Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

\"\"रसुवा, ७ साउन । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले सुझाव दिएका छन् । जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट गोसाइँकुण्ड स्थान निस्कनुपूर्व नै एसिटाजोल अनाइड चक्की साथमा राख्न सुझाव दिइएको छ । सो औषधिले फोक्सोमा पानी जम्न नदिने बताउँदै डा पोखरेलले दुई चार चक्की सिटामोल, दुई चार पोका जीवनजल र पानीको बोतल बोक्न सल्लाह दिए । \"\"गोसाइँकुण्ड समुद्री सतहदेखि १४ हजार सय फिटको उचाइमा पर्छ । सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पार्वतीको माइत हिमालयतर्फ लागेका शिवले पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए । कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ । यात्रामा बाक्लो स्विटर र कानेटोपी लगाउँदा तथा बेला बखत वीरेनून, मरिच, ज्वानु, पाचक र लसुन खाँदा शारीरिक अवस्था यथास्थानमा राख्न सहज हुने धैबुङका पण्डित टंकप्रसाद ढकालले बताए । गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ । यस वर्ष यही साउन १३ गते नागपञ्चमी (जनैपूर्णिमा) परेको छ । सो दिन स्नान र पूजाराधना गर्दा गोसाइँबाबालगायत सम्पूर्ण देवदेवताको दर्शन मिल्ने धार्मिक विश्वास छ । पूजाआजाका लागि भने तामाको दियो, बसाहा, बत्ती, धुप, जौतिल, जटा नरिवल, श्रीखण्ड वा केशरी, गाईको घिउ र बेलपत्रका साथै वस्त्र प्रयोग गरिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies