Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विनाप्रत्यारोपण कलेजो उपचार

\"\"काठमाडौँ । “कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ”, ७७ वर्षीया कपित्रामाया लिम्बूले सुनाइन् । तेह्रथुम पौठा–१ स्थायी घर भई हाल कोटेश्वर बस्ने लिम्बूले कलेजोमा समस्या भएर मेडिकेयर अस्पतालमा उपचार गराइन् तर ठीक भएन । लिम्बूले भनिन्, “छ/सात लाख रूपैयाँ पनि सकियो अस्पतालमा, ठीक पनि भएन, आयुर्वेदिक औषधि पाएपछि अहिले ठीक छ ।” लिम्बूको शरीरमा रातो रक्तकोष कम हुँदै गएको थियो । ललितपुरस्थित कुपण्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी उनले तीन महिना आयुर्वेदिक औषधि खाएकी थिइन् । लिम्बू मात्र हैन, उनीजस्ता धेरैले आयुर्वेदिक औषधिबाट कलेजो समस्याबाट पुनर्जीवन पाएका छन् । बालुवाटार निवासी ८० वर्षीया मीठुदेवी उपाध्यायको पनि आयुर्वेदिक औषधि खाएर स्वास्थ्यमा सुधार आएको छ । मीठुदेवीका छोरा डा राजन शर्माले भने, “कलेजोको समस्याको मेडिकल औषधि छैन, आयुर्वेदिक औषधि खाँदा सुधार आएको छ, खानामा रुचि पनि बढाएको छ ।” तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ४४ वर्षीय राजु भट्टराईले पनि आयुर्वेदिक औषधिको सेवन गरिरहेका छन् । “आयुर्वेदिक औषधि खाइरहेको छु, अनुहारमा पनि चमक आएको छ, कालो पनि हटेको छ”, उनले भने । भट्टराई कलेजोको उपचार गर्न भनेर काममा छुटी लिएर बसेका थिए । अहिले औषधिको प्रयोगपछि काममा जान सक्ने भएका छन् । नवलपरासी कावासोती–२ की ३७ वर्षीया विमला कँडेलले पनि कलेजोमा समस्या देखिएपछि आयुर्वेदिक औषधि खान शुरु गरेकी छिन् । “कलेजो समस्या भएर औषधि खान शुरु गरेको पाँच/छ महिना भयो, केही सुधार भएको लाग्छ तर परीक्षण गर्न बाँकी छ”, उनले सुनाइन् । वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा विसं २०४६/०४७ तिर विश्व स्वास्थ्य संगठनका सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार गर्न शुरु गरेका हुन् । उनले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आएका छन् । तीन सयभन्दा बढी व्यक्तिले उहाँको उपचारबाट स्वास्थ्य लाभ लिएका छन् । बाह्रबिसे नगरपालिका–२ मा ५८ वर्षअघि जन्मिएका वैद्य राउतका अनुसार कलेजो खराबीमा मद्यपानलाई दोष दिइन्छ तर मद्यपान नगर्ने व्यक्तिको पनि कलेजो बिग्रिएको पाइएको छ । “कलेजो प्रत्यारोपण नेपालीको हैसियत र पहुँच बाहिरको कुरा हो, प्रत्यारोपणपछि पनि घरमै उपयुक्त वातावरणमा बस्नुपर्ने हुन्छ, सामान्य वातावरणमा बाँच्न सकिँदैन ।” कलेजो समस्याका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । नेपाल संसारमा नपाइने जडीबुटी पाइने भए पनि त्यसको भरपुर प्रयोग गरी जनधनको सुरक्षित गर्न सकिएको छैन । कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खाना रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ । लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्य परीक्षण गरेर आयुर्वेदिक औषधि खानुपर्छ । कलेजो प्रत्यारोपण गर्नुपरेमा ५० लाख रूपैयाँभन्दा बढी लाग्छ तर आयुर्वेदीय उपचार अत्यन्तै कम खर्चमा गर्न सकिन्छ । कलेजो किमो दिएकाहरुलाई भने आयुर्वेदीय उपचार गर्न मुश्किल हुन्छ । कलेजो मानव शरीरको सबैभन्दा ठूलो अंग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियामा अन्त्यतै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ । कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अंग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि रातो रक्तकोष निर्माणमा कमी हुन्छ । आयुर्वेदीय औषधि र सचेतना (आहारविहार) बाट उपचार गर्न सकिने राउत बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies