Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

म्याग्दीका कृषक बिरुवा बेचेर गर्छन लाखौँ कमाइ

\"\"म्याग्दी । जिल्लाका कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका बिरुवा प्रतिवटा रु २० मा तथा अन्य वन पैदावारको प्रतिबिरुवा रु पाँचमा बिक्री हुन्छ । धौलागिरि गाउँपालिका– ७ हिलापोखरीका समबहादुर थापाले १५ हजार ४०० टिमुरका बिरुवा बेचेर रु तीन लाख आठ हजार आम्दानी गरे। उनी एक दशकदेखि बिरुवा उत्पादन गर्दै आएका छन् । बेनी नगरपालिका– ६ का मनकुमारी घर्तीले चार हजार ५००, चन्द्रबहादुर कुँवरले आठ हजार र रघुगंगा– ४ दग्नामका वीरबहादुर गर्वुजाले तीन हजार ९०० टिमुरका बिरुवा बिक्री गरे । चारैजनाको निजी नर्सरीमा उत्पादन भएको ३१ हजार ८०० टिमुरका बिरुवा जिल्ला वन कार्यालयले खरिद गरेर सामुदायिक वन उपभोक्ता समूह र कृषकलाई वितरण गरेको छ । तोरीपानीका सागर बानियाँ र गुमानसिंह बानियाँले यसपाली निजी नर्सरीबाट दश हजार टिमुरका बिरुवा बिक्री गर्नुभयो । वन कार्यालयले ३० भन्दा बढी टिमुरका बोट रोप्ने नौजना कृषकलाई प्रतिबोट रु ४० का दरले रु एक लाख ९६ हजार प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । खेर गईरहेको सामुदायिक वन र निजी खाली पाखो खरबारीमा टिमुर खेती विस्तार अभियान चलाएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । टिमुरले बजार पाएका कारण उत्पादन बढाउन बिरुवा रोप्ने अभियान चलाइएको हो । यस वर्ष जिल्लाभर करिब तीस हेक्टर क्षेत्रफलमा टिमुरका नयाँ बिरुवा रोपिएको छ । बेनी नगरपालिका –९ तोरीपानी, नेप्टेचौर, धौलागिरि गाउँपालीका– ७ ताकम, रघुगंगा– २ भगवती, अन्नपूर्ण– ४ नारच्याङ, मालीकाको दरवाङ क्षेत्रमा टिमुर खेती विस्तार भएको छ । यस याममा विभिन्न सातजना कृषकको निजी नर्सरीबाट साधारण बिजु जातका २२ हजार ५०० सुन्तलाका बिरुवा प्रतिबोट रु २० मा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको २८६ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष कार्यालयले २२ हजार ५०० बिरुवा अनुदानमा वितरण गरेको छ । कृषकले आफ्नै लागतमा थप तीन हजार बिरुवा रोपेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies