Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘ओसामा बिन लादेनलाई तीन गोली हानें'

\"\"ओसामा बिन लादेन यस्ता व्यक्ति हुन्, जसले विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिकालाई समेत लामो समय काबुमा पारे । २ मे २०११ मा पाकिस्तानको जलालाबादको एबोटाबादमा अमेरिकी सैनिक कमान्डोको कारबाहीमा परी उनी मारिए । लादेनको जीवन र मृत्युबारे कतिपय तथ्य अहिले पनि विवादास्पद छन् । यहाँसम्म कि उनी अमेरिकी सैनिकको विशेष कारबाहीमा मारिएपछि उनको शवबारे अनेक हल्ला चलेका थिए । लादेनमाथि कसले गोली चलाएको थियो भन्ने अहिलेसम्म पनि आधिकारिक कुनै बयान आएको थिएन । एक अमेरिकी नेभी सिल अफिसर रोबर्ट ओ निलले एक किताबमा आफ्ना तीन गोलीले लादेनको मृत्यु भएको दाबी गरेका छन् । नेभी सिलका ४ सयभन्दा बढी अभियानमा सामेल भएका रोबर्टले आफ्नो किताब ‘द अपरेटर’ मा लादेन घटनाबारे आफ्नो अनुभव सार्वजनिक गरेका हुन् । अाजको राजधानी दैनिकमा प्रकाशित उनै रोबर्ट ओ निलसँग बीबीसीको आउट लुकमा अनु आनन्दले गरेको कुराकानीको अंश : ११ सेप्टेम्बर २००१ मा जब न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा हमला भयो, त्यसबेला तपाईं कहाँ हुनुहुन्थ्यो ? ११ सेप्टेम्बर २००१ मा जब वल्र्ड ट्रेड सेन्टरमाथि हमला भयो, त्यसबेला म जर्मनीमा तैनाथ एक टोलीको सदस्य थिए र जर्मन स्पेसल फोर्ससँग तालिम चलिरहेको थियो । यो खबर बाहिर आउँदा म एक इमेल टाइप गरिरहेको थिएँ । हवाई हमलालाई मैले पनि अरू मानिसले जस्तै टेलिभिजनमा देखेको हुँ । केही बेरपछि यो हमलामा विश्वकै खतरनाक आतंकवादी संगठन अलकायदा र त्यसका मुख्य नेता ओसामा बिन लादेनको संलग्नता रहेको कुरा बाहिर आयो । मैले त्यसैबेला अब अलकायदासँग युद्ध हुने अनुमान गरिसकेको थिएँ । त्यसको १० वर्षपछि ओसामा बिन लादेन अमेरिकी सेनाबाट मारिए । मे २०११ को त्यो अभियानबारे केही बताइदिनुहोस् न ? यस अभियानका लागि देशका अलगअलग क्षेत्रबाट हामीलाई टोलीमा बोलाइएको थियो । हामीलाई त यस्तो लागिसकेको थियो कि केही ठूलै घटना हुनेवाला छ तर गर्न खोजिएको के हो भन्नेबारे हामीलाई पनि थाहा थिएन । तीन दिनपछि हामीलाई कुनै अभियानमा जाँदै छौं भन्ने थाहा भयो । जस्तो कि यो अभियानबारे हामी कसैलाई पनि भन्न सक्दैनथ्यौं । हामीलाई यो अभियान पूरा गर्न सक्छौं भन्ने पूरा विश्वास थियो तर साथै हामी फर्किएर आउन नसक्ने आशंका पनि सँगसँगै थियो । यसका बाबजुद पनि मैले यो अभियानमा जाने निर्णय गरे । फर्किन सक्दैनौं भनेर सोच्नुको कारण के थियो ? यसको कारण पाकिस्तान थियो, जससँग आधुनिक वायु सुरक्षा प्रणाली, राम्रो राडार, उच्च स्तरको सेना तयार थियो र साथैै हाम्रो हेलिकोप्टर उडाइदिन पनि सक्थ्यो । यदि हाम्रो हेलिकोप्टरको इन्धन समाप्त भएमा हामी पाकिस्तानी भूमिमा हुने थियौं । हामी असफल हुने अवस्था आउने आशंका पनि थियो । यसको कारण हामी यो स्पष्ट भएर गएका थियौं कि सम्भवत हामी फर्किनेछैनौं । यी सबै कुराका बाबजुद हामीले चुनौतीलाई स्वीकार ग¥यौं । अभियानमा जानुअघि कति लामो तालिम चलेको थियो र तपाईंले यो कसरी पूरा गर्नुभयो ? यो धेरै विस्तृत थियो । यद्यपि हामीले आफ्नो करियरका क्रममा यस प्रकारका अपरेसन (कारबाही) बारे पनि तालिम लिएकै हुन्छौं । तालिम जतिसुकै खास र स्पेसल भए पनि हुने बेलामा जे हुनु छ भएर नै छाड्छ । किनकि केही कुरा यस्ता हुन्छन्, जो हामीले तयारी गरेको जस्तो हुँदैन । जब अभियान अन्त्य भयो, तब तपाईं घर पुग्दा कस्तो महसुस गर्नुभयो किनकि तपाईंलाई यो आशा कमै थियो ? मिसनका क्रममा जब म या टिमका कोही अरू सदस्य आफ्नो घरमा कुरा गर्दथ्यौं, त्यसबेला हामी कोही पनि गुड नाइट नभनी गुडवाई भन्थ्यौं । हामी हाम्रो अभियानबारे हाम्रो परिवारलाई समेत केही भन्न सक्दैनथ्यौं । म जब मेरो परिवारसँग रेस्टुरेन्टमा गएँ तब आफ्नी छोरी खेलिरहेको देखर सोचेको थिएँ कि सायद म उनलाई खेलिरहेको अन्तिम पटक देखिरहेको छु । २ मे २०११ मा पाकिस्तानको एबोटाबादमा के भयो ? यसबारे धेरै बताइसकिएको छ । धेरैपटक यसबारे विवाद पनि भयो । यसबारे कुनै आधिकारिक धारणा पनि छैन । त्यस अभियानका क्रममा के भएको थियो ? तपार्इं अफगानिस्तान फर्किनुभएको थियो र फेरि के भयो ? म अफगानिस्तानमा थिएँ । हामीलाई फोनको माध्यमबाट यसको जानकारी दिइयो । त्यसबेला हामीमध्ये केही ‘ट्रेड मिल’ मा थियौं । हामीलाई यस अभियानमा जान भनिएको थियो । एडमिरलसँग कुरा भयो । उनले केही फिल्मसँग तुलना गरे । हामीले आआफ्नो घरमा फोन ग¥यौं र अभियानमा निस्कियौं । हामीलाई दुईवटा हेलिकोप्टरमा जाने जानकारी दिइयो । हामी पछि दुई हेलिकोप्टर छन् र यसका पछि दुई ब्याकअप हेलिकोप्टर छन् । यसपछि हामी एयरबेसबाट उड्यौं । बोर्डर हुँदै एक नदीमाथि पुगेपछि हामी बायाँ मोडियौं, फेरि दाहिने र हामी पाकिस्तानको सीमा क्षेत्रमा पुग्यौं । पाइलटले हामी पाकिस्तानमा भएको जानकारी गराए । हामीलाई त्यहाँ पुग्न ९० मिनेट लाग्यो । \"\"यस अभियानमा २३ नेभी सिल थिए र तपाईंहरू दुई हेलिकोप्टरमा हुनुहुन्थ्यो ? हामी मुख्य अपरेसनमा सामेल थियौं । अर्को हेलिकोप्टर हामीलाई आधा बाटोमा इन्धन उपलब्ध गराउनका लागि थियो र यस्तै भयो । त्यो ९० मिनेट हामी एक अर्कालाई हेर्दै गयौं । केही आफ्नो आइप्याडमा लागे भने केही उँघिरहेका थिए । ९० मिनेटपछि हामी त्यो आधुनिक सहरमा थियौं, जहाँ रिसोर्ट र गल्फ कोर्स थियो । पाइलटले हामीलाई छतमा उतारे । हामी उत्रिनेबित्तिकै त्यहाँ रहेको ढोकालाई बमले उडाउने तयारी गर्न लागेका थियौं तर हामीलाई लाग्यो कि यो नक्कली ढोका हो । फेरि हामी अर्को ढोकालाई उडाउन चाहन्थ्यौं तर हामीले ढोका खोल्न भन्यौं । हामीले त्यसलाई खोल्यौं र भित्र पस्यौं । अब हामी ओसामा बिन लादेनको अड्डामा थियौं । मैले हाम्रो टिमका सदस्य कोठामा जाँदै गरेको देखिरहेको थियो, उनीहरू त्यहाँ रहेका महिला र केटाकेटीलाई अलगअलग स्थानमा जम्मा गरिरहेका थिए । हामी सबैलाई थाहा थियो कि कुनै पनि समय बम विस्फोट हुन सक्छ र हामी सबै मारिन सक्थ्यौं । तर हामी तीव्र रूपमा अपरेससनमा जुटिरह्यौं । अनि के भयो ? हामीलाई कुनै महिलाले ओसामा दोस्रो तलामा भएको बताइन् । उनको सुरक्षामा एक छोरा थिए । मसँग रहेका केही दायाँ र केही बायाँ बाटोलाई पन्छाउँदै अघि बढे । मसँग अघिअघि एक जना नेभी सिल कमान्डो थिए । म उनको पछि थिए । उसको अघि केही मानिस थिए । उनले अघिको पर्दा हटाए । अगाडि ओसामा बिन लादेन कोठामा हात उठाएर खडा थिए । हामीलाई थाहा छ कि यो काम क्षणभरमै भयो, तपाईंले कति गोली चलाउनुभएको थियो ? मैले ओसामा बिन लादेनमाथि तीन गोली चलाए । दुई गोली चलाउँदा उनी ठाडै थिए र तेस्रो गोली चलाउँदा ढले । अगाडि उनकी पत्नी खडा थिइन् । उनको छोरा मेरो बायाँ छेउमा थिए । मैले उनीहरू दुवैलाई विस्तारामा लडाइदिए । तब बाँकी मेरा साथी पुगे । मैले उनीहरूलाई अब के गर्ने भनेर सोधें । उनीहरू विस्तारै फिसिक्स हाँसे । हामीले त्यसपछि कोठा र आसपासको तलासी लियौं । त्यहाँ रहेका हार्डवेयर, पेनड्राइभ र अन्य इलेक्ट्रोनिक सामान जम्मा ग¥यौं । मसँग अरू तीन जना ती सामान लिएर बाहिर गए । त्यसपछि फेरि हामीले ओसामाको शवलाई बाहिर ल्यायौं । क्याप्टेन फिलिप त्यहाँ थिए । त्यसपछि त्यहाँबाट बाहिर जान टिमका सदस्यलाई जम्मा ग¥यौं । यस अपरेसनका क्रममा मेरो अघि जाने सैनिक अर्को समूहका थिए । उनीहरू सबै सैनिकले ओसामालाई कसले गोली चलायो भनेर सोधेका थिए । त्यसबेला मैले भने, ‘गोली मैले हानेको हो ।’ फेरि उनले भने, ‘मेरो परिवारको तर्फबाट तपाईंलाई धन्यवाद ।’ तपार्इं एबोटाबादमा हुनुहुन्थ्यो । तपाईंहरूको हेलिकोप्टर दुर्घटनाग्रस्त भयो । फेरि कसरी बाहिर निस्कनुभयो ? हामीसँग केही ठूला हेलिकोप्टर थिए, जुन हामी पछि ४५ मिनेटमा त्यहाँ पुगे । तीमध्ये एउटाले हामीलाई लिन आयो । जुन टोलीको हेलिकोप्टर दुर्घटनामा परेको थियो, उनीहरू त्यो हेलिकोप्टरमा चढे र अरू आआफ्नो हेलिकोप्टरमा फर्कियौं । ओसामाको शरीर र डीएनए पनि । हामी अफगानिस्तानको सीमा क्षेत्रतर्फ गयौं । हामीलाई यदि ९० मिनेटसम्म लगातार उड्न सकेमा सुरक्षित निस्किन सक्छौं भन्ने थाहा थियो । हामीले आफ्नो घडीमा ‘स्टेपवाच अन’ गरेका थियौं । सबै चुप थिए । कसैले केही बोलेका थिएनन् । यसपछि समय बित्दै गयो र पाइलटले हामी अफगानिस्तानको सीमा आइपुगेको जानकारी दिए । अफगानिस्तान पुगेपछि के भयो ? त्यहाँ पुगेपछि हामीले ओसामा बिन लादेनको शवको लम्बाइ नाप्यौं । हामीलाई राष्ट्रपति ओबामाले नै यो चाहको बताइयो । हामीसँग लम्बाइ नाप्ने टेप थिएन र हामीले ओसामाको शव नजिकै रहेको एक स्नाइपरबाट उनको लम्बाइको अनुमान लगायौं । त्यसपछि ओसामाको शरीरलाई अर्को बेसमा लगियो । त्यसपछि हामीले ओसामाको अड्डामा जे भेटेका थियौं, त्यसको अनुसन्धानमा एफबीआई जुट्यो । त्यसपछि ओसामाको शवलाई एक अमेरिकी नौसेनाको जहाजमा राखेर फारसको खाडीमा लगियो । मेरो फोन बज्न थाल्यो । भर्जिनिया, सेन्ट डियागो र वासिंगटनबाट फोन आउन थाल्यो । मेरा एक साथी ह्वाइट हाउसमा नै काम गर्दथे । उसलाई कसैले तिम्रो साथीले ओसामालाई मा¥यो भन्ने जानकारी दिएको थियो । मेरो परिवार र मेरा साथीलाई मप्रति ठूलो गर्व अनुभूति भयो । जो स्वाभाविक हो । के तपार्इंलाई यो अभियानपछि ‘म हिरो बने’ भन्ने लागेन ? बिल्कुल लागेनँ । मेरा केही परिचित साथीभाइ थिए, जसले ११ सेप्टेम्बरको हमलामा ज्यान गुमाएका थिए । उनीहरूले आज पनि आफ्ना परिवार वा साथीभाइको अनुहार सम्झिरहेको कुरा फोनमा बताइरहेका थिए । तपार्इंले नेभी सिल छाड्नुभयो र यो किताब लेख्ने निर्णय किन गर्नुभयो । तपार्इंको यो निर्णयलाई नेभी सिलको गोप्यता कोड भंग गरेकोसमेत भनिएको छ । तपाईंका एक कमान्डरले खुलापत्र लेखेर नै आर्थिक लाभका लागि लेखेको आरोप लगाएका छन् नि ? मैले जुन किताब लेखेको छु, त्यो ओसामा बिन लादेनविरुद्धको अन्तिम कारबाही केन्द्रित होइन । यो एउटा त्यस्तो मानिसको कहानी हो, जसलाई पौडिन समेत आउँदैन थियो । तर जो संयोगले नेभी सिलमा पुग्यो र आफ्नो अथक मिहिनेतले एक महŒवपूर्ण अभियानको हिस्सा बन्न पुग्यो । मैले यसबाट तपाईं अथक मिहिनेतबाट जे पनि गर्न सक्नुहुन्छ भन्न खोजेको हुँ । ओसामाविरुद्धको कारबाहीमा मेरो संलग्नता त्यसकै एउटा अंश मात्रै हो । जहाँसम्म कोडको कुरा छ, त्यो त्यसरी सार्वजनिक गरिएको छैन र मलाई थाहा छ कि गृहयुद्धबारे यस्ता पुस्तक लेख्नेहरूको समेत कमी छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies