Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रतिभा लुकाएर 'सेक्युरिटी गार्ड'

\"\"काठमाडौं । जाउलाखेल चोकभन्दा केही अगाडिबाट बायाँतर्फ मोडिएपछि उनले भनेकै स्थानमा पुुगेका छौं । एक कलेजको गेटअघि सेक्युुरिटी गार्डको डे«स लगाएर उभिएका कुुलबहादुुर शाहीले केही लजाउँदै हामीलाई पनि स्यालुुट गरे । हामी उनै कुुलबहादुुरलाई सुुन्न त्यहाँ पुुगेका छौं । दुुर्गम जिल्ला जुुम्ला तातोपानी ३ का कुुलबहादुुर दौडमार्फत देशमा शान्तिको सन्देश फैलाउने उद्देश्यले झन्डै ६ वर्षअघि घर छाडेर निस्किएका थिए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– खेतीकिसानी गर्ने उनको मध्यमवर्गीय परिवारसँग आर्थिक अभाव त थियो नै, सँगसँगै जुुम्ला बहुुमुुखी क्याम्पसमा ब्याचलर पहिलो वर्षमा अध्ययनरत कुुलबहादुुरसँग उनको परिवारले केही आशा पनि गरेको थियो । घरपरिवारको आशा र आफ्नो सम्भावनालाई बेवास्ता गर्दै देशमा शान्तिको सन्देश फैलाउन घरबाट निस्किएका कुुलबहादुुरलाई यतिबेला नियतिले सेक्युुरिटी गार्डको जागिरेका रूपमा उभ्याएको छ । उनले दौडिएर देशका ७५ वटै जिल्ला सदरमुकाम पुुगी शान्तिको सन्देश फैलाउने अभियान त पूरा गरे तर, कतैबाट पनि सहयोग प्राप्त नहुुँदा त्यसपछिको अभियान अघि बढाउन सकेनन् । उनलाई अपरिचित काठमाडौंमा दैनिकी टार्नसमेत मुुस्किल हुुन थाल्यो, अनि उनका लागि दौडभन्दा पनि आफ्नो पेट पाल्नका लागि सेक्युुरिटी गार्डको काम गर्नुु बाध्यता बन्यो । झन्डै १० वर्षको सशस्त्र द्वन्द्वपछि देश शान्तितर्फ फर्कंदै थियो । तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीचको समझदारी पछि पहिलो संविधानसभाको निर्वाचनसमेत सम्पन्न भइसकेको थियो । यद्यपि देशको अवस्था अझै अस्थिर थियो । सशस्त्र द्वन्द्वबाट प्रभावित जुुम्लाका कुुलबहादुुरलाई लाग्यो, देशमा शान्ति कायम गर्न केही गर्नुुपर्छ । उनको मनमा छुुट्टै विचार पनि फुु¥यो, शान्तिको सन्देश लिएर देशका ७५ वटै जिल्ला सदरमुुकाम पुुग्ने । त्यो पनि दौडिएर । उनले आफ्नो योजना पिता वीरबहादुुर शाहीलाई सुुनाए । परिवारका अन्य सदस्यसँग पनि सल्लाह गरे । सुुरुमा कसैले पनि साथ दिएनन् । पिता वीरबहादुुरले नयाँ ठाउँमा पुुग्दा मान्छेहरूले नराम्रो व्यवहार गर्छन्, कुुट्लान, मार्लान् भनेर समेत सम्झाए । तर, कुुलबहादुुरले आफन्तको सल्लाह पनि फिटिक्कै मानेनन् । २०६८ साल पुुस २५ गते आफ्नै जिल्ला जुुम्ला सदरमुुकामबाट शान्तियात्रा सुुरु गरे । जुुम्लाका तत्कालीन प्रमुुख जिल्ला अघिकारी महादेव पन्तले उनलाई पहिलो प्रमाणपत्र दिएका थिए । कुुलबहादुुरले दौड सुुरु गर्दा साथमा पैसा थिएन । घरबाट निस्कँदा पिता वीरबहादुुरले दिएको दुुई बोतल पानी, एक प्याकेट चाउचाउ, जौ र कोदोको १८ वटा रोटीमात्रै थियो । उनी पुुगेको स्थानमा सहयोग मागेर अभियान पूरा गर्ने अठोटका साथ घरबाट निस्किएका थिए । तर, धेरै अवस्थामा सहयोग प्राप्त भएन । ‘जिल्लाका इलाका प्रहरी कार्यालयको निगरानीमा दौडिएको थिएँ । धेरै स्थानमा प्रहरी कार्यालयमै खान बस्न दिए । बाटोबाटोमा भेटिएका केही मनकारीले सहयोग पनि गर्नुुभयो,’ कुुलबहादुुरले सुुनाए’, ‘तर, केही स्थानमा नसोचेको दुुःख पनि पाएँ । सोलुुखुुम्बुु र मुुस्ताङबाट मनाङतर्फ पुुग्दा खानेकुुरा समेत पाइनँ । जुुम्लामै हुुर्किएको भए पनि त्यस्तो हिउँमा बसेको थिइनँ । बिरामी पनि परेँ ।’ कुुलबहादुुरले दुुई सय १८ दिन लगाएर काठमाडौंको जिल्ला प्रशासन कार्यालय बबरमहल पुुगेर आफ्नो अभियान पूरा गरे । उनीसँग दौड पूरा गरेको ७५ वटै जिल्ला प्रशासन कार्यालयले दिएको प्रमाणपत्र छ । जिल्ला खेलकुुद विकास समितिलगायत सरकारी निकाय तथा अन्य संघसंस्थाहरूले दिएका दुुई झोला प्रमाणपत्र छन्, उनीसँग । उनले आफूले गरेको मेहनत देखाउनका लागि सो प्रमाणपत्र जम्मा पारेका थिए । तर, आजभोलि ती प्रमाणपत्रहरू उनलाई बोझ झैं भएका छन् । ‘मैले आफूले गरेको मेहनतलाई सरकारले पहिचान गर्ला भन्ने सोचेको थिएँ । त्यसैले दौडिएर ७५ जिल्ला मात्रै पुुगिनँ, प्रमाणपत्रसमेत ल्याएको छुु’, उनी भन्छन्, ‘दुुःखको कुुरो सरकारले कुुनै वास्ता गरेन । काठमाडौंमा आफ्नो बस्ने स्थानसमेत छैन । अहिले यी प्रमाणपत्र सुुरक्षित गर्नसमेत मुुस्किल परिरहेको छ ।’ कुुलबहादुुरले सरकारले आफूलाई शान्ति धावकका रूपमा घोेषणा गरिदियोस् भन्ने इच्छा व्यक्त गरेका थिए । त्यसैले उनले आफू ७५ वटै जिल्ला पुुगेको प्रमाणपत्र तत्कालीन राष्ट्रपति डा.रामवरण यादवलाई बुुझाउने प्रयास गरेका थिए । त्यसका लागि उनी बारम्बार राष्ट्रपति कार्यालय शीतल निवास पनि पुुगे । तर, सुुरक्षा गार्डले त्यहाँ पस्नसमेत नदिई निकालिदिए । ‘राष्ट्रपतिलाई भेट्नका लागि मैले पत्रकार ऋषि धमलालाई समेत भनेँ तर, भेट्न सकिनँ । बरु, उहाँले अर्जुुननरसिंह केसीमार्फत सम्मान गरिदिनुुभयो’, उनले भने, ‘राष्ट्रपतिलाई भेट्न नसकेपछि खेलकुुद मन्त्रालय र राष्ट्रिय खेलकुुद परिषद्मा प्रयास गरेँ तर त्यहाँबाट पनि शान्ति धावकको प्रमाणपत्र पाउन सकिनँ ।’ उनले आफ्नो अभियानमा राज्यबाटै सहयोग प्राप्त नभएको गुुनासो गरे । ‘मेरो पहिलो प्रयासमै सरकारबाट सहयोग पाइनँ । बरु, बारम्बार निरुत्साहित हुुने व्यवहार भयो’, आफ्नो भविष्यबारे चिन्तित कुुलबहादुुर भन्छन्, ‘त्यसपछि दौडतर्फको मेरो यात्रा त्यत्तिकै रोकियो । ठूलो नाम कमाउँछुु भनेर घरबाट निस्केको म अहिले काठमाडौंमा बाँच्नका लागि संघर्ष गरिरहेको छुु । बाबाले घर आइज भन्नुुहुुन्छ तर, घर जाने आँटसमेत छैन । त्यसैले बाध्य भएर सेक्युुरिटी गार्डको काम गर्न थालेको छुु ।’ कुुलबहादुुरको दौडको चाहना भने अझै मरेको छैन । जब खेलाडीहरू अभ्यास गरिरहेको देख्छन्, उनको खुुट्टा पनि त्यतैतिर मोडिन्छ । विभिन्न विभागीय टोलीमा आबद्ध उनका साथीहरूलाई भेट्दा पनि उनलाई दौडिहालौं जस्तो लाग्छ रे । तर, उनलाई आफ्नो अवस्थाले त्यही कलेजको गेट कुुर्न बाध्य बनाउँछ । ‘मैले सेक्युुरिटी गार्ड गर्नुुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्, ‘अहिले त्यही काम गर्नुु परेको छ । हातमाथि लगेको देखेन भने आउने जाने रिसाउँछन् । त्यसैले लाज लागेर पनि स्यालुुट गर्नुुपर्छ । अहिले पेट पाल्नकै लागि मनले नमानेको काम गर्नुु परेको छ ।’ खेलकुुदकै लागि घर छाडेका कुुलबहादुुर खेलकुुदले नै केही व्यवस्था गरिदिए अझै दौडलाई निरन्तर दिने चाहना रहेको बताउँछन् । ‘अहिले कतैबाट सम्मान नपाए पनि मरेपछि भने मेरो सम्झना होला भन्ने लागेको छ । सरकारबाट शान्ति धावकको प्रमाणपत्र पाउन सकिनँ’, उनी भन्छन्, ‘जीवन धान्न खेलकुुदबाट रंगशालामा गार्डकै लागि भए पनि केही व्यवस्था भइदिए निकै आभारी हुुने थिएँ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies