दछ । जुन अनलाइन मोबाइलबाटै तिर्न सकिन्छ। यसरी साइकल प्रयोग गरेको प्रति घण्टा एक– दुई युयान सम्म महसुल काट्दछ। साइकल प्रयोग गरेको महसुल साइकलका कम्पनी अनुसार फरक फरक हुने गर्दछन्। साइकल चलाइसकेपछि साइकल पार्क गरेर बन्द गर्नु पर्छ। अन्याथअरूले प्रयोग गरिदिन सक्छन् । \"\"यस्ता साइकलहरूको प्रयोगले कम आयस्रोत भएका नागरिकहरूलाई साइकल किन्ने भार घट्न गई रकम बचतमा सहयोग गरेको पाईन्छ । त्यस्तै सडकमा ठूला सवारी साधनहरूको चापले हुने ट्राफिक जाम तथा सवारी दुर्घटनामा न्यूनिकरण गर्न सहयोग मिलेको देखिन्छ । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ठूलो जनधनको क्षति भएको समाचारहरू पढ्न पाईन्छन् । डब्लु एच् ओ (मे, २०१४) का अनुसार नेपालमा मृत्यु हुने मानिसहरूको जम्मा सङ्ख्याको ३.१८ प्रतिशत मृत्यु सडक दुर्घटनाको कारण हुने गरेको उल्लेख छ। यसरी सडक दुर्घटनाका घटनाहरू दिन–प्रतिदिन बढ्दै गइरहेको हाम्रो जस्तो देशमा यस्ता सार्वजानिक साइकलहरू सञ्चालनमा ल्याउन सके सडक दुर्घटनाको भयवह अवस्थालाई रोक्न सकिन्थ्यो। सार्वजानिक साइकलको प्रयोगबाट वातावरण संरक्षणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुगिरहेको पाईन्छ। यसको प्रयोगले ठूला सवारी साधनहरूको सञ्चालनमा कमी आई धूलो-धुवाँले हुने वायु प्रदुषणमा कमी ल्याउन सकिन्छ। अर्को तर्फ अनावस्यक ठूला सवारी साधनहरूले सडक तथा सहरको सुन्दरतामा पनि ह्रास ल्याउने काम गरिरहेको हुन्छ। यसरी सडकमा ठूला सवारी साधनहरूको चापलाई कम गर्न पनि यसको प्रयोगले मद्दत पुर्याएको देख्न सकिन्छ। त्यस्तै सडक तथा सहर सुन्दर र सफा राख्न, पुराना सवारी साधनहरू विस्थापन गर्न पनि साइकलको प्रयोगलेप्रभावकारी काम गरिरहेको छ। यसको प्रत्यक्ष उदाहरण साङ्हाइका सडक तथा सहरहरूलाई हेर्न सकिन्छ। यहाँ यति धेरै सवारी साधनहरूको चाप रहेपनि साइकलको प्रयोगले ट्राफिक ब्यवस्थापनमा सहयोग मिलेको छ भने सवारी दुर्घटनाहरू छिटफुट रूपमा मात्रा देख्न पाईन्छ। वर्तमान समयमा नेपालमा ठूला सवारी साधनहरूको अत्याधिक चापले सडकहरू जिर्ण बन्दै गएका छन्। जसले सडक दुर्घटना बढिरहेको छ। त्यस्तै हावामा धूलो-धुवाँको मात्रा बढेर वायु प्रदुषण भइरहेको छ। यसको प्रत्यक्ष असर हामी मानिस, बोट विरूवा तथा पशुपंक्षीहरूमा पर्न गएको छ। अर्को तर्फ धूलो-धुवाँले सहर तथा सडकको मुहार पनि कुरूप बनाइरहेको छ। यसले ऐतिहासिक तथा पुरातत्विक भवन संरचनाहरूमा क्षति पुगिरहेको छ। कार्यालय समयमा प्रायः जसो यहाँका सडकहरूमा तुलनात्मक रूपमा सवारी साधनहरूको चाप केही बढेको जस्तो देखिए पनि यातायातका साधनहरू सडकमा सहज रूपमै सञ्चालन भएको पाईन्छ। जसले समयमै कार्यालय, विद्यालय र कलेजहरूमा पुग्न सकिन्छ। तर हाम्रो देशमा कार्यालय समयमा ट्राफिक जामका कारण सहज रूपमा सवारी साधनहरू सञ्चालन हुन पाउदैनन्। जसले समयमा भनेको ठाऊँमा पुग्न सकिदैन। विशेष गरी हाम्रोमा, राजधानी काठमाण्डौं तथा राजधानी बाहिरका ठूला सहरहरूमा कार्यालय समयमा अत्याधिक मात्रामा ट्राफिक जाम हुने गर्दछ। काठमाण्डौंको थानकोट, कलङ्की, बल्खु, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, कोटेश्वर, सातदोबाटो, गौशला र चावहिल आदि मुख्य चोकहरूमा बढी मात्रामा ट्राफिक जाम हुने गरेको छ । त्यस्तै सार्वजानिक बसभित्र यात्रा गर्दा यात्रुहरूलाई बसको क्षमता भन्दा बढी चढाएर भूईमा खुट्टा टेक्ने ठाऊँ पाईदैन। त्यति मात्र कहाँ हो र, बस भित्र नअटेका यात्रुहरूलाई बसको ढोकामा समाउन लगाएर पनि यात्रा गरिरहेको पाईन्छ। जुन दुर्घटनाको दृष्टिकोणले एकदमै जोखिम पूर्ण यात्रा हो। यस्तो अवस्थामा न त बालमैत्रीको कुरा गर्न सकिन्छ न त वृद्ध, महिला, अशक्त तथा अपङ्ग मैत्रीकै कुरा उठाउन सकिन्छ । यी कारणहरूले गर्दा नै लैङ्गिक हिंसा, चोरी, लुटपाट, सामाजिक अपराध र सवारी दुर्घटनाका घटनाहरू दिनहुँ बढ्दै गइरहेको पाईन्छ। जसले जनधनको ठूलो क्षति भईरहेको छ । यसरी सार्वजानिक सवारी साधन र सडकमा देखिएका अत्यास लाग्दो अवस्थालाई केही मात्रामा भए पनि कम गर्नका लागि नेपाल सरकारले पनि चीनमा जस्तै सावर्जानिक साइकलहरू देशका मुख्य सहरहरूमा सञ्चालनमा ल्याउन सके साथै सर्वसाधरणहरूलाई साइकलहरूको प्रयोगमा प्रोत्साहन गर्न सके अहिले बढिरहेको वायु प्रदुषण रोक्न साथै सडक दुर्घटना कमी गर्न, समय र पैसाको बचत गर्न, सहर सुन्दर बनाउन, सबैमा यातायातको पहुँच पुर्याउन र स्वस्थ रहन सहयोग गर्ने थियो । हुन त हाम्रो देशका जिम्मेवार नेता, प्रधानमन्त्री, मन्त्री तथा सरकारी अधिकारीहरूले बेला बखतमा साइकल सिटी बनाउने भनेर भाषणहरूमा बताउने गरेका सुन्न त पाईन्छ। तर त्यसलाई व्यवहारमा लागु गरेको पाईदैन । यसरी एउटा सामान्य साइकलको प्रयोगले वातावरण, स्वास्थ्य, अर्थ तथा अन्य विविध पक्षमा फाईदा पुग्ने हुनाले हामी सर्वसाधरण नागरिकहरूले पनि यसको प्रयोगमा जोड दिन सके राम्रो हुने थियो । यसरी साइकलको प्रयोगले वातावरण प्रदुषण, सडक दुर्घटना र सडकमा सवारी साधनको चापमा कमी गर्न मद्दत गर्नुका साथै सडक र सहरलाई धुलो-धूवाँबाट जोगाई सफा र सुन्दर बनाउन पनि सहयोग गर्दछ। जसले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको राम्रो छाप गई पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्ने थियो। आशा गरौ, आउँदो निकट दिनहरूमा चाडै चीनमा जस्तै हाम्रो नेपाल सरकारले पनि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरू सञ्चालनमा ल्याउन सकोस् । काठमाण्डौँ र देशका अन्य भू-भागका साना तथा ठूला सहर बजारहरू साइकल मैत्री सहर बजार बन्न सकोस, कामना छ । फोटो ः दिप्ती बस्नेत  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies