Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

क्रान्तिकारीमा अध्यक्षका दाबेदारः को कसको नजिक ?

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महाधिवेशन नजिकिँदै छ । भदौ ७ गतेदेखि ११ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा अध्यक्षका आकांक्षीहरु पनि बढ्दै गएका छन् । अध्यक्ष पदका लागि अहिले क्रान्तिकारीका करिब ८ जनाले दाबी गरिरहेका छन् । उनीहरुले पार्टीमा राम्रै हैसियत पनि बनाइसकेका छन् । महाधिवेशनबाट क्रान्तिकारीमा २५ सदस्यीय पदाधिकारी सहित एक सय ९९ जनाको केन्द्रीय समिति निर्वाचित हुने छन् । जसमा १ अध्यक्ष, ६ उपाध्यक्ष (खुल्ला ३-१ महिला, १ मधेशी, १ मनोनित), महासचिव १, उपमहासचिव ३-२ खुल्ला-१ महिला), सचिव १३ (७ प्रदेशबाट ७ जना, महिला २, मधेशी तथा मुस्लिम १, जनजाति १, दलित १, विवि/विभाग/कार्यालय १) र कोषाध्यक्ष १ हुने छन् । पार्टी नेतृत्वले पनि निर्वाचन गराएको खण्डमा प्रमुख रुपमा अध्यक्षको लागि दाबेदार मानिएका अहिलेका उपाध्यक्ष अनिल शर्मा, रामचन्द्र अधिकारी, रन्जित तामाङ, उत्तम अधिकारी, खुशिराम चौधरी, मदन अर्याल, मिनकुमार शिवाकोटी र प्रवक्ता सुरेन्द्र बस्नेत पनि छन् । माउ पार्टी माओवादी केन्द्रका नेताहरुसँग उनीहरुको राम्रै हिमचिम छ । आ–आफ्ना नजिकका नेताहरुसँग उनीहरूले ‘लविङ’ शुरू गरिसकेका छन् । रामचन्द्र अधिकारी चितवनका अधिकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समूहका हुन् । अधिकारीको प्रचण्डसँग राम्रै हिमचिम छ । विशेषगरि क्रान्तिकारीको अध्यक्ष हुनका लागि अधिकारीले प्रचण्ड पुत्र प्रकाश दाहाल मार्फत पनि कुरा चलाइरहेको स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । उमेरले करिब ३५ काटेका अधिकारी पुराना विद्यार्थी नेता हुन् । अनिल शर्मा रुकुमका अनिल शर्मा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का भार्इ हुन् । उनीपनि अध्यक्षका लागि प्रमुख दाबेदार नै हुन् । एकातिर स्थानीय तह निर्वाचनमा रुकुममा राम्रो परिणाम ल्याएको त्यसको जस केहि हिसावले अनिलमा पनि जान्छ भने अर्कातिर विद्यार्थीमाझ लोकप्रिय नै मानिन्छन् । अनिलको चर्चा पनि प्रचण्ड निवासतिर खुब चलेको छ । जनार्दनका भाई अनिल पनि प्रचण्ड समूहभित्रै पर्छन् । रञ्जित तामाङ रञ्जित तामाङ पनि प्रचण्ड समूहभित्रै पर्छन् । प्रचण्ड समूहभित्र पनि उनी बर्षमान पुन ‘अनन्त’सँग नजिक छन् । अहिले प्रचण्डको विश्वास पात्रको रुपमा पुनलाई चिनिन्छन् । त्यसैले रञ्जित अध्यक्षको दाबेदार रहेको कुरा पुन मार्फत प्रचण्ड निवासमा पुगिसकेको छ । झापाका रञ्जितले यदि महाधिवेशनमा निर्वाचन नै भएपनि अध्यक्ष पद सुरक्षित राख्नका लागि पश्चिमका तिलक राज भण्डारीको सहयोगले गर्ने बचन दिएका छन् । सुरेन्द्र बस्नेत सुरेन्द्र बस्नेत पनि अध्यक्ष दाबेदार रहेको बताएका छन् । झापाका सुरेन्द्र पनि प्रचण्ड लाइनका हुन् । क्रान्तिकारीका प्रवक्तासमेत रहेका सुरेन्द्रले ‘लविङ’ शुरु गरेका छन् । उत्तम अधिकारी उत्तम अधिकारी पार्टी एकतामा आएका माओवादी नेता रामबहादुर थापा समूहका हुन । नुवाकोटका उत्तमले थापालाई दबाब दिइरहेका छन् । संगठनभित्र पनि वैचारीक नेताका रुपमा चिनिने उक्तमले यो पटक अध्यक्ष पाउन मुस्किल छ । पहिलो एकता महाधिवेशन भएकाले आफ्ना लाइनबाहेक नेतृत्व हस्तान्तरण गर्ने पक्षमा प्रचण्ड नरहेको स्रोतले खबरडबलीलाई जानकारी दियो । मदन अर्याल मदन अर्याल माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ समूहका हुन् । पुर्व विद्यार्थी नेता जाग्रित रायमाझीले समेत सहयोग गर्ने मदनलाई विश्वास दिलाएका छन् । नारायणकाजीले मदनका बिषयमा प्रचण्डसँग पनि छलफल गरिसकेका छन् । उनी सांसद निसा कुमारी यादव उनकी श्रीमती हुन। उनी हाल उपाध्यक्ष को जिम्मेवारी मा छन् । त्यस्तै स्थानीय निर्वाचन अघि मात्र नेकपा मालेबाट माओवादीमा आएका मिनकुमार शिवाकोटीले अध्यक्षको दाबी गरेका छन् । उनी केहि समयअघि मात्र माओवादी आएकाले उनले अधयक्षको चर्चा गरेका अन्य पदहरु लिने दाउमा रहेको क्रान्तिकारी कार्यालयतिर चर्चा छ । केन्द्रीय उपाध्यक्षसहित नौ जना केन्द्रीय सदस्य लिएर माओवादि केन्द्र मा प्रवेश गरेका हुन । हिजोमात्रै बागबजारको एक होटलमा छलफल गरेर अखिल क्रान्तिकारीका महिला नेतृहरुले पनि यो आफुहरुले पाउनुपर्ने माग गरेका छन् । उनीहरुले पन्चा सिंलाई अध्यक्ष पदका लागि अघि सारेका थिए । र, यो पनि क्रान्तिकारीको महाधिवेशनका लागि ६० लाख खर्च लाग्ने   क्रान्तिकारी नेतृहरुको भेलामा यसरी लगाए पद भागबण्डा  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies