Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तीन ठूला विपत्तिले तंग्रिदै गरेको तातोपानी फेरि थलियो

\"\"काठमाडाैं । सिन्धुपाल्चोक जति आफैसँग लडेको छ, त्यो भन्दा बढि विपत्तिहरुसँग लडेको छ । विपत्तिहरुसँग सिंगाैरी खेल्नु सिन्धुपाल्चोकका लागि नियति नै बनेको छ । जब उठ्न खोज्छ अनि लड्छ फेरि । ठूला तीन विपत्तिहरुको बीचमा तंग्रिदै गरेको तातोपानी नाका फेरि थला परेको छ । जुरेमा गएको भयानहक पहिरोको घाउ खाटा बस्न नपाउँदै विनाशकारी भूकम्पले सिन्धुपाल्चोक ध्वस्त नै पार्यो । लगातार ३ वर्षमा तहसनहस भएको सिन्धुपाल्चोकमा भोटेकोसी नदीमा उर्लिएको बाढीले तातोपानीदेखि बाह्रविसेसम्म तहसनहस नै बनायो । यसरी लगातार ३ वर्षको बीचमा ३ बिपत्तिले जिल्ला नै तहसनहस बनाएको थियो । त्यसपछि तंग्रिदै गरेको उक्त क्षेत्र अाइतवार (हिजो) साँझ मात्रै नेपाल चीन सीमा नजिकै रहेको भोटेकोसी गाउँपालिकाको लार्चा पुलमा पहिरो खस्दा पुल भाँचिएर सडक सम्पर्क टुटेको छ । जुरे पहिरो: १ सय ४५ को एउटै चिहान, थाकथलो नै बगायो [caption id=\"attachment_141078\" align=\"alignleft\" width=\"750\"]\"\" जुरे पहिरो । फाइल फोटो[/caption] २०७१ साउन १७ गते विहान मांखा गाविसको जुरे भन्ने ठाउँमा भीषण पहिरो गयो । मानवियसंगै भौतिक क्षति पनि अर्बाैंको भयो । जुरेको भीषण पहिरोले १ सय ४५ जनाको क्षण भरमै ज्यान लियो, त्यस्तै सयौं घाइते भएका थिए । कयौं मानिसहरुको घरबार बिहिन भए । सबैको जग्गा जमिन पनि बगाएको थियो । लगातार महिना दिनसम्म निरन्तर पहिरो बगिरहेको थियो । पहिरोले भोटेकोसी नदी थुनिएको थियो । करिब २३ घण्टा भोटिकोसी नदी थुनिएको थियो । १ सय ४५ जनाको ज्यान जाने गरी गएको भीषण पहिरोले ड्यामसाइडस्थित बनसाघुँ माद्यामिक विद्यालयको भवनसमेत बगाएको थियो । मांखा र राम्चे गाविसको बीचमा गएको पहिरोले सडक नै अबरुद्ध भएको थियो । आवतजावत गर्न निकै कठिनाई थियो । त्यस्तै पहिरोले भोटेकोसी खोला थुनिएर बनेको ताल फुट्ने त्रासले स्थानीय त्रसित थिए । खोला थुनिएर बनेको तालले बाह्रबिसे बजार तान्ने भन्दै बाह्रविसेबासी समेत त्राहिमाम बनेका थिए । महिनौं दिनसम्म पनि बाह्रविसे, लामोसाँघु, खाडिचौर, बलेफी, सुकेटका स्थानीयले रातभर सुत्न पाएका थिएनन् । जुरेले सिन्धुलीका स्थानीयसमेत तनावमा थिए । भूकम्पमा ३५ सय बढीको ज्यान गयो, अर्बौंको क्षति [caption id=\"attachment_144719\" align=\"alignleft\" width=\"750\"]\"\" भूकम्प जाँदा तातोपानी । फाइल फोटो[/caption] जुरे पहिरोको घाउ निको नहुँदै अर्को विपत्ति आइपर्यो । जुरे पहिरो गएको १ वर्ष वित्न नपाउँदै २०७२ बैशाख १२ गते विनाशकारी भूकम्पले जिल्लाको तीनै क्षेत्र क्षतविक्षत भयो । गोरखा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प मानविय र भौतिक क्षति सबै भन्दा वढि सिन्धुपाल्चोकले नै ब्यहोर्यो । लिंसखु र अत्तरपुर गाविसबाहेक सबै गाविसमा मानवीय क्षति भएको छ । भूकम्पमा ३ हजार ५ सय ७० ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयमा रेकर्ड छ । अझैं ८ जना बेपत्ता छन् । भूकम्प र पराकम्पले हजारौं घरबार विहिन भए । हजारौंको अंगभंग भयो । भूकम्पमा मृत्यु भएका धेरै जसोको लाश एउटै खाल्डोमा पनि पुरिएको थियो । भूकम्पले शिक्षा, स्वास्थ्य, कृषिलगायत सबै क्षेत्रमा असर गरेको थियो । जिल्ला दैवी उद्धार समितिका अनुसार मृतकका परिवारले किरिया खर्च बापत ४० हजार रुपैयाँ पाईसकेका छन् । तर मृतक परिवारलाई राहत स्वरुप दिने भनेको १ लाख रुपैयाँ भने अझै पनि धेरैले पाइसकेका छैन । भोटेकोसी बाढीः तातोपानी–बाह्रविसे क्षतविक्षत [caption id=\"attachment_82108\" align=\"alignleft\" width=\"750\"]\"\" भोटेकोसी बाढिको वितण्डापछि तातोपानी । फाइल फोटो[/caption] विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकले अर्को बिपत्ति ब्यहोर्नु पर्यो । भूकम्पले थिलथिलो बनाएर तंग्रिन नपाउँदै गत बर्ष असार २१ गते छिमेकी मूलुक चीनको नेलाम भन्ने ठाउँमा पहिरो गएर नदी थुनियो। थुनिएको दी खोलिएर अाएको भेलले नेपाली भूमी तातोपानीको भोटेकासी नदीमा बाढी आयो । बाढीले तातोपानी गाविसको लिपिङ बजार, तातोपानी बजार, १० किलो, चाकु बजारमा घरहरु बगाएको थियो । बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडक बाढीले बगाएको थियो । तंग्रिदै गरेको तातोपानी नाका फेरि थलियो \"\" अाइतवार (हिजो) साँझ भोटेकाेसी गाउँपालिकाको वडा नम्बर २ र ४ मा पर्ने लार्चा पुल भाँचिएपछि तातोपानी र लिपिङसम्म पुग्ने सडक टुटेको छ । भूकम्प र भोटेकोसी बाढीले वितण्डा मच्चाएपछि तंग्रिदै गरेको उक्त क्षेत्रमा फुल्पिङकट्टी तिरबाट खसेको पहिरोले पुल भत्किएपछि अहिले अावतजावत गर्नसमेत समस्या परेको छ । वारिका मान्छे पारी र पारीका मान्छे वारी अाउन पाएका छैनन् । पहिरोपछि पुल भाँचिएर भोटेकोसी नदीमा बगेपछि बाढीले दुवैतिर कटान गरेको छ । अहिले उक्त ठाउँका मानिसहरूले त्यस क्षेत्र छाडेका छन् । कोहि अाफन्तका शरणमा पुगेका छन् भने कोहि राजधानी अाएका छन् । पुल भत्किएपछि लार्चा पुगेका सिन्धुपाल्चोकका एसपी रवीन्द्र केसीका अनुसार बाह्रबिसे क्रस गरेपछि करिब तीन/चार ठाउँमा पहिरो खसेको छ । खबरडबलीसँग कुराकानी गर्दै एसपी केसीले भने \'म अाज मात्रै उक्त ठाउँमा जाँदा पहिरो पन्छाउँदै जानुपर्यो । तंग्रीदै गरेको सडकहरूमा पनि पहिरोले क्षतविक्षत बनाइरहेको छ ।\' सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार पुल पारीका मानिसहरू वारि अाउन सकेका छैनन् । \'खबरडबलीसँग कुरा गर्दै सिलवालले भने \'९० मिटरको पुल पहिरोका कारण भत्किएपछि पुल पारिका मानिसहरू वारि अाउन सकेका छैनन्, उनीहरू टुलुटुलु हेरेर बसेका छन् ।\' सिलवालका अनुसार अाज जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकले अाैषधि, खाद्यान्न अपुग हुन नदिने निर्णय गरेको छ । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पाैडेलका अनुसार पुल भत्किएपछि करिब २ सय घरपरिवार सडकबाट बिच्छेद भएका छन् । \'पुल भाँचिएपछि अावत जावतमा समस्या छ\' पाैडेलले खबरडबलीसँग कुरा गर्दै भने \'यदि कोहि बिरामी र सुत्केरी भएपनि उनीहरूको उपचारको लागि निकै समस्या छ ।\' मैले मन्त्री ज्यूसँग पनि कुरा गरिसकेको छु\' उनले भने, \'भोलि इन्जिनियरको टोलि लिएर जाँदैछु ।\'

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies