Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

टेलिकमको यस्ता सेवामा विशेष छुट, कल उठाउँदा पनि बोनस प्राप्त

\"\"काठमाडौँ । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ । अब एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक रु एक हजारमा उपलब्ध हुनेछ । पहिला मासिक एक हजार १७ मा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो । त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिला २१ जिबी डाटाका लागि रु एक हजार ९८० शुल्क लिइएकामा अब १५ जिबी डाटा रु ३०० मै उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै २५ जिबी डाटाको रु ५०० र ४० जिबीको डाटाको मूल्य रु ७०० मात्र तोकिएको छ । यी डाटाको गति एक एमबिपिएससम्म हुनेछ । दर्ता शुल्क पनि घटाएको टेलिकमले पहिले दर्ता शुल्क करबाहेक रु ५०० भएकामा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक रु ३०० र अनलिमिटेड डाटाका लागि रु २०० मात्र दर्ता शुल्क तोकिएको टेलिकमले जनाएको छ । यस्तै अब पहिलेकै मूल्यमा पहिलेभन्दा डबल भोल्युमको एफटिटिएच सेवा प्राप्त गर्न सकिने छ । सोअनुरुप १० एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत तीन महिनाका लागि २४० जिबी, छ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि एक हजार २०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि एक हजार २०० जिबी डाटा प्रयोग गर्न सकिने छ । साथै विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जिएसएम÷सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्कभित्र सात मिनेट भ्वाइस कल गर्न र सातवटा एसएमएस निःशुल्क पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies