Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

किन कमजोर देखियो माओवादी ?

संविधान सभाबाट संविधान जारी भएपश्चात् भर्खरै मात्र स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । जुन निर्वाचन नेपाली राजनीतिको महत्वपूर्ण र संघर्षमय इतिहास बोकेको नेकपा माओवादी केन्द्रको आफ्नै नेतृत्वमा पहिलो र उसैको सहयोगमा कांग्रेसको नेतृत्वमा दोश्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सबै एजेण्डा माओवादीको हो तर, स्थानीय निर्वाचनमा भने ने. क. पा माओवादी केन्द्र लाई अत्यन्तै कमजोर स्थितिमा देख्नुपर्यो । संसदीय व्यवस्थामा तेश्रो शक्तिको अवस्थामा रहेको सो पार्टी आज पुनः तेश्रो शक्तिको हैसियतमा झरेको छ । [caption id=\"attachment_143924\" align=\"alignleft\" width=\"285\"]\"\" लेखक[/caption] नेतृत्वले तरवारको धारमाथिको यात्रा गरेकै कारण सात दशक अघिदेखिको आफ्नै जनप्रतिनिधिद्वारा संविधान लेख्ने जनताको चाहाना माओवादीले दुई दशकमै पुरा गरिदियो । यसबाट पनि प्रस्ट हुन्छ कि माओवादी पार्टी र त्यसमा रहेका नेताहरु चुनौतिहरुलाई सजिलै पार लगाउन सक्छन् । तर, देशको लागि तरवारको धारमाथिको यात्रा गरेका माओवादीको एजेण्डा देश र जनताले स्विकार गरिसक्दा पनि उनीहरुले सञ्चालन गरेको पार्टी आज किन कमजोर अवस्थामा आईपुग्यो, किन पत्याएनन् जनताले उनीहरुलाई ? यसमा नेतृत्व र कार्यकर्ताको के कस्ता कमजोरी देखिए ? केहि समय अघि एक अनलाईनमा \"उत्कृष्ट एजेण्डा भएपनी किन हार्यो माओवादीले\" भन्ने शीर्षकमा पंक्तिकारको बिचार प्रकाशित भैसकेको छ । आज यस लेखमा पंक्तिकारले कसरी माओवादीलाई शक्तिशाली बनाउन सकिन्छ, पार्टी कमजोर हुनुमा आन्तरिक र बाह्य रुपमा के-कस्ता कमजोरी छन् भन्ने बिषयमा आफ्नो बिचार पस्कने प्रयास गरेको छ । किन जनताबाट एक्लियो माओवादी ? युद्धरत अवस्थाबाट शान्ति प्रक्रियामा आउँदासम्म माओवादीसँग एजेण्डाको भारी थियो । तर, बिस्तारै माओवादीले आफ्नो झोलाबाट एजेण्डा चुहिएको पत्तै पाएन । त्यसैकारण पनि माओवादी क्रमशः जनताबाट एक्लिँदै गयो । परिवर्तनको दौरानमा गल्ती सबैको हुन्छ । माओवादीका पनि केहि गल्ती भए होलान् अझ भनौं जसले समाजलाई परिवर्तनको बाटोमा सबैभन्दा बढि गल्ती उसबाट हुन्छ । माओवादीबाट देशलाई घाटा हुने त्यस्ता कुनै गल्ति भएनन् । तर, अरुले गरेको नराम्रो कामको बिरोध त परै जाओस् , आफुले गरेको राम्रो कामको प्रचार समेत गर्न सकेन माओवादीले । अन्य दलहरुले अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई संरक्षण गरिरहँदा, माओवादीले भने नेतृत्वको एक आदेशमा देशको लागि बलिदान दिन तयार आफ्ना सोझा साझा कार्यकर्ताको समेत सुरक्षा गर्न सकेको देखिएन र पछिल्लो समय पार्टीलाई ठूलो बनाउने नाममा अन्य पार्टीमा रहदाँ बद्नाम भएर कुहिएकाहरुलाई पार्टीमा भित्र्याउने काम समेत नेतृत्वले गर्यो जुन पार्टीको लागि घातक थियो । जनयुद्ध सुरुवात गर्दा सानो टिमले गरेको थियो । तर, अहिले आएर गतिशिल व्यक्तिहरुको सानो टिमले पनि सजिलै लक्ष हाँसिल गर्न सक्छ भन्नेकुराको हेक्का नेतृत्वले राख्न सकेन ।गुणात्मक भन्दा सङ्ख्यात्मक रुपमा पार्टीलाई ठुलो बनाउन लागियो त्यसै कारण आज माओवादीमा ४,००० केन्द्रीय सदस्य छन् । केन्द्रीय नेताहरुले कार्यकर्ताको कुरै सुन्दैनन् । नेताहरु सबै केन्द्रमै सिमित रहनु र गाउँमा संगठन निर्माण नगर्नुले पनि माओवादीले निर्वाचनमा पराजय बेहोर्नुपर्यो । पटकपटक गल्ति गरिरहने तर गल्ती भएको स्वीकार नगर्ने प्रवृत्ति अहिले माओवादी भित्र हावी छ । अव पनि नेतृत्वले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्न ढिलाई गरेमा त्यसले पार्टीलाई धराशायी बनाउने निश्चित छ । गल्ती गर्नेहरुले पनि आफ्नो गल्ती स्वीकार गर्दै आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिएर सक्षम व्यक्तिहरुको नयाँ गतिशील गाउँ /नगर /प्रदेश र केन्द्रीय समिति निर्माण गरेर अघि नबढे माओवादी केन्द्रको अवसान हुन समय लाग्दैन ।
पछिल्लो समय पार्टीभित्र कसरी जनतामा जाने भन्दापनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाईदा लुट्ने भन्नेमा नै नेताहरु बढी केन्द्रित हुन पुगेको देखिन्छ । अर्कोतर्फ नेतृत्वको चाकरी गर्ने र आफ्नालाई प्राथमिकतामा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेतृत्वको नजिक भएपछि संगठन निर्माण गर्नुनपर्छ भन्ने मानसिकता उपल्लो स्तरका नेतामा रहेको पाइँदैन । यस्ता प्रवृत्तिलाई जरैदेखि उखेलेर नफ्याकेसम्म पार्टी सुध्रनेवाला छैन ।
शान्तिप्रकृयामा आउदै गर्दा नेतृत्वले गल्ती गरेकै हो । २०६३ मंसीरमा सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गरे । संसदीय व्यवस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदीय व्यवस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणबादको बाटोमा लागेको पुष्टि हुन्थ्यो । त्यसै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधानसभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान–सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई माओवादीकै सरकार रहेको बेलामा विघटन गराईयो । त्यतिमात्र होइन पार्टीभित्र रहेका क्रान्तिकारी धारलाई पाखा लगाएर आत्मसमर्पणवादी समुहलाई बलियो बनाउने काम नेतृत्वले गर्यो । यसले पनि जनतामा माओवादीप्रतिको मोह क्रमशः घट्दै गएको थियो । पछिल्लो समय माओवादीहरु व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भए । जनयुद्धमा जस्तो जनतासँग नजिकिन सकेनन् । अझ केन्द्रमा बसेर गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्ने प्रवृति पार्टीमा झांगिदै गयो । संगठन सुदृढ गर्न सयौं पटक बैठक बसे पनि सुधार हुन सकेन । केन्द्रदेखि जिल्लासम्म सबै संगठन अहिलेपनि भद्रगोल अवस्थामा छन् । अर्कोतर्फ संगठन निर्माणको लागि खट्ने कार्यकर्ता गाउँमा छैनन् । साँच्चै भन्ने हो भने स्थानीय निर्वाचनमा कतिपय स्थानमा माओवादीले योग्य उम्मेदवारनै पाउन सकेन । सबै कार्यकर्ता सहरमुखी बने, जनयुद्धमा जिउज्यान फ्यालेर पार्टीको लागि खटेका कार्यकर्ताको व्यवस्थापन शान्तिप्रकृयामा आएपश्चात् नेतृत्वले गर्न सकेन । पूँजीपति वर्गले पार्टीमा प्रसस्त ठाउँ पाए । त्यसैकारण युद्धमा साथ दिएकाहरु विस्थापित हुन पुगे । आफ्नै कार्यकर्ता र जनयोद्धाहरुको समेत विश्वास गुमाउँदै गएको स्थितिमा जनताको मन जित्नसक्ने कुरै थिएन । माओवादी जनताबाट एक्लिनुमा सबैभन्दा ठूलो कमजोरी नेतृत्वकै रहेको छ । पार्टीलाई ठूलो बनाउने नाममा ४००० केन्द्रीय सदस्य बनाउनु र दर्जनौं व्यक्ति केन्द्रीय सदस्य रहेको जिल्लामै एउटा वडा समेत माओवादीले नजित्नुले पनि नेताहरु पार्टीको लागि होईन आफ्ना लागि गर्छन् भन्ने प्रस्ट हुन्छ । पछिल्लो समय पार्टीभित्र कसरी जनतामा जाने भन्दापनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाईदा लुट्ने भन्नेमा नै नेताहरु बढी केन्द्रित हुन पुगेको देखिन्छ । अर्कोतर्फ नेतृत्वको चाकरी गर्ने र आफ्नालाई प्राथमिकतामा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेतृत्वको नजिक भएपछि संगठन निर्माण गर्नुनपर्छ भन्ने मानसिकता उपल्लो स्तरका नेतामा रहेको पाइँदैन । यस्ता प्रवृत्तिलाई जरैदेखि उखेलेर नफ्याकेसम्म पार्टी सुध्रनेवाला छैन । अन्त्यमा, हेडक्वाटरमा निर्वाचन समीक्षा गर्दै गर्दा कतिपय व्यक्तिले नेतृत्वलाई गलत रिपोर्टिङ गरेको समाचार बाहिरियो । ८५ स्थानमा माओवादी दोश्रो स्थानमा रहेको रिपोर्ट आयो । त्यसमध्ये करिव २५ स्थानमा चुनाव चिन्हको कारण निर्वाचन हारेको मनगणन्ते रिपोर्टीङ गरेको कुरा समेत बाहिरीन आयो । वास्तवमा माओवादीले बाह्य रुपमा कुनैपनि कारणले चुनाव हारेको थिएन । पार्टी नै आन्तरिक रुपमा कमजोर हुँदा निर्वाचन हारेको स्वीकार सबैले गर्नैपर्छ । र, आगामी निर्वाचनको लागि संगठन निर्माणमा जुट्नुपर्छ । आजको पराजयले भोलिको विजयको लागि शिक्षा दिएको छ । नयाँ ढंगबाट पार्टी निर्माण गरेर अघि बढ्ने हो भने आगामी दिनमा पक्कैपनि केहि ठाउँको नतिजा बदलिएर माओवादी तर्फ आउने निश्चित छ । अहिले माओवादी आन्दोलन कमजोर हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने सोच राखेर पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो । अहिले युद्ध गरेर ल्याईएको उपलब्धि लगभग संस्थागत भैसकेको अवस्था छ । माओवादीहरुले घुमाउरो पाराले आफ्नो हार स्वीकार गरिसकेका छन् र भन्दैछन् अंकगणितिय रुपमा निर्वाचनमा पराजित भएपनि हामीले एजेण्डामा जितेका छौं । हो, माओवादीको एजेण्डामा देश र जनताले जितेका छन् । तर, स्वयम् माओवादी पार्टी भने आज किन कमजोर बन्यो त्यो अवको समीक्षाको विषय बन्नुपर्छ र शक्तिशाली माओवादी पार्टी गठन गर्नुपर्छ । त्यसो नगरी प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउँदैनन् । जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न अव प्रचण्डले सबै सबै विकल्पहरु खुला राखी पूर्व माओवादी नेताहरुलाई मिलाएर शक्तिशाली माओवादी पार्टी निर्माण गर्नुको विकल्प छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies