Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

यी हुन देउवा नेतृत्वको सरकारमा सहभागी हुने १९ मन्त्री, हेरफेर गर्न चौतर्फि दबाब

\"\"काठमाडौं । प्रधानमन्त्री पदमा शेरबहादुर देउवा निर्वाचित भएको डेढ महिनापछि बुधबार (आज) दिँउसो मन्त्रिपरिषद् बिस्तार हुँदैछ । स्थानीय तह दोस्रो चरणको निर्वाचन र संविधान संशोधनले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ । अस्ति सोमबार नै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बचन दिएपनि कांग्रेसको गुटका कारण मन्त्रीको भागबण्डा मिलाउन नसकेका कारण देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मन्त्रिपरिषद् विस्तार गर्न देउवाले ढिलाई गरेपछि रुष्ट बनेका प्रचण्डलाई फेरि उनले हिजो मंगलबार साँझसम्म विस्तार गर्ने बचन दिएका थिए । तर प्रधानमन्त्री देउवा नेतृत्वकै नेपाली कांग्रेसभित्र भागबण्डा मिलाउन नसकेपछि मन्त्रिपरिषद् विस्तार मिति आज दिउँसोलाई सारिएको हो । हिजो राति पाटीभित्रको मन्त्रालय संख्या विवाद मिलाएपछि प्रधानमन्त्री देउवाले आज सरकार विस्तार गर्न लागेका हुन् । तर आज विस्तार हुने भनिएपनि समय भने तोकिएको छैन् । प्रधानमन्त्री देउवाले १९ जना मन्त्री थप गर्ने तयारी गरेका छन् । जसमा नेपाली कांग्रेसबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी, भीमसेनदास प्रधान, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्दैछन् । मीन विश्वकर्मा, अर्जुन जोशी र वीरबहादुर बलायरको नाम हेरफेर गर्न देउवालाई चौतफि दबाब आइरहेको स्रोतले स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । त्यस्तै माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, सन्तकुमार थारु चौधरी मन्त्री बन्दैछन् । माओवादीभित्र सीता नेपालीको सट्टा आशा कोइरालालाई मन्त्री बनाउनुपर्ने एक समूहले प्रचण्डलाई दबाब दिइरहेको स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । दबाबका कारण प्रचण्डले कोइरालालार्इ मन्त्री बनाउने करिब पक्कापक्कि भएको छ । फोरम लोकतान्त्रिकले भने जितेन्द्रनारायण देव र गोपाल दहितलाई बनाउने पक्कापक्कि गरिसकेको छ भने नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई बनाउने निर्णय गरेको छ । हाल कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुर श्रममन्त्री छन् । त्यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा छन् भने गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संसदीय मामिला तथा स्थानीय विकास मन्त्रीका रुपमा यसअघि नै सपथ लिइसकेका छन् । कांग्रेसले रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, खानेपानी तथा सरसफाइ, कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद, वाणिज्य मन्त्रालय पाउने सहमति भएको छ । माओवादी केन्द्रले आपूर्ति, पशुपन्छी विकास, महिला बालबालिका तथा समाजकल्याण, ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन मन्त्रालय पाउने सहमति भएको छ । फोरम लोकतान्त्रिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमिसुधार तथा व्यवस्था पाउनेछ भने नेकपा संयुक्तले जनसंख्या तथा वातावरण पाउने सहमति भएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण राखेका छन् । स्रोतका अनुसार सरकारमा सहभागि हुन देउवा र प्रचण्डको फोन पर्खेर बसेका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छुट्याएर ति चार मन्त्रालय देउवाले राखेका हुन् ।  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies