Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

\"\"काठमाडौं । साउन २ गतेबाट जारी नेकपा माओवादी केन्द्रको सचिवालयको बैठकले ४ हजार भन्दामाथि रहेको केन्द्रीय समिति विघटन गर्ने भएको छ । शनिबार सम्पन्न जिल्ला इन्चार्जहरुसहितको सचिवालयको बैठकले केन्द्रीय महाधिवेशन आयोजक समिति दुई अंकमा अर्थात ९९ भन्दा माथि नलैजानेगरी निर्णय गरेको हो । तर हाल कायम ४ हजारभन्दा माथिको केन्द्रीय समिति यहि बैठकबाट विघटन भएको भने होइन । युवा इन्चार्ज तथा कार्यालयका सदस्य मणि थापाका अनुसार यो सैद्धान्तिक निर्णय मात्रै हो । भदौ १५ भित्र हुने प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमहरुबाट केन्द्रीय समिति विघटन गर्ने र दुई अंकमा झार्ने निर्णय अनुमोदन गराईसकेपश्चात बस्ने केन्द्रीय कार्यालयको बैठकले जम्बो केन्द्रीय समिति विघटन गरी दुई अंकको महाधिवेशन आयोजक समिति निर्माण गर्ने छ । \"\"यसअघि बनिसकेकै मापदण्ड अर्थात कुनै एउटा तहलाई नै समितिको रुप दिने गरेको माओवादीले यसपटक भने त्यसो नगर्ने भएको छ । अर्थात् हाल रहेको केन्द्रीय कार्यालय वा सचिवालयलाई केन्द्रीय आयोजक समितिमा नबदल्ने भएको छ । थापाको अनुसार यसपटक दुई अंकको समितिमा नयाँ युवाहरु तथा आवश्यकताका आधारमा क्षमतावान पार्टी नेता तथा कार्यकर्ताहरु ल्याउने तयारी भईरहेको छ । वाईसिएललाई गति दिइने चुनाव हार्नुको पछाडीको एक प्रमुख कारणका रुपमा पार्टीका युवाहरुलाई सहि ढंगले परिचालन गर्न नसकेको ठहर गरेको माओवादी केन्द्रले वाइसिएलका बारेमा निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तावका रुपमा प्रस्तुत गर्दै वाइसिएललाई गतिशिल बनाउनका लागि भदौको २ र ३ मा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । यसअघि वाइसिएलले सम्मेलनका लागी सम्पूर्ण तयारी गरिसकेको बताएको छ ।

यो पनि पढ्नुहोस्

https://www.khabardabali.com/2017/07/144229/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies