Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल मच्चाएको छ । पार्टीका जिल्ला इन्चार्जसहितले रिपोर्टिङ गर्ने सचिवालयको बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले ‘जोवन ढल्काउने गरी बसेर पार्टी र संगठन बन्दैन’ भन्ने अभिव्यक्तिमाथि प्रकाशित समाचारलाई लिएर विवाद शुरु भएको हो । एक समाचार अनलाईनमा पार्टीका १२ जना नेताको नाम उल्लेख सहित ‘माखो नमार्ने र पार्टी सिध्याउने’ आरोप लगाउँदै समाचार प्रकाशन भएपछि यसले पार्टीभित्र आरोप प्रत्यारोप शुरु भएको हो । निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने विषयमा गत सोमबारदेखि चलिरहेको माओवादी सचिवालयको विस्तारित बैठकमा नेताहरुका विषयमा समाचार प्रकाशन भएपछि केही नेताहरुले अध्यक्ष प्रचण्डलाई नै निशाना बनाउँदै सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषयमा झनै विवाद बढेको छ । बैठकको उद्घाटन मन्तव्यका क्रममा प्रचण्डले पार्टीभित्र गुटैगुट देखिएकोमा बताउँदै गुटहरुको विघटन गरी जनताको पार्टी बनाउन आव्हान गरेका थिए । प्रचण्डले पार्टी जनतासम्म जान नसकेको बरु गुटहरु मौलाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर अनलाइनले केही नेताहरुको नाम उल्लेख गर्दै “को को हुन प्रचण्डले भनेका जोवन ढल्काउने माओवादी नेता, १२ नेताको रामकहानी’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यद्यपी प्रचण्डले भने कुनै नेतालाई लक्षित नगरी पार्टीभित्रको प्रवृत्तिको आलोचना गरेका थिए । पार्टी र जनताबीचको सम्बन्ध टुटेको अवस्थामा समूह र गुट बनाएर नहुने बरु सबै नेता युद्दकालको जस्तो सक्रिय भएर जनतामाझ जानुपर्ने उनको आशय थियो । बैठक चलिरहेकै बेला एक अन्य अनलाईनमा समेत “माओवादीभित्र गुट चलाएर पार्टीलाई विघटनको खतरामा पु¥याउने को को हुन ?” भन्ने शीर्षकमा अर्को समाचार समेत प्रकाशन भएको थियो । उक्त समाचारमा समेत पार्टीका केही नेताहरुको नाम उल्लेख गरेर उनीहरुले गुट चलाएको उल्लेख गरिएको थियो ।
समाचार प्रकाशन भएपछि विगतमा पार्टीसँग असन्तुष्टि राखेर काभ्रेमा कालो धानको उत्पादनमा लागेका नेता लोकेन्द्र विष्टले उक्त समाचार प्रचण्डकै इशारामा लेखिएको आशयको स्टाटस आफ्नो फेसबुकमा लेखे । एकीकृत माओवादी र नेकपा माओवादीबीच एकतापछि संगठनमा सक्रिय देखिएका विष्टले ‘महाराज’ भन्ने शब्द उल्लेख गर्दै अध्यक्ष प्रचण्डलाई नै संकेत गरेर सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय तरंगित बनेको हो । नेता लोेकेन्द्र विष्टले सामाजिक सञ्जालमा “महाराज, यहाँकै वरिपरीबाट यहाँको र संस्थाको सारा कामकाज चौपट भइरहेछ/हुने भो, अरुलाई दोष दिनु नर्क गएर आची तुरी हसुर्न नै हो” लेखेका थिए । लगत्तै माओवादी नेतृ सत्या पहाडीले समेत नेता शक्ति बस्नेतको समेत समाचारमा नाम उल्लेख भएपछि प्रतिक्रिया लेखिन । पहाडीले भने महाशय भनेर सम्बोधन गर्दै कर्णालीले सधैं केन्द्रको उपनिवेश नसहने आसयको अभिव्यक्ति सार्वजनिक गरेकी थिइन ।
विष्टले लगातार दुई अभिव्यक्ति सार्वजनिक गरेपछि प्रचण्ड सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयका प्रेस संयोजक मनहरी तिमिल्सिनाले विष्टलाई लक्षित गर्दै प्रत्युत्तरमा लेखेका छन्– आफ्नो व्यक्तिगत आग्रह र द्वेषकै आधारमा ‘जोवान ढल्काउने १२ माओवादी नेता’ शीर्षकमा प्रकाशित समाचारबारे कसैमाथि अनुमानित र नियोजित आरोप लगाउनु शोभनीय हुँदैन। कसैका बारेमा कुनै कुरा भन्नू नै छ भने खुलेखाम छलफल गरिन्छ, त्यहाँ कुनै लिपापोती जरुरी छैन। सबैका गुण(दोष अवश्य छन्। तर, माओवादी आन्दोलनक, नेतृत्व र सम्पूर्ण नेताहरुप्रति हिजो पनि उच्च सम्मान थियो, आज पनि छ र भोलि पनि हुनेछ। तसर्थ, व्यक्तिगत आग्रग्रहका आधारमा कुनै एक नेताले लगाएको आरोपबाट भ्रमित नहुन सम्पूर्णमा अनुरोध छ। यो सँगै सामाजिक सञ्जालमा यो विषयमा चर्चा र टिप्पणीहरुको बाढी लागेको हो । सामाजिक सञ्जालमा ‘प्रचण्डले साँच्चिकै जनताको पार्टी बनाउन गुटहरु भत्काउन आव्हान गर्नु र लगत्तै सोही विषयमा केही नेताको नामसहित समाचार प्रकाशन हुनुलाई जोडेर पार्टी नेतृत्वमाथि नै आक्षेप लगाउन गलत भएको’ केहीले टिप्पणी गरेका छन् । कतिपयले भने पार्टीभित्र अराजकता मौलाएको र अराजकता रोक्न अध्यक्षले निष्क्रियतालाई चिनुपर्ने बताउँदा त्यसबाट तिल्मिलाउनु आवश्यक नभएको लेखेका छन् । केहीले पार्टीभित्र सबै नेताको यो वा त्योरुपमा कमजोरी भएपनि समाचारमा १२ जना नेताको मात्रै नाम उल्लेख गरिनु नियोजित भएको समेत टिप्पणी गरेका छन् । १२ जनामध्ये लोकेन्द्र विष्ट भने यसअघि पनि आलोचनामा पर्दै आएका नेता हुन ।
माओवादीका एकजना पोलिटब्यूरो सदस्य भने पार्टी अध्यक्षलाई नियोजित तरिकाले विवादमा ल्याउन उक्त समाचार र त्यसको बिरोध भइरहेको दावी गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, “अध्यक्षलाई एकलरुपमा कुनै व्यक्तिको बिरोध गर्नुपर्ने आवश्यकता छैन । उनले प्रवृत्ति लक्षित गरेका हुन । अध्यक्षलाई यसमा मुछिनु आफ्ना कमजोरी लुकाउनु मात्रै हो । हिजो बाबुराम, किरणहरुसँग त्यति ठूलो संघर्ष चल्दा त वहाँ व्यक्तिगत आलोचनामा उत्रिनु भएन, अहिले त झन..”
प्रदेश नं. ७ बाट कार्यक्रममा भाग लिन आएका एकजना जिल्ला इन्चार्ज भने प्रचण्डले जोवन ढल्काउन गरेको कुरा तीतो यथार्थ भएको बताउँछन् । “त्यहाँ १२ जना मात्रै होइन, ५० जनाको नाम लेखिनुपथ्र्यो” उनी भन्छन्, “दोश्रो चरणको निर्वाचनमा भाषण गर्ने नेता नपाउनुको पीडा हामीले भोगेका छौं । कहाँ हराएका थिए त्यतिबेला अध्यक्षको आलोचना गर्ने यी नेता ?” आक्रोश पोख्दै उनले भने । सात नम्बर प्रदेशका केही पहाडी जिल्लामा लिलामणी पोखरेल मात्रै दुइचार दिनका लागि गएको उनले बताए । “केन्द्रमा पटकपटक सहयोगका लागि अनुरोध ग¥यौं, तर न सेती महाकालीमा कालो धान फलेन, न राता स्याउ नै ।” उनले नेता विष्टप्रति संकेत गर्दै भने, “जहिले पनि सुदूरपश्चिम या कर्णाली भनेर बार्गेनिङ गरेर हुन्छ ? हिजो टाउकोमा कफन बाँध्दा कर्णाली या सुदूर भने बाँधिएको थियो र ?” सामाजिक सञ्जालमा टिप्पणीहरुको ओइरोबीच केहीले सन्तुलित प्रतिक्रिया समेत दिएका छन् । पार्टीभित्रका समस्या पार्टीभित्रै समाधान हुनुपर्ने र फरक विचार भए पनि अन्तर्पार्टी जनवादको अभ्यास गरिनुपर्नेमा सार्वजनिक आरोप प्रत्यारोपले पार्टीलाई हानी हुने आशयका टिप्पणीहरु समेत देखिन्छन् । कतिपयले यसप्रकारका समाचार प्रकाशन हुने अवस्थाको अन्त्य गर्न समेत गुटहरु भत्किएर सबै नेता सक्रियरुपमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव दिएका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “यस्तो समाचार आउने अवस्था तपाई हामीले नै सिर्जना गरेको होइन र ? एमालेलाई हेर्नुस्त, कुन चैं नेताले अर्को नेताको यसरी बिरोध गरेका छन् ? सिक्नुपर्दैन ? फेसबुक छ भन्दैमा मुख आयो लेख्दिने ?”
पार्टीभित्रको यो बहस अहिले बैठकमा समेत प्रवेश गरेको छ । पार्टीका शीर्ष नेताहरुले भने यसप्रकारको बहस अनावश्यक भएको बताएका छन् । केही दिन पार्टी प्रवक्ता पम्फा भुसालबारे समाचार प्रकाशित हुनु र अहिले जोवन ढल्काउने विषयमा समाचार र त्यसमाथि नेताहरुले सार्वजनिक गरिरहेका अभिव्यक्ति अराजकताको पराकाष्ठा भएको उनीहरुको ठहर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies